< До євреїв 11 >

1 А віра — то підста́ва споді́ваного, доказ неба́ченого.
अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो ।
2 Бо нею засвідчені ста́рші були́.
किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।
3 Вірою ми розуміємо, що віки́ Словом Божим збудовані, так що з невидимого сталось видиме. (aiōn g165)
विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् । (aiōn g165)
4 Вірою Авель приніс Богові жертву кращу, як Ка́їн; нею засвідчений був, що він праведний, як Бог сві́дчив про да́ри його; нею, і вмерши, він ще промовляє.
विश्‍वासद्वारा नै हाबिलले कयिनले भन्दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्‍वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।
5 Вірою Ено́х був перене́сений на небо, щоб не бачити смерти; і його не знайшли, бо Бог переніс його. Бо раніш, як його перенесено, він був засвідчений, що „Богові він догоди́в“.
विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो ।
6 Догоди́ти ж без віри не можна. І той, хто до Бога приходить, мусить вірувати, що Він є, а тим, хто шукає Його, Він дає нагороду.
विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ ।
7 Вірою Ной, як дістав об'я́влення про те, чого́ ще не бачив, побоявшись, зробив ковчега, щоб дім свій спасти́; нею світ засудив він, і став спадкоє́мцем праведности, що з віри вона.
विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
8 Вірою Авраа́м, покликаний на місце, яке мав прийняти в спа́дщину, послухався та й пішов, не відаючи, куди йде.
अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए ।
9 Вірою він перебува́в на Землі Обі́цяній, як на чужій, і проживав у наме́тах з Іса́ком та Яковом, співспадкоє́мцями тієї ж обі́тниці,
तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे ।
10 бо чекав він міста, що має підва́лини, що Бог його будівни́чий та творе́ць.
किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ ।
11 Вірою й Са́ра сама дістала силу прийняти насіння, і породила понад час свого віку, бо вірним вважала Того, Хто обі́тницю дав.
सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे ।
12 Тому́ й від одно́го, та ще змертвілого, народилось так багато, як зо́рі небесні й пісок незчисле́нний край моря.
त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन ।
13 Усі вони повмирали за вірою, не оде́ржавши обі́тниць, але зда́лека бачили їх, і повітали, і ві́рували в них, та визнавали, що „вони на землі чужани́ці й прихо́дьки“.
यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे ।
14 Бо ті, що говорять таке, виявляють, що шукають ба́тьківщини.
किनकि जसले यस्ता कुराहरू भन्दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ ।
15 І коли б вони пам'ятали ту, що вийшли з неї, то мали б час повернутись.
साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए ।
16 Та бажають вони тепер кращої, цебто небесної, тому́ й Бог не соро́миться їх, щоб звати Себе їхнім Богом, бо Він приготува́в їм місто.
तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
17 Вірою Авраа́м, випробо́вуваний, привів на жертву Ісака, і, мавши обі́тницю, приніс одноро́дженого,
आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए ।
18 що йому було сказано: „В Ісакові буде насіння тобі“.
यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”
19 Бо він розумі́в, що Бог має силу й воскресити з мертвих, тому й одержав його на проо́браз.
परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
20 Вірою в майбу́тнє поблагословив Іса́к Якова та Іса́ва.
आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए ।
21 Вірою Яків, умираючи, поблагословив кожного сина Йо́сипового, і „схилився на верх свого́ жезла.“
याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष्‌‌ दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे ।
22 Вірою Йо́сип, умираючи, згадав про ви́хід синів Ізра́їлевих та про кості свої запові́в.
योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए ।
23 Вірою Мойсе́й, як родився, перехо́вувався батьками своїми три місяці, бо вони бачили, що гарне дитя, і не злякались нака́зу царе́вого.
मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् ।
24 Вірою Мойсе́й, коли виріс, відрікся зватися сином дочки́ фарао́нової.
मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे ।
25 Він хотів краще страждати з наро́дом Божим, аніж мати доча́сну гріховну потіху.
त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने ।
26 Він наругу Христову вважав за більше багатство, ніж ска́рби єгипетські, бо він озирався на Божу нагороду.
मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गराएका थिए ।
27 Вірою він покинув Єгипет, не злякавшися гніву царе́вого, бо він був непохитний, як той, хто Невиди́мого бачить.
विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखेजस्तै गरी उनले सही रहे ।
28 Вірою справив він Пасху й покро́плення крови, щоб їх не торкнувся той, хто погубив первороджених.
त्यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।
29 Вірою вони перейшли Червоне море, немов суходо́лом, на що спокусившись єги́птяни, потопились.
विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।
30 Вірою впали єрихо́нські му́ри по семиденнім обхо́дженні їх.
तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो ।
31 Вірою блудни́ця Раха́в не згинула з невірними, коли з миром прийняла́ виві́дувачів.
राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् ।
32 І що ще скажу́? Бо не стане ча́су мені, щоб оповіда́ти про Гедео́на, Вара́ка, Самсо́на, Ефта́я, Дави́да й Самуї́ла та про пророків,
अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।
33 що вірою ца́рства побива́ли, правду чинили, оде́ржували обі́тниці, пащі левам загороджували,
विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए ।
34 силу огне́нну гасили, утікали від ві́стря меча, зміцнялись від слабости, хоробрі були́ на війні, оберта́ли в розтіч полки́ чужоземців;
तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए ।
35 жінки діставали поме́рлих своїх із воскресі́ння; а інші бували скатовані, не прийнявши визво́лення, щоб отримати краще воскресі́ння;
स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्यसैले, तिनीहरूले दण्ड भोगे ।
36 а інші дізнали наруги та рани, а також кайда́ни й в'язниці.
अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे ।
37 Камінням побиті бува́ли, допитувані, перепи́лювані, умирали, зару́бані мече́м, тинялися в овечих та ко́зячих шкурах, збідовані, засумовані, витерпілі.
तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो ।
38 Ті, що світ не вартий був їх, тинялися по пустинях та го́рах, і по печерах та прова́ллях зе́мних.
यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो ।
39 І всі вони, одержавши засвідчення вірою, обі́тниці не прийняли́,
यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन् ।
40 бо Бог передбачив щось краще про нас, — щоб вони не без нас досконалість оде́ржали.
हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।

< До євреїв 11 >