< До Тита 1 >
1 Павел, слуга Божий, апостол же Ісуса Христа, по вірі вибраних Божих і зрозумінню правди, що по благочестю,
परमेश्वरका सेवक र येशू ख्रीष्टका प्रेरित पावल परमेश्वरद्वारा चुनिएका मानिसहरूको विश्वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्तिसित सहमत हुँदछ,
2 в надїї вічнього життя, котре обітував Бог, що не обманює, перед вічними часами, (aiōnios )
अनन्त जीवनको निश्चयतामा, झुटरहित परमेश्वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो । (aiōnios )
3 явив же часу свого слово своє проповіданнєм, котре менї доручено по повелінню Спасителя нашого Бога.
ठिक समयमा, हाम्रा मुक्तिदाता परमेश्वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
4 Титу, правдивому синові по спільній вірі: Благодать, милость, мир од Бога Отця і Господа Ісуса Христа, Спаса нашого.
हाम्रो साझा विश्वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्वर र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
5 На те зоставив я тебе в Критї, щоб остальне довів до ладу і настановив до всїх городах пресвитерів, як я тобі повелїв.
अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्त गर भन्ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ ।
6 Коли хто непорочен, однієї жінки муж, мав вірних дітей, недокорених за розврат, або непокірних.
एल्डर दोषरहित, एकै पत्नीका पति, दुष्ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
7 Треба бо єпископу без пороку бути, яко Божому доморядникові, щоб не собі годив, не був гнївливий, не пяниця, не сварливий, не жадний поганого надбання,
परमेश्वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्यक छ ।
8 а був гостинний, любив добре, (у всьому) мірний, праведний, преподобний, вдержливий,
तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्त र आत्म-संयमी हुनुपर्छ ।
9 щоб державсь вірного слова по науцї, щоб умів і напоминати здоровою наукою і докоряти противних.
तिनी भरोसा गर्न सक्ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्काउन सकून् ।
10 Багато бо непокірних, марномовцїв і обманщиків, найбільше ж которі з обрізання,
किनकि त्यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन्, विशेष गरी ती खतना गरेकाहरू । तिनीहरूका वचनहरू मूल्यहीन छन् । तिनीहरूले मानिसहरूलाई छल गर्दछन् र गलत मार्गमा डोर्याउँछन् ।
11 їм треба роти позатуляти; вони всі доми розвертають, навчаючи чого не треба, ради скверного надбання.
तिनीहरूलाई रोक्न आवश्यक छ । तिनीहरूले निर्लज्ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्छन् ।
12 Сказав же один о них, власний їх пророк: Критяне завсїди брехуни, люті зьвіри, черева лїниві.
तिनीहरूमध्येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन् ।”
13 Вірне се сьвідченнє. З сієї ж то причини докоряй їх нещадно, щоб здорові були в вірі,
यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्वासमा ठिक हुन सकून् ।
14 не вважаючи на жидівські байки, нї на заповіді людей, що одвертають ся од правди.
यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
15 Все чисте чистим; опоганеним же та невірним нїщо не чисте, а опоганив ся і розум їх і совість.
शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।
16 Визнають, що знають Бога, а дїлами одрікають ся від Него, бувши гидкими і непокірними і до всякого діла доброго неспосібними.
तिनीहरूले परमेश्वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन् ।