< Від Матвія 18 >
1 Того часу приступили ученики до Ісуса, кажучи: Хто більший у царстві небесному?
त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?”
2 І, покликавши Ісус хлопятко до себе, поставив його серед них,
येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र उसलाई उनीहरूका बिचमा राख्नुभयो,
3 і рече: Істино глаголю вам: Коли не навернетесь, та не станете як діти, то не ввійдете в царство небесне.
र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
4 Оце ж, хто смирить ся, як хлопятко се, той більший у царстві небесному.
त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।
5 І хто прийме одно таке хлопятко в імя моє, мене приймає.
अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।
6 Хто ж зблазнить одного з сих малих, що вірують у мене, лучче йому, щоб повішено млинове жорно на шию йому, та й утоплено в глибині морській.
तर ममा विश्वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
7 Горе сьвітові від поблазней! треба бо прийти поблазням, тільки ж горе тому чоловікові, що через него поблазнь приходить!
कठिनाइको समयको कारण यस संसारलाई धिक्कार! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्कार जसद्वारा यस्तो समय आउँछ!
8 Коли ж рука твоя або нога твоя блазнить тебе, відотни її, та й кинь од себе: лучче тобі ввійти в житте кривим або калїкою, нїж мавши дві руцї чи дві нозї, бути вкинутим ув огонь вічний. (aiōnios )
यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । (aiōnios )
9 І коли око твоє блазнить тебе, вирви його, та й кинь од себе: лучче тобі увійти в життє однооким, анїж мавши дві оці, бути вкинутим ув огняне пекло. (Geenna )
यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनु भन्दा एउटा आँखाको लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ । (Geenna )
10 Гледїть, щоб не погордувати одним із малих сих: глаголю бо вам: Що ангели їх на небі по всяк час бачять лице Отця мого небесного.
होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
11 Син бо чоловічий прийшов спасати загублене.
किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् ।
12 Як вам здаєть ся? коли буде в якого чоловіка сотня овечок, та заблудить одна з них, чи не покине він девятьдесять і девять, та не пі йде в гори, й не шукати ме заблудної?
तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के उसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्न हिँड्दैन र?
13 І коли доведеть ся знайти її, істино глаголю вам, що веселить ся над нею більше, ніж над девятьдесять і девятьма, що не заблудили.
अनि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने, ऊसँग भएका ती उनान्सय भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ ।
14 Так нема волї перед Отцем вашим, що на небі, щоб загинув один із сих малих.
त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न ।
15 Коли ж погрішить проти тебе брат твій, ійди й обличи його між тобою й ним самим. Коли послухає тебе, здобув єси брата твого;
यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एकलै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ । यदि उसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्त गर्नेछौ ।
16 коли ж не послухає, візьми з собою ще одного або двох, щоб при устах двох сьвідків, або трьох, стало кожне слово.
तर यदि उसले तिम्रो कुरा सुन्दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तिन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस् ।
17 Коли ж не послухає їх, скажи церкві. Коли ж і церкви не послухає, нехай буде тобі, як поганин і митник.
र यदि उसले तिनीहरूको कुरा पनि सुन्न इन्कार गर्दछ भने, यो विषय मण्डलीलाई बताऊ । यदि उसले मण्डलीलाई पनि सुन्न इन्कार गर्दछ भने, ऊ तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस् ।
18 Істино глаголю вам: Що звяжете на землї, буде звязане на небі; а що розвяжете на землї, буде розвязане на небі.
साँच्चै म तिमीहरूलाई भन्दछु, जे कुराहरू तिमी संसारमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ । अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।
19 Знов глаголю вам: Що коли двоє з вас згодять ся на землї про всяку річ, якої просити муть, станеть ся їм від Отця мого, що на небі.
अझ म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमध्ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ ।
20 Де бо двоє або троє зберуть ся в імя моє, там я посеред них.
किनकि जहाँ दुई वा तिन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूका माझमा हुनेछु ।”
21 Приступивши тоді Петр до Него, рече: Господи, скільки раз грішити ме проти мене брат мій, і я прощати му йому? до семи раз?
अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्यो भने मैले उसलाई क्षमा गरूँ? के सात पल्टसम्म?”
22 Рече йому Ісус: Не кажу тобі: До семи раз, а: До сїмдесять раз семи.
येशूले उनलाई भन्नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।
23 Тим же то уподобилось царство небесне чоловіку цареві, що схотїв узяти перелїк од слуг своїх.
यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
24 Як же почав брати, приведено йому одного, що завинив йому десять тисяч талантів.
जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्का तिर्नुपर्ने थियो ।
25 Як же не мав він, що віддати, звелїв пан його продати його, й жінку його, й дітей, і все що мав, та й віддати.
तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्नी, त्यसका बालबच्चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।
26 Упавши тодї слуга, поклонив ся йому, кажучи: Пане, потерпи менї, а все тобі віддам.
त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्टो पर्यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’
27 Змилосердив ся ж пан слуги того, відпустив його, й простив йому довг.
त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।
28 Слуга ж той, вийшовши, знайшов одного з товаришів своїх, що завинив йому сотню денариїв; і, вхопивши його, давив, кажучи: Віддай менї, що винен.
तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’
29 Упавши тодї товариш його в ноги йому, благав його, кажучи: Потерпи менї, і все віддам тобі.
तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’
30 Він же не схотїв, а, відійшовши; укинув його в темницю, поки віддасть довг.
तर त्यो पहिलो नोकरले इन्कार गर्यो । बरु, त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो ।
31 Бачивши ж товариші його, що сталось, жалкували вельми, й, пійшовши, сказали своєму панові все, що сталось.
जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए ।
32 Тодї, призвавши його пан його, рече йому: Слуго ледачий, увесь довг той простив я тобі, як благав єси мене;
त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।
33 чи не слїд було й тобі помилувати товариша твого, як і я тебе. помилував?
मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?’
34 І, розгнівившись пан його; передав його мучителям, аж поки віддасть увесь довг йому.
त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।
35 Так і Отець мій небесний робити ме вам, як не прощати мете кожен братові своєму від сердець ваших провин їх.
यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।