< Дії 13 >
1 Були ж у церкві, що була в Антиохиї, деякі пророки та вчителі: Варнава та Симеон, званий Нигером, та Лукий Киринейський, та Манаіл, зрощений з Іродом четверовластником, та Савло.
एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
2 Як же служили Господеві та постили, рече Дух сьвятий: Відлучіть мені Варнаву та Савла на діло, до котрого покликав я їх.
जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”
3 Тоді вони, попостивши та помолившись і положивши руки на них, відпустили їх.
सभाले उपवास प्रार्थना गरिसकेपछि, र तिनीहरूले यी मानिसहरूमाथि हातहरू राखेर प्रार्थना गरे र उनीहरूलाई पठाइदिए ।
4 Вони ж, послані від Духа сьвятого, прийшли у Селевкию, а звідтіля відплили в Кипр.
त्यसकारण पवित्र आत्माको आज्ञा शाऊल र बारनाबासले माने र तल सिलुसियामा गए, अनि त्यहाँबाट जहाज चढी साइप्रसको टापुतिर गए ।
5 І, бувши в Саламинї, проповідували слово Боже по школах Жидівських, мали ж і Йоана за слугу.
सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्ना मर्कूस पनि उनीहरूसँगै थिए ।
6 Пройшовши ж остров аж до Пафи, знайшли одного чарівника, Жидівського лжепророка, на ймя Вар-Ісуса,
उनीहरू पुरै टापु पार गरेर पाफोस पुगेपछि एक जना जादुगर यहूदी झुटा अगमवक्तालाई भेट्टाए, जसको नाउँ बार येशू थियो ।
7 котрий був у старости Сергія Павла, чоловіка розумного. Сей, покликавши Варнаву та Савла, бажав слухати слово Боже.
यो जादुगर त्यहाँको प्रान्तीय शासक सर्गियस पौलससँग सम्बन्धित थियो, जो एक विद्वान मानिस थिए । उनले शाऊल र बारनाबासलाई बोलाए किनभने तिनी परमेश्वरको वचन सुन्न चाहन्थे ।
8 Противив ся ж їм Єлима чарівник (так бо перекладаєть ся імя його), шукаючи одвернути старосту од віри.
तर इलुमास, ‘‘जादुगर’’ ले तिनीहरूको विरोध गर्यो (यसरी नै उसको नाउँ अनुवाद गरिन्छ); उसले प्रान्तीय शासक सर्गियस पौलसलाई विश्वासबाट फर्काउन प्रयास गर्यो ।
9 Савло ж, - (він же) й Павел, сповнившись сьвятим Духом, і подивившись на него,
तर शाऊल जसलाई पावल पनि भनिन्छ, पवित्र आत्माले भरिएर, उसलाई एकटक लाएर हेरे
10 сказав: Ой ти, повний усякого підступу і всякого зла, сину дияволів, вороже всякої правди! чи (нїколи) не перестанеш розвертати праві дороги Господні?
र भने, तँ शैतानको छोरो, तँ छल र दुष्टताले भरिएको छस् । तँ हरेक प्रकारको धार्मिकताको शत्रु होस् । तैले प्रभुको सोझो बाटोलाई बड्ग्याउन कहिल्यै छोड्दैनस्, छोड्छस् र?
11 Оце ж рука Господня на тебе, й будеш слїпий, і не бачити меш сонця до часу. І зараз обняв його туман і темрява й слоняючись (мацяючи) шукав, хто б його провів за руку.
अब हेर्, प्रभुको हात तँमाथि परेको छ र तँ अन्धो हुनेछस् । केही समयका लागि तैँले घाम देख्ने छैनस् ।’’ तुरुन्तै त्यहाँ बाक्लो तुवाँलो र अन्धकारले एलुमासलाई ढाक्यो र हात समातेर डोर्याइदिऊन् भन्दै यताउति मानिसहरूलाई आग्रह गर्न थाल्यो ।
12 Тодї видївши староста, що сталось, увірував, дивуючись наукою Господньою.
प्रान्तीय शासकले जे भएको थियो त्यो देखेपछि उनले विश्वास गरे, किनभने उनी प्रभुको शिक्षाबारे चकित भएका थिए ।
13 Пустивши ся ж із Пафи ті, що круг Павла, прийшли в Пергию Панфилську; Йоан же, відлучившись від них, вернувсь у Єрусалим.
अब त्यसपछि पावल र उनका साथीहरू पाफोसबाट पानीजहाजमा चढी पाम्फिलियाको पर्गामा आए । तर यूहन्नाले उनीहरूलाई छोडेर यरूशलेमतिर फर्के ।
14 Вони ж, перейшовши з Пергиї, прибули в Антиохию Писидийську, і ввійшовши в школу субітнього дня, посідали.
