< 1 Івана 4 >
1 Любі, не всякому духові віруйте, а досьвідчайте духів, чи від Бога вони; бо многі лжепророки вийшли у сьвіт.
प्रिय हो, हरेक आत्मालाई विश्वास नगर, तर ती आत्माहरू परमेश्वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू संसारमा आइसकेका छन् ।
2 По сьому пізнавайте духа Божого: всякий дух, котрий визнає Ісуса Христа, що прийшов у тїлї, є від Бога.
यसैद्वारा तिमीहरूले परमेश्वरको आत्मालाई चिन्नेछौः येशू ख्रीष्ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्वरको हो ।
3 І всякий дух, котрий не визнає Ісуса Христа, що прийшов у тїлї, не є від Бога; се дух антихристів, про котрого чували, що прийде, і тепер вже єсть у сьвітї.
अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरको होइन । यो ख्रीष्ट विरोधी आत्मा हो, जुन तिमीहरूले संसारमा आउँदै छ भनी सुनेका छौ, र त्यो संसारमा अगिदेखि नै छ ।
4 Ви од Бога, дїточки, і подужали їх; більший бо Той, хто в вас, ніж той, хто в сьвітї.
मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
5 Вони від сьвіта, тим то від сьвіта говорять, і сьвіт слухає їх.
ती आत्माहरू संसारका हुन्, यसकारण, तिनीहरूले भनेका कुराहरू संसारकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ ।
6 Ми від Бога; хто знає Бога, слухає нас; хто не від Бога, не слухає нас; із сього пізнаємо духа правди, і духа мани.
हामी परमेश्वरका हौँ । जसले परमेश्वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्वरका होइनन्, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झुटको आत्मालाई चिन्छौँ ।
7 Любі, любім один одного; бо любов від Бога, і кожен, хто любить, від Бога родив ся, і знає Бога;
प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्वरबाट जन्मेको हो र त्यसले परमेश्वरलाई चिन्छ ।
8 хто не любить, не пізнав Бога, бо Бог любов.
जसले प्रेम गर्दैन, त्यसले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।
9 У сьому явилась любов Божа в нас, що Бог Сина свого єдинородного у сьвіт післав, щоб ми жили через Него.
यसैमा परमेश्वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
10 У сьому любов, не що ми любили Бога, а що Він любив нас, і післав Сина свого на вблаганнє за гріхи наші.
यसैमा उहाँको प्रेम छ, हामीले परमेश्वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्चित्त हुन उहाँका पुत्र पठाउनुभयो ।
11 Любі, коли так Бог полюбив нас, то й ми повинні один одного любити.
प्रिय हो, परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12 Бога ніколи нїхто не бачив; коли ж любимо один одного, то Бог у нас пробуває, і любов Його звершена в нас.
परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
13 По сьому пізнаємо, що в Ньому пробуваєм, а Він у нас, що від, Духа свого дав нам.
यसैद्वारा हामी जान्दछौँ, कि हामी उहाँमा रहन्छौँ र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ ।
14 А ми видїли й сьвідкуємо, що Отець післав Сина, Спасителя сьвіта.
अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
15 Коли хто визнає, що Ісус Син Божий, то в ньому пробуває Бог, а він у Бозї.
जसले येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्वरमा रहन्छ ।
16 Ми пізнали також, та й увірували в любов, котру має Бог до нас. Бог є любов, і хто пробуває в любові, в Бозї пробуває, а Бог в ньому.
अनि हामीप्रति परमेश्वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्वास गरेका छौँ । परमेश्वर प्रेम हुनुहुन्छ र जो प्रेममा रहन्छ, त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर त्यसमा रहनुहुन्छ ।
17 У сьому звершена любов у нас, щоб мати одвагу на день суду, бо який Він, такі й ми у сьвітї сьому.
न्यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौँ ।
18 Страху нема в любові, а звершена любов геть виганяє страха, бо страх має муку, і хто лякаєть ся, той не звершений в любові.
प्रेममा कुनै डर हुँदैन । तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
19 Ми любимо його, бо Він перший любив нас.
हामी प्रेम गर्दछौँ, किनभने परमेश्वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
20 Коли хто каже: я люблю Бога, а брата свого ненавидить, той ложник; бо хто не любить брата, котрого бачить. Бога, котрого не бачить, як може любити?
कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्वरलाई प्रेम गर्न सक्दैन ।
21 І заповідь сю маємо від Него, щоб, хто любить Бога, любив і брата свого
अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।