< Дії 20 >

1 А, як утихомирилась буча, покликав Павел учеників і попрощавшись, вийшов у дорогу до Македониї.
खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए । तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे ।
2 Пройшовши ж ті сторони і напімнувши їх многими словами, прийшов у Грецію.
उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।
3 Поживши ж (там) три місяці, як засіли на него Жиди, коли хотів був плисти в Сирию, надумавсь вернутись через Македонию.
उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे । त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे ।
4 Товаришували йому до Азиї Сосипатр Вериєць і Солуняне Аристарх та Секунд, та Гай Дервянин, та Тимотей, і Азияне Тихик та Трофим.
उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए ।
5 Сї, пійшовши попереду, підождали нас у Троядї.
तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए ।
6 Ми ж поплили після опрісночних днїв із Филип, та й прибули до них за пять днів у Трояду, де пробули сім день.
अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ । त्यहाँ हामी सात दिनसम्म बस्यौँ ।
7 Первого ж дня в тижнї, як зібрались ученики на ломаннє хлїба, проповідував їм Павел, хотячи вийти назавтра, і продовжив слово до півночи.
हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले । उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे ।
8 Було ж сьвітла много в гірницї, де ми зібрали ся.
हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए ।
9 Сидїв же один молодець, на ймя Євтих, на вікнї, та й обняв його твердий сон; і, як Павед промовляв много, похилрзпшсь зі сну, упав з третього поверху до долу, і підняли його мертвого.
युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए ।
10 Зійшовши ж Павел у низ, припав до него, й обнявши рече: Не трівожтесь, душа бо його в йому.
तर पावल तल गएर त्यसतिनीमाथि लम्पसार परे र त्यसलाई अँगालोमा हाले । त्यसपछि उनले भने “चिन्तित नहुनुहोस् किनभने ऊ जीवितै छन् ।”
11 Зійшовши ж угору, переломив хліб, і попоївши, бесідував богато аж до зорі, та й пійшов.
त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए । झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे ।
12 Привели ж хлопця живого і втішились немало.
तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए ।
13 Ми ж, прийшовши до корабля, поплили в Асон, хотівши звідтіля взяти Павла, так бо звелів, хотівши сам ійти пішки.
हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ । उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए ।
14 Як же зійшов ся з нами в Асонї, узявши його, прибули ми в Митилену.
उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ ।
15 А відпливши звідтіля, причалили ми другого дня проти Хиоса, на другий же день поплили в Самос, та, побувши в Трогилиї, другого дня прийшли в Милет.
त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ । भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ ।
16 Надумавсь бо Павел плисти мимо Єфеса, щоб не гаятись в Азиї, а поспішав, коли можна, щоб йому бути в день пятидесятницї в Єрусалимі.
सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे ।
17 З Милета ж, піславши в Єфес, прикликав старших церковних.
मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए ।
18 Як же прийшли до него, рече їм: Ви знаєте з первого дня, як прийшов я в Азию, яким робом пробував я з вами всякого часу,
तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ ।
19 служачи Господові з усякою покорою і многими слїзми і спокусами, які прилучали ся мені од Жидівського чигання,
यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ ।
20 і що я ні від чого корисного не вхиляв ся, щоб не звістити вам і не навчати вас прилюдно і по домам,
कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।
21 сьвідкуючи й Жидам і Єленянам покаяннє перед Богом і віру в Господа нашого Ісуса Христа.
तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
22 І ось я, звязаний духом, ійду в Єрусалим, не знаючи, що в йому приключить ся мені.
अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन ।
23 Тільки що Дух сьвятий по городам сьвідкує слово, що кайдани мене та муки ждуть.
केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहेका छन् ।
24 Та ні про що я не дбаю, й не дорога мені душа моя, аби з радістю скінчити путь мій і ту службу, що прийняв я од Господа Ісуса, щоб сьвідкувати евангелию благодати Божої.
तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
25 І тепер ось я знаю, що більш не бачити мете лиця мого ви всї, між котрими ходив я, проповідуючи царство Боже.
र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।
26 Тим я сьвідкую вам сьогодні, що чистий я від крові всіх.
त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु ।
27 Бо я не вхилявсь обявляти вам усяку волю Божу.
किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ ।
28 Тим достерегайте себе і все стадо, в котрому вас Дух сьвятий настановив єпископами, щоб пасти церкву Божу, котру придбав кровю своєю.
त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।
29 Я бо знаю се, що після виходу мого прийдуть вовки хижі між вас, що не пощадять стада.
मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन् ।
30 І з вас самих устануть люде, говорячи розворотне, щоб потягти учеників за собою.
मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन् ।
31 Тим пильнуйте, памятаючи, що три роки ніч і день не переставав я із слїзми напоминати кожного.
त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।
32 А тепер передаю вас, брати, Богові і слову благодати Його, котрим може збудувати вас і дати вам наслїддє між усїма осьвяченими.
र अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्‍वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।
33 Срібла або золота або одежі, - нічого не жадав я.
मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ ।
34 Сами ж знаєте, що потребинам моїм і тим, хто бував зо мною, служили оці руки мої.
तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन् ।
35 У всьому показав я вам, що, так працюючи, треба помагати малосильним і памятати слова Господа Ісуса, що Він глаголав: Більше щасте давати, ніж приймати.
सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʼलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो ।ʼ”
36 І се промовивши, упав на колїна свої, і моливсь із усїма ними.
उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे ।
37 Доволї ж було плачу у всіх, і, впавши на шию Павлові, цілували його,
तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे ।
38 смуткуючи найбільш про те слово, що промовив, що більш не мають лиця його видїти. І провели його до корабля.
तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु: खित भए । तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए ।

< Дії 20 >