< लूका 5 >
1 जब भीड़ उस पर गिरी पड़ती थी और ख़ुदा का कलाम सुनती थी, और वो गनेसरत की झील के किनारे खड़ा था तो ऐसा हुआ कि
जब मानिसहरू येशूकहाँ परमेश्वरको वचन सुन्नको लागि जम्मा भए, त्यो समयमा येशू गनेसरेतको तालमा उभिनुभएको थियो ।
2 उसने झील के किनारे दो नाव लगी देखीं, लेकिन मछली पकड़ने वाले उन पर से उतर कर जाल धो रहे थे
उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखेको देख्नुभयो । जालहारीहरूले बाहिर निस्केर आफ्ना जालहरू धोइरहेका थिए ।
3 और उसने उस नावों में से एक पर चढ़कर जो शमौन की थी, उससे दरख़्वास्त की कि किनारे से ज़रा हटा ले चल और वो बैठकर लोगों को नाव पर से ता'लीम देने लगा।
येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिँ सिमोनको थियो र उनलाई जमिनभन्दा पर पानी भएको ठाउँतिर लैजान भन्नुभयो । त्यसपछि उहाँले डुङ्गामा बसेर मानिसहरूलाई सिकाउनुभयो ।
4 जब कलाम कर चुका तो शमौन से कहा, “गहरे में ले चल, और तुम शिकार के लिए अपने जाल डालो।”
उहाँले बोलिसक्नुभएपछि सिमोनलाई भन्नुभयो, “माछाहरू समात्नलाई तिम्रो डुङ्गा गहिरो पानीतिर लैजाऊ र जाल हान ।”
5 शमौन ने जवाब में कहा, “ऐ ख़ुदावन्द! हम ने रात भर मेहनत की और कुछ हाथ न आया, मगर तेरे कहने से जाल डालता हूँ।”
सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि जाल हान्यौँ, तर केही पनि पक्रन सकेनौँ । तरै पनि तपाईं भन्नुहुन्छ भने म जाल हान्नेछु ।”
6 ये किया और वो मछलियों का बड़ा घेर लाए, और उनके जाल फ़टने लगे।
जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।
7 और उन्होंने अपने साथियों को जो दूसरी नाव पर थे इशारा किया कि आओ हमारी मदद करो। पस उन्होंने आकर दोनों नावें यहाँ तक भर दीं कि डूबने लगीं।
त्यसैले, तिनीहरूले आफ्ना डुङ्गाका अरू साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र सबै डुङ्गाहरू भरे अनि ती डुब्न थाले ।
8 शमौन पतरस ये देखकर ईसा के पाँव में गिरा और कहा, ऐ ख़ुदावन्द! मेरे पास से चला जा, क्यूँकि मैं गुनहगार आदमी हूँ।”
तर सिमोन पत्रुसले जब यो देखे, येशूको अगाडि घुँडा टेकेर भने, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी हुँ ।”
9 क्यूँकि मछलियों के इस शिकार से जो उन्होंने किया, वो और उसके सब साथी बहुत हैरान हुए।
तिनीहरूले माछा समातेको देखेर उनी र तिनीसँग भएका सबै जना आश्चर्य चकित भए ।
10 और वैसे ही ज़ब्दी के बेटे या'क़ूब और यूहन्ना भी जो शमौन के साथी थे, हैरान हुए। ईसा ने शमौन से कहा, “ख़ौफ़ न कर, अब से तू आदमियों का शिकार करेगा।“
यस कार्यमा जब्दियाका छोराहरू याकूब र यूहन्ना पत्रुससँग साझेदार थिए । येशूले पत्रुसलाई भन्नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
11 वो नावों को किनारे पर ले आए और सब कुछ छोड़कर उसके पीछे हो लिए।
जब तिनीहरूले आफ्नो डुङ्गालाई जमिनमा ल्याए, उनीहरूले आफूसँग भएका सबै कुरा छोडेर उहाँको पछि लागे ।
12 जब वो एक शहर में था, तो देखो, कौढ़ से भरा हुआ एक आदमी ईसा को देखकर मुँह के बल गिरा और उसकी मिन्नत करके कहने लगा, “ऐ ख़ुदावन्द, अगर तू चाहे तो मुझे पाक साफ़ कर सकता है।”