पावल र उनका साथीहरू पर्गाबाट यात्रा गर्दै पिसिदियाको एन्टीओखियामा आइपुगे। त्यहाँ उनीहरू विश्राम दिनमा सभा घरमा गए र बसे ।
15 Як же прочитано з закону та пророків, післала старшина шкільна до них, говорячи: Мужі брати, коли маєте слово утїшення до людей, то промовте.
अनि व्यवस्था र अगमवक्ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्नुहोस् ।”
16 Вставши ж Павел і повівши рукою, рече: Мужі Ізраїлські і богобоязливі, слухайте:
त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्वरलाई आदर गर्नुहुन्छ, सुन्नुहोस् ।
17 Бог народу Ізраїлського вибрав отців наших, і підняв угору народ, як був він захожим у землї Єгипецькій, і рамям високим вивів їх з неї.
इस्राएलका यी मानिसहरूका परमेश्वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
18 І до сорока літ годував їх у пустині.
उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।
19 А зруйнувавши, сїм народів у землї Канаанській, попаював їм землю їх.
कनानमा भएका सातवटा जातिहरूलाई उहाँले नास गरिसकेपछि हाम्रा मानिसहरूलाई तिनीहरूको भूमि आफ्नो उत्तराधिकारका लागि दिनुभयो ।
20 А після сього лїт з чотириста й пятьдесять давав (їм) суддів до Самуїла пророка.
यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्वरले शमूएल अगमवक्ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
21 А потім забажали вони царя, і дав їм Бог Саула, сина Кисового, чоловіка з роду Веняминового, на сорок лїт.
त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।
22 А відсунувши його, підняв їм Давида за царя, котрому сьвідкуючи, рече: Знайшов я Давида сина Єссеєвого, чоловіка по серцю моєму, котрий вчинить усю волю мою.
तब परमेश्वरले शाऊललाई राजाबाट हटाउनुभएपछि, उहाँले दाऊदलाई तिनीहरूको राजा हुनलाई खडा गर्नुभयो । परमेश्वरले यी नै दाऊदको बारेमा भन्नुभएको थियो, ‘यिशैका छोरा दाऊद मेरो हृदयअनुसारका मानिस भएको पाएँ र मैले चाहेको हरेक काम उनले गर्नेछन् ।’
23 Із його ж насіння підняв Бог по обітуванню Ізраїлеві Спаситедя Ісуса,
यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।
24 перед котрого приходом проповідував Йоан хрещеннє покаяння всьому народові Ізраїлевому.
येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्चात्तापको बप्तिस्माको बारेमा घोषणा गरे ।
25 Сповнивши ж Йоан путь свій, рече: Хто я, думаєте ви? Се не я. А ось іде за мною, котрому я недостоєн обувє ніг розвязати.
जसरी यूहन्नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’
26 Мужі брати, синове роду Авраамового, і всі богобоязливі між вами, вам слово спасення сього послано.
भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।
27 Ті бо, що жили в Єрусалимі, і князї їх, не зрозумівши сього і голосів пророчих, читаних що - суботи, сповнили їх, осудивши Його,
यरूशलेममा बस्नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्ताको भविष्यवाणीलाई पुरा गरे ।
28 і, не знайшовши нїякої вини смерти, просили Пилата убити Його.
उहाँलाई मृत्यु दण्डका निम्ति कुनै पनि दोष नभेट्टाए तापनि तिनीहरूले पिलातससँग उहाँलाई मार्न माग गरे ।
29 Як же скінчилось усе, що пре Него писано, знявши з дерева, положили у гробі;
जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।
30 Бог же воскресив Його з мертвих,
तर परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो ।
31 Многі днї являв ся Він тим, що поприходили з Ним з Галилеї в Єрусалим; вони сьвідки Його перед людьми.
गालीलदेखि यरूशलेमसम्म उहाँसँगै आएका मानिसहरूकहाँ उहाँ धेरै दिनसम्म देखापर्नु भयो । अहिले यिनीहरू नै मानिसहरूका लागि उहाँका साक्षी भएका छन् ।
32 А ми вам благовіствуємо обітуваннє, дане отцям,
यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।
33 що його Бог сповнив нам, дітям їх, піднявши Ісуса, як і в другій псальмі написано: Син мій єси Ти; я сьогодні родив Тебе.
परमेश्वरले येशूलाई मृत्युबाट जीवित पार्नुहुँदा, हामी तिनीहरूका सन्तानहरूका निम्ति उहाँले यी प्रतिज्ञाहरू पुरागरिदिनुभयो । जसरी यो दोस्रो भजनमा पनि लेखिएको छः ‘तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु ।’
34 А що воскресив Його з мертвих, так, що більш не вернеть ся на зотлїннє, то так глаголав: дам вам сьвятий Давидів завіт.
