< मुकाशफ़ा 20 >
1 फिर मैंने एक फ़रिश्ते को आसमान से उतरते देखा, जिसके हाथ में अथाह गड्ढे की कुंजी और एक बड़ी ज़ंजीर थी। (Abyssos )
तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो । (Abyssos )
2 उसने उस अज़दहा, या'नी पुराने साँप को जो इब्लीस और शैतान है, पकड़ कर हज़ार बरस के लिए बाँधा,
उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
3 और उसे अथाह गड्ढे में डाल कर बन्द कर दिया और उस पर मुहर कर दी, ताकि वो हज़ार बरस के पूरे होने तक क़ौमों को फिर गुमराह न करे। इसके बाद ज़रूर है कि थोड़े 'अरसे के लिए खोला जाए। (Abyssos )
उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्त्र गरिनुपर्छ । (Abyssos )
4 फिर मैंने तख़्त देखे, और लोग उन पर बैठ गए और 'अदालत उनके सुपुर्द की गई; और उनकी रूहों को भी देखा जिनके सिर ईसा की गवाही देने और ख़ुदा के कलाम की वजह से काटे गए थे, और जिन्होंने न उस हैवान की इबादत की थी न उसके बुत की, और न उसकी छाप अपने माथे और हाथों पर ली थी। वो ज़िन्दा होकर हज़ार बरस तक मसीह के साथ बादशाही करते रहे।
अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्नुहुनेलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
5 और जब तक ये हज़ार बरस पूरे न हो गए बाक़ी मुर्दे ज़िन्दा न हुए। पहली क़यामत यही है।
बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्थान हो ।
6 मुबारिक़ और मुक़द्दस वो है, जो पहली क़यामत में शरीक हो। ऐसों पर दूसरी मौत का कुछ इख़्तियार नहीं, बल्कि वो ख़ुदा और मसीह के काहिन होंगे और उसके साथ हज़ार बरस तक बादशाही करेंगे।
पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन । तिनीहरूले परमेश्वर र ख्रीष्टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।
7 जब हज़ार बरस पुरे हो चुकेंगे, तो शैतान क़ैद से छोड़ दिया जाएगा।
जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।
8 और उन क़ौमों को जो ज़मीन की चारों तरफ़ होंगी, या'नी जूज और माजूज को गुमराह करके लड़ाई के लिए जमा करने को निकाले; उनका शुमार समुन्दर की रेत के बराबर होगा।
पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।
9 और वो तमाम ज़मीन पर फैल जाएँगी, और मुक़द्दसों की लश्करगाह और 'अज़ीज़ शहर को चारों तरफ़ से घेर लेंगी, और आसमान पर से आग नाज़िल होकर उन्हें खा जाएगी।
तिनीहरू पृथ्वीको चारैतिर गएर विश्वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्ट पार्यो ।
10 और उनका गुमराह करने वाला इब्लीस आग और गंधक की उस झील में डाला जाएगा, जहाँ वो हैवान और झूठा नबी भी होगा; और रात दिन हमेशा से हमेशा तक 'अज़ाब में रहेंगे। (aiōn , Limnē Pyr )
तिनीहरूलाई छल गर्ने त्यस दुष्टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्नेछन् । (aiōn , Limnē Pyr )
11 फिर मैंने एक बड़ा सफ़ेद तख़्त और उसको जो उस पर बैठा हुआ था देखा, जिसके सामने से ज़मीन और आसमान भाग गए, और उन्हें कहीं जगह न मिली।
त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
12 फिर मैंने छोटे बड़े सब मुर्दों को उस तख़्त के सामने खड़े हुए देखा, और किताब खोली गई, या'नी किताब — ए — हयात; और जिस तरह उन किताबों में लिखा हुआ था, उनके आ'माल के मुताबिक़ मुर्दों का इन्साफ़ किया गया।
मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
13 और समुन्दर ने अपने अन्दर के मुर्दों को दे दिया, और मौत और 'आलम — ए — अर्वाह ने अपने अन्दर के मुर्दों को दे दिया, और उनमें से हर एक के आ'माल के मुताबिक़ उसका इन्साफ़ किया गया। (Hadēs )
समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । (Hadēs )
14 फिर मौत और 'आलम — ए — अर्वाह आग की झील में डाले गए। ये आग की झील आखरी मौत है, (Hadēs , Limnē Pyr )
मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । (Hadēs , Limnē Pyr )
15 और जिस किसी का नाम किताब — ए — हयात में लिखा हुआ न मिला, वो आग की झील में डाला गया। (Limnē Pyr )
जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्नि-कुण्डमा फालियो । (Limnē Pyr )