< Від Матвія 11 >
1 І сталось, як скінчив Ісус, наказуючи дванайцятьом ученикам своїм, пійшов звіділя навчати й проповідувати по городах їх.
येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।
2 Почувши ж Йоан у темниці про дїла Христові, дослав двох учеників своїх,
अनि जब यूहन्नाले झ्यालखानाबाट ख्रीष्टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,
3 сказати Йому: Чи ти грядущий, чи иншого ждати нам?
र उनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ?”
4 Одказав Ісус і рече їм: Ійдїть та сповістіть Йоана про все, що чули й бачили:
येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्नालाई बताइदेओ ।
5 сліпі бачять, і криві ходять, прокажеш очищають ся, і глухі чують, мертві встають, і вбогі проповідують благовістє.
दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्; लङ्गडा मानिसहरू हिँडिरहेका छन्; कुष्ठरोगीहरू शुद्ध पारिएका छन्; बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्; मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदै छ ।
6 І щасливий, хто не поблазнить ся мною.
अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”
7 Як же вони відходили, почав Ісус говорити людям про Йоана: Чого виходили ви в пустиню дивитись? На тростину, що вітер колише?
जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भिडहरूलाई यूहन्नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई?
8 Або чого виходили ви дивитись? На чоловіка одягненого в мяку одежу? ось ті, що носять мяку одежу, вони в царських будинках.
तिमीहरू के हेर्न बाहिर गयौ– मलमलको लुगा लगाउने मानिसलाई? वास्तवमा मलमलको कपडा लगाउने व्यक्ति त राजाहरूका दरबारहरूमा बस्छ ।
9 Або чого виходили ви дивитись? На пророка? Так, глаголю вам: І більше пророка.
तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ताभन्दा पनि महान् व्यक्तिलाई ।
10 Се ж бо той, про кого писано: Ось посилаю ангела мого перед лицем твоїм, що приготовить дорогу твою перед тобою.
उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’
11 Істино глаголю вам: Не явив ся між нарожденими від жінок більший од Йоана Хрестителя; найменший же у царстві небесному більший од него.
साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा-दिने यूहन्नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्वको मानिस उनीभन्दा महान् हुन्छन् ।
12 І від часів Йоана Хрестителя та й до сього дня царство небесне здобуваєть ся силою, і хто здобуває, той силоміць бере його.
बप्तिस्मा-दिने यूहन्नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ, र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् ।
13 Бо всї пророки й закон пророкували до Йоана
किनकि यूहन्ना नआन्जेलसम्म सबै अगमवक्ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए ।
14 І коли хочете прийняти, він єсть Ілия, що має прийти.
अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् ।
15 Хто має уші слухати, нехай слухає.
जससँग सुन्ने कान छ, त्यसले सुनोस् ।
16 Кому ж я уподоблю рід сей? Подібен він тим дітям, що сидять на торгу, та гукають до своїх товаришів,
यस पुस्तालाई म केसँग तुलना गरूँ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्दछ र एक अर्कालाई बोलाउँदछ,
17 та кажуть: Ми вам сурмили, а ви не скакали; ми вам жалібно приговорювали, а ви не плакали.
र भन्दछ, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्यौँ, र तिमीहरू रोएनौ ।’
18 Бо прийшов Йоан, не їсть і не пє, а вони кажуть: Диявола має.
किनकि यूहन्ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’
19 Прийшов Син чоловічий, їсть і пє, а вони кажуть: Ось чоловік прожора та пяниця, друг митникам та грішникам. І оправдилась премудрість од дїтей своїх.
मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड, कर उठाउनेहरू र पापीहरूको मित्र हो!’ तर बुद्धिचाहिँ तिनको कामहरूले सिद्ध हुन्छ ।”
20 Тоді почав докоряти городам, де стало ся найбільше чудес Його, що не покаялись:
तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चात्ताप गरेका थिएनन् ।
21 Горе тобі, Хоразине! горе тобі, Витсаїдо! бо коди б чудеса, що стали ся в вас, стались у Тирі та Сидонї, давно були б вони покаялись у веретищі та попелї.
“धिक्कार तँलाई, ए खोराजीन! धिक्कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्चात्ताप गरिसकेका हुने थिए ।
22 Тільки ж глаголю вам: Одраднїще буде Тирові та Силонові суднього дня, ніж вам.
न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
23 І ти, Капернауме, що піднявсь аж під небо, провадиш ся в саме пекло; бо коли б чудеса, що стали ся в тобі, стали ся в Содомі, зостав ся б він аж і досі. (Hadēs )
तँ कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् । होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो । (Hadēs )
24 Тим то глаголю вам: Що одраднїще буде землї Содомській суднього дня, нїж тобі.
तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
25 І озвав ся Ісус того часу знов і рече: Хвалю Тебе, Отче, Господи неба й землї, що Ти втаїв се від премудрих і розумних, а відкрив сеє те недоліткам.
त्यस बेला येशूले भन्नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरूजस्ता छन् ।
26 Так, Отче: бо так воно вподобалось тобі.
हो, पिता, किनकि तपाईंको दृष्टिमा यही नै मनपर्दो थियो ।
27 Все передане менї від Отця мого, й нїхто не знає Сина, тільки Oтець; анї Отця нїхто не знає, тільки Син, та кому хоче Син одкрити.
मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन ।
28 Прийдіть до мене, всї знеможені та отягчені, я впокою вас.
मकहाँ आओ, तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गह्रौँ बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु ।
29 Візьміть ярмо мов на себе, й навчіть ся від мене: бо я тихий і смирний серцем; то й знайдете відпочинок душам вашим.
मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।
30 Бо ярмо моє любе, й тягар мій легкий.
किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”