< Амос 2 >

1 Так говорить Госпо́дь: За три пере́ступи Моа́ва й за чотири цього не прощу́: за те, що спалив на вапно́ кості едо́мського царя!
परमप्रभु यस्तो भन्‍नुहुन्छः “मोआबका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने त्यसले एदोमका राजालाई जलाएर चून बनायो ।
2 І пошлю́ Я огонь на Моава, і пожере́ він пала́ти Керіййоту, і загине Моав серед га́ласу, серед кри́ку, при голосі ро́га.
मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।
3 І витну суддю́ з-серед нього, а з ним позабиваю князі́в його всіх, говорить Госпо́дь.
त्यसको न्यायकर्तालाई म नष्‍ट गर्नेछु र त्यसका सबै राजकुमारलाई म मार्नेछु,” परमप्रभु भन्‍नुहुन्छ ।
4 Так говорить Госпо́дь: За три про́гріхи Юди й за чотири цього́ не прощу́: за те, що повідкида́ли Господній Зако́н, і постано́в Його не стерегли́, і що на манівці́ їх звели́ їхні лжебо́ги, за якими пішли їхні батьки́.
परमप्रभु यस्तो भन्‍नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्‍यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए ।
5 І пошлю́ Я на Юду огонь, — і пожере́ він пала́ти Єрусалиму!
यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”
6 Так говорить Господь: За три пере́ступи Ізраїлеві й за чотири цього́ не прощу́: за те, що за срі́бло вони продають справедливого, а за чоботи — вбогого!
परमप्रभु यस्तो भन्‍नुहुन्छः “इस्राएलका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले निर्दोषहरूलाई चाँदीमा, अनि दरिद्रहरूलाई एक जोर जुत्तामा बेचे ।
7 Вони то́пчуть у зе́мному по́росі го́лову бідних, а доро́гу суми́рних викри́влюють. А син й його батько вчащають до однієї блудниці, щоб святе Моє Йме́ння знева́жити.
मानिसहरूले भुइँमा भएको धुलोलाई कुल्चेझैँ, तिनीहरूले गरिबहरूका शिरहरू कुल्चन्‍छन् । तिनीहरूले थिचोमिचोमा परेकालाई पर धकेल्‍छन् । एक जना मानिस र उसका बाबु एउटै केटीसँग सुत्‍छन्, र यसरी मेरो पवित्र नाउँलाई अशुद्ध पार्छन् ।
8 І вони стелять одіж заста́влену, щоб півлежати при кожному же́ртівнику, і п'ють в домі Бога свого вино від пока́раних.
तिनीहरूले बन्धकको रूपमा लिएका लुगाहरूमाथि नै हरेक वेदीको छेउमा पल्टिन्‍छन्, र जरिमानामा लिएको दाखमद्य नै तिनीहरूले आफ्‍नो परमेश्‍वरका मन्दिरमा पिउँछन् ।
9 І Я вигубив був з-перед них Аморе́я, що його височі́нь, як високий той кедр, і він міцни́й, як дуб. Та Я плід його знищив згори́, а здо́лу — корі́ння його.
तापनि तिनीहरूका सामु मैले एमोरीलाई नाश गरें, जसका उचाइ देवदारुहरूका उचाइझैं थियो । त्यो फलाँटको रूख जत्तिकै बलियो थियो । तापनि मैले त्यसको माथिको फल, अनि त्यसको मुनिका जराहरूलाई नाश गरें ।
10 А вас Я був вивів із кра́ю єгипетського, і сорок років прова́див пустинею вас, щоб ви край аморе́йський успадкува́ли.
साथै मैले तिमीहरूलाई मिश्रदेशबाट निकालेर माथि ल्याएँ, र एमोरीहरूको देश कब्जा गर्नलाई, चालिस वर्षसम्म तिमीहरूलाई मरुभूमिमा डोर्‍याएँ ।
11 І пророків Я збу́джував з ваших синів, а з ваших юнці́в назоре́їв. Хіба ж то не так, сино́ве Ізраїлеві? говорить Госпо́дь.
तिमीहरूका छोराछोरीका बिचबाट अगमवक्ताहरू, र तिमीहरूका जवान मानिसहरूबाट नाजिरीहरू मैले खडा गरें । ए इस्राएलका मानिस हो, के यो सत्य होइन? — यो परमप्रभुको घोषणा हो ।
12 А ви назоре́їв пої́ли вином, а пророкам наказували й говорили: „Не пророку́йте!“
तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन प्रेरित गर्‍यौ, अनि अगमवक्ताहरूलाई अगमवाणी नबोल्‍ने आज्ञा दियौ ।
13 Отож Я поти́сну на вас, як тисне снопа́ми напо́внений віз, —
हेर, अन्‍न भरिएको गाडाले कसैलाई कुल्चेझैं, म तिमीहरूलाई कुल्चनेछु ।
14 і згине й в мото́рного вте́ча, і поту́жний не втримає сили своєї, а ли́цар свого життя не врятує.
तेज दौडने उम्केर जान सक्‍नेछैन, र बलियोले आफ्‍नो बलमाथि बल पाउनेछैन, न त शक्तिशालीले आफैंलाई बचाउन सक्‍नेछ ।
15 І не всто́їть із лука стріле́ць, і своїми ногами прудки́й не втече́, і верхіве́ць не врятує свого життя.
धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन ।
16 І наймужні́ший з лица́рства наги́м утече того дня, говорить Госпо́дь.
त्यस दिनमा सबैभन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्‍नेछन् — यो परमप्रभुको घोषणा हो ।”

< Амос 2 >