< До євреїв 5 >
1 Кожен бо первосвященик, що з-між людей вибирається, настановляється для людей на служі́ння Богові, щоб прино́сити да́ри та жертви за гріхи,
किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् ।
2 і щоб міг співчува́ти недосві́дченим та заблу́дженим, бо й сам він пере́йнятий слабістю.
तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
3 І тому́ він повинен як за людей, так само й за себе само́го прино́сити жертви за гріхи.
यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।
4 А чести цієї ніхто не бере сам собою, а покликаний Богом, як і Ааро́н.
र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्वरद्वारा बोलाइएको हुन्छ ।
5 Так і Христос, — не Сам Він просла́вив Себе, щоб Первосвящеником стати, а Той, що до Нього сказав: „Ти Мій Син, Я сьогодні Тебе породи́в“.
त्यसै गरी, ख्रीष्टलाई प्रधान पुजारी बनाइएको कारणले न त उहाँले आफैँलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।”
6 Як і на іншому місці гово́рить: „Ти Священик навіки за чином Мелхиседе́ковим“. (aiōn )
अर्को ठाउँमा पनि उहाँले यसरी भन्नुभएको छ, “तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पुजारी हौ ।” (aiōn )
7 Він за днів тіла Свого з голосі́нням великим та слізьми́ приніс був блага́ння й молитви до Того, Хто від смерти Його міг спасти, — і був вислуханий за побожність Свою.
उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुने परमेश्वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्नुभयो ।
8 І хоч Сином Він був, проте́ навчився по́слуху з того, що вистраждав був.
उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्टबाट उहाँले आज्ञापालन गर्न सिक्नुभयो ।
9 А вдоскона́лившися, Він для всіх, хто слухня́ний Йому, спричини́вся для вічного спасі́ння, (aiōnios )
उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्तिको कारण बन्नुभयो । (aiōnios )
10 і від Бога був на́званий Первосвящеником за чином Мелхиседе́ковим.
मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्वरले उहाँलाई नियुक्त गर्नुभयो ।
11 Про це нам би треба багато казати, та ви́словити важко його, бо нездібні ви стали, щоб слухати.
हामीसँग येशूको बारेमा भन्नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।
12 Ви бо за віком повинні б бути вчителя́ми, але ви потребуєте ще, щоб хтось вас навчав перших поча́тків Божого Сло́ва. І ви стали такими, яким потрібне молоко, а не стра́ва тверда́.
किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्यक छ ।
13 Бо хто молока вживає, той недосві́дчений у слові праведности, — бо він немовля́.
किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ ।
14 А страва тверда́ — для дорослих, що мають чуття, при́вчені звичкою розрізняти добро й зло.
तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल छुट्ट्याउन सक्ने भएका हुन्छन् ।