जब उहाँ सहरहरूमध्ये एउटा सहरमा जाँदै गर्नुहुँदा उहाँले कुष्ठरोगीलाई देख्नुभयो । जब कुष्ठरोगीले येशूलाई देख्यो, उसले घोप्टो परेर दण्डवत् गर्यो र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ ।”
13 उसने हाथ बढ़ा कर उसे छुआ और कहा, “मैं चाहता हूँ, तू पाक साफ़ हो जा।” और फ़ौरन उसका कौढ़ जाता रहा।
येशूले हात पसारेर छुनुभयो र भन्नुभयो, “म चाहन्छु कि तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्ठरोगले उसलाई छोड्यो ।
14 और उसने उसे ताकीद की, “किसी से न कहना बल्कि जाकर अपने आपको काहिन को दिखा। और जैसा मूसा ने मुक़र्रर किया है अपने पाक साफ़ हो जाने के बारे में गुज़रान ताकि उनके लिए गवाही हो।”
उहाँले यो कुरा कसैलाई नभन्नू भनी आज्ञा गर्नुभयो र भन्नुभयो, “आफ्नो बाटो लाग र मोशाको व्यवस्थाबमोजिम आफैँलाई पुजारीकहाँ देखाऊ । तिम्रो शुद्धताको लागि बलि चढाऊ र तिनीहरूलाई तिमी कसरी निको भयौ भनी गवाही देऊ ।”
15 लेकिन उसकी चर्चा ज़्यादा फ़ैली और बहुत से लोग जमा हुए कि उसकी सुनें और अपनी बीमारियों से शिफ़ा पाएँ
तर यो कुरा चारैतिर फैलियो र भिडहरू त्यो कसरी निको भयो भनी सिकाएको सुन्न र आ-आफ्नो रोगबाट निको हुन आए ।
16 मगर वो जंगलों में अलग जाकर दुआ किया करता था।
तर उहाँ प्रायः गरेर उजाड-स्थानतिर गएर प्रार्थना गर्नुहुन्थ्यो ।
17 और एक दिन ऐसा हुआ कि वो ता'लीम दे रहा था और फ़रीसी और शरा' के मु'अल्लिम वहाँ बैठे हुए थे जो गलील के हर गाँव और यहूदिया और येरूशलेम से आए थे। और ख़ुदावन्द की क़ुदरत शिफ़ा बख़्शने को उसके साथ थी।
एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदाका विभिन्न गाउँ र इलाकाहरूबाट अनि यरूशलेमको सहरबाट आएका थिए । निको पार्नका लागि परमेश्वरको शक्ति उहाँसँग थियो ।
18 और देखो, कोई मर्द एक आदमी को जो फ़ालिज का मारा था चारपाई पर लाए और कोशिश की कि उसे अन्दर लाकर उसके आगे रख्खें।
केही मानिसहरूले एक जना पक्षाघाती मानिसलाई गुन्द्रिमा बोकेर त्यहाँ आए । उसलाई येशूको अगाडि भित्र लगेर राख्नका लागि लैजाने बाटो खोजे ।
19 और जब भीड़ की वजह से उसको अन्दर ले जाने की राह न पाई तो छत पर चढ़ कर खपरैल में से उसको खटोले समेत बीच में ईसा के सामने उतार दिया।
तर भिडको कारणले गर्दा तिनीहरूले उसलाई येशूकहाँ लैजान सकेनन् । त्यसैले, तिनीहरू घरको छानामाथि चढे र छाना खोलेर तिनीहरूले त्यो मानिसलाई येशू भएको ठाउँको अगाडि ओछ्यानसहित झारिदिए ।
20 उसने उनका ईमान देखकर कहा, “ऐ आदमी! तेरे गुनाह मु'आफ़ हुए!”
येशूले तिनीहरूको विश्वासलाई देख्नुभयो र भन्नुभयो, “हे मानिस, तिम्रो विश्वासको कारण तिम्रा पाप क्षमा भएका छन् ।”
21 इस पर फ़क़ीह और फ़रीसी सोचने लगे, “ये कौन है जो कुफ़्र बकता है? ख़ुदा के सिवा और कौन गुनाह मु'आफ़ कर सकता है?”
शास्त्री र फारिसीहरूले प्रश्न गर्न थाले, “यो ईश्वर-निन्दा गर्ने को हो? परमेश्वरबाहेक कसले पापको क्षमा दिन सक्छ?”
22 ईसा ने उनके ख़यालों को मा'लूम करके जवाब में उनसे कहा, “तुम अपने दिलों में क्या सोचते हो?
येशूले तिनीहरूले आपसमा के विचार गरेका थिए भन्ने कुरा जान्नुभयो र भन्नुभयो, “तिमीहरू आफ्नो हृदयमा किन यस्तो प्रश्न गर्दछौ?
23 आसान क्या है? ये कहना कि 'तेरे गुनाह मु'आफ़ हुए' या ये कहना कि 'उठ और चल फिर'?