उहाँको शरीर नकुहोस् भनी उहाँले येशूलाई मृत्युबाट जीवित पार्नुभयो भन्ने तथ्यबारे उहाँले यसरी बोल्नुभएको छ, ‘म तिमीलाई दाऊदको पवित्र र निश्चित आशिष् दिनेछु ।’
35 Тим і в иншій (псальмі) глаголе: Не даси Сьвятому твоєму видїти зотлїння.
यसैकारणले गर्दा उहाँले अर्को भजन पनि यसरी भन्नुभएको छ, ‘तपाईंले आफ्नो पवित्र जनलाई कुहिन दिनुहुनेछैन ।’
36 Давид бо, послуживши своєму родові, Божою волею уснув, і положено його до батьків його, і ввидїв зотлїннє;
किनभने दाऊदले उनको पुस्तामा परमेश्वरको इच्छाअनुसार सेवा गरेपछि, उनको मृत्य भयो र उनलाई उनका पितापुर्खाहरूसँगै राखियो र उनको शरीर कुहियो ।
37 Той же, що Його Бог підняв, не видїв зотлїння.
तर जसलाई परमेश्वरले जीवित पार्नुभयो उहाँलको शरीर कुहिएन ।
38 Відоме ж нехай буде вам, мужі к брати, що через Него вам прощеннє гріхів проповідуєть ся;
त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
39 і від чого не могли ви у законі: , Мойсейовім справдити ся, у Тому всякий віруючий оправдуєть ся.
विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
40 Гледїть же, щоб не прийшло на вас те, що сказано в пророків:
यसैकारण होसियार हुनुहोस्, अगमवक्ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:
41 Дивіть ся, гордівники, та дивуйтесь, та й пощезайте, бо дїло роблю я в днї ваші, діло, котрому не увірили б, коли б хто розказував вам.
‘घृणा गर्नेहरू हो, हेर र छक्क पर, र नष्ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्वास गर्ने छैनौ ।’”
42 Як же виходили вони з школи, просили їх погане, щоб і другої суботи говорили слова сї.
पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।
43 Як же розійшлась школа, тоді многі з Жидів і побожних нововірцїв ішли слїдом за Павлом та Варнавою, котрі, розмовляючи з ними, напоминали їх, щоб пробували в благодатї Божій.
जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।
44 А другої суботи мало не ввесь город зібрав ся слухати слово Боже.
अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्नलाई सँगसँगै भेलाभएको थियो ।
45 Видївши ж Жиди народ, сповнились завистю, і перечили речам Павла та хулили.
जब यहूदीहरूले भिडलाई देखे, तिनीहरू डाहले भरिए, र पावलले भनेका कुराहरूको बिरुद्धमा बोल्न थाले र उनको अपमान गरे।
46 Озвавшись Павел та Варнава, сказали сьміливо: До вас треба було перше промовити слово Боже; коли ж відкинули ви його і вважаєте себе за недостойних життя вічнього, то ось обертаємось до поган. (aiōnios )
तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ । (aiōnios )
47 Так бо заповів нам Господь: Я поставив тебе сьвітлом поганам, щоб був ти на спасеннє до краю землї.
किनभने परमेश्वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”
48 Слухаючи ж погане, зраділи, і прославляли слово Господнє, і увірували, скільки було їх призначено до вічнього життя. (aiōnios )
जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्वास गरे । (aiōnios )
49 Розносило ся ж слово Боже по всій тій сторонї.
त्यस सम्पूर्ण क्षेत्रभरि नै प्रभुको वचन फैलियो ।
50 Жиди ж наустили побожних та І поважних жінок і перших у городі, і підняли гоненнє на Павла та Варнаву, та й вигнали їх із гряниць своїх.
तर यहूदीहरूले भक्त र महत्त्वपूर्ण स्त्रीहरू र साथ-साथै सहरका मुख्य मानिसहरूसँग पावल र बारनाबासको विरुद्धमा अनुरोध गरे । तिनीहरूले पावल र बारनाबासलाई दण्डित गरे उनीहरूलाई तिनीहरूको सहरको सिमाना कटाए ।
51 Вони ж обтрусивши порох од ніг своїх на них, пійшли в Іконию.
तर पावल र बारनाबासले आफ्नो खुट्टामा लागेको धुलो तिनीहरूका विरुद्धमा टकटक्याए । त्यसपछि तिनीहरू आइकोनियम सहरमा गए ।
52 Ученики ж сповнились радощами та сьвятим Духом.
अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरपुर भए ।