कुन कुरा सजिलो छ ‘तिम्रा पाप क्षमा भए भन्नु वा उठेर हिँड् भन्नु?‘
24 लेकिन इसलिए कि तुम जानो कि इब्न — ए — आदम को ज़मीन पर गुनाह मु'आफ़ करने का इख़्तियार है;” (उसने मफ़्लूज से कहा) मैं तुझ से कहता हूँ, उठ और अपनी चारपाई उठाकर अपने घर जा।”
तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ । म तिमीलाई भन्दछु, ‘उठ, तिम्रो आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ‘।”
25 वो उसी दम उनके सामने उठा और जिस पर पड़ा था उसे उठाकर ख़ुदा की तम्जीद करता हुआ अपने घर चला गया।
तुरुन्तै तिनीहरूको सामुन्ने ऊ उठ्यो र आफ्नो ओछ्यान उठाएर परमेश्वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
26 वो सब के सब बहुत हैरान हुए और ख़ुदा की तम्जीद करने लगे, और बहुत डर गए और कहने लगे, “आज हम ने अजीब बातें देखीं!”
सबै जना अचम्मित भए र परमेश्वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौँ ।
27 इन बातों के बाद वो बाहर गया और लावी नाम के एक महसूल लेनेवाले को महसूल की चौकी पर बैठे देखा और उससे कहा, “मेरे पीछे हो ले।”
यसपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउने व्यक्तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो । उहाँले उसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
28 वो सब कुछ छोड़कर उठा, और उसके पीछे हो लिया।
त्यसैले, लेवीले सब थोक छाडेर उठे अनि उहाँलाई पछ्याए ।
29 फिर लावी ने अपने घर में उसकी बड़ी ज़ियाफ़त की; और महसूल लेनेवालों और औरों की जो उनके साथ खाना खाने बैठे थे, बड़ी भीड़' थी।
तब लेवीले येशूको निम्ति उसको घरमा एउटा ठुलो भोज दिए, जहाँ धेरै कर उठाउनेहरू पनि थिए अनि अन्य मानिसहरूले पनि टेबलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
30 और फ़रीसी और उनके आलिम उसके शागिर्दों से ये कहकर बुदबुदाने लगे, “तुम क्यूँ महसूल लेनेवालों और गुनाहगारों के साथ खाते — पीते हो?”
तर फरिसीहरू र तिनीहरूका शास्त्रीहरूले उहाँका चेलाहरूसँग यसरी गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र अरू पापीहरूसँग बसेर खान्छौँ?”
31 ईसा ने जवाब में उनसे कहा, “तन्दरुस्तों को हकीम की ज़रूरत नहीं है बल्कि बीमारों को।
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “असल स्वस्थ हुने मानिसलाई वैद्यको आवश्यकता पर्दैन, बिरामीलाई मात्र यसको आवश्यकता पर्छ ।”
32 मैं रास्तबाज़ों को नहीं बल्कि गुनाहगारों को तौबा के लिए बुलाने आया हूँ।”
म धर्मी मानिसलाई पश्चात्तापको लागि बोलाउन आएको होइनँ, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।
33 और उन्होंने उससे कहा, “युहन्ना के शागिर्द अक्सर रोज़ा रखते और दु'आएँ किया करते हैं, और इसी तरह फ़रीसियों के भी; मगर तेरे शागिर्द खाते पीते है।”
तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”
34 ईसा ने उनसे कहा, “क्या तुम बरातियों से, जब तक दुल्हा उनके साथ है, रोज़ा रखवा सकते हो?
येशूले तिनीहरूलाई भन्नुभयो, “के विवाह भोजमा दुलहा त्यहाँ तिनीहरूकासाथमा हुँदा विवाह भोजमा उपस्थित हुनेहरू उपवास बस्छन् र?”
35 मगर वो दिन आएँगे; और जब दुल्हा उनसे जुदा किया जाएगा तब उन दिनों में वो रोज़ा रख्खेंगे।”
तर तिनीहरूबाट दुलहालाई लगिने समय आउनेछ, तब मानिसहरू ती दिनहरूमा उपवास बस्नेछन् ।”
36 और उसने उनसे एक मिसाल भी कही: “कोई आदमी नई पोशाक में से फाड़कर पुरानी में पैवन्द नहीं लगाता, वर्ना नई भी फटेगी और उसका पैवन्द पुरानी में मेल भी न खाएगा।
त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन । उसले त्यसो गर्यो भने, उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन ।
37 और कोई शख़्स नई मय पूरानी मशकों में नहीं भरता, नहीं तो नई मय मशकों को फाड़ कर ख़ुद भी बह जाएगी और मशकें भी बरबाद हो जाएँगी।
साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्ट हुनेछ ।
38 बल्कि नई मय नई मशकों में भरना चाहिए।
तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्नुपर्छ ।
39 और कोई आदमी पुरानी मय पीकर नई की ख़्वाहिश नहीं करता, क्यूँकि कहता है कि पुरानी ही अच्छी है।“
पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”