< Від Матвія 8 >
1 Коли [Ісус] зійшов з гори, багато людей пішло за Ним.
जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भिडले उहाँलाई पछ्यायो ।
2 І ось один прокажений прийшов, поклонився Йому й промовив: ―Господи, якщо хочеш, Ти можеш мене очистити.
हेर, एक जना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्टो पर्यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्नुहुन्छ ।”
3 [Ісус] простягнув руку, доторкнувся до нього й промовив: ―Хочу, будь чистим! І вмить [чоловік] очистився від прокази.
येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो, र भन्नुभयो, “म चाहन्छु । तिमी शुद्ध होऊ ।” तब तुरून्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो ।
4 Ісус сказав йому: ―Дивись, нікому не кажи про це, але йди, покажи себе священникові та принеси дар, який наказав Мойсей, їм на свідчення.
येशूले उसलाई भन्नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्नू । आफ्नो बाटो लाग; आफैँलाई पुजारीकहाँ प्रकट गराऊ र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
5 Коли ж [Ісус] увійшов до Капернаума, прийшов до Нього сотник, який просив Його,
जब येशू कर्फनहुममा प्रवेश गर्नुभएको थियो, एक जना कप्तान उहाँकहाँ आएर उहाँलाई सोधे,
6 кажучи: ―Господи, мій слуга лежить вдома паралізований і тяжко страждає.
“हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ ।”
7 [Ісус] сказав йому: ―Я прийду та зцілю його.
येशूले तिनलाई भन्नुभयो, “म आएर उसलाई निको पार्नेछु ।”
8 Але сотник відповів: ―Господи, я не достойний, щоб Ти увійшов під мій дах, але скажи лише слово, і одужає мій слуга.
कप्तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
9 Бо і я людина підвладна й маю під своєю владою воїнів. Кажу одному: «Іди!» – і він іде, а іншому: «Прийди!» – і він приходить, і рабу моєму: «Зроби це!» – і він робить.
किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन् । म एक जनालाई ‘जाऊ’ भन्छु र ऊ जान्छ, र अर्कोलाई ‘आऊ’ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई ‘त्यो गर’ भन्छु र उसले त्यो गर्छ ।”
10 Почувши це, Ісус здивувався та промовив тим, що йшли за Ним: ―Істинно кажу вам: ні в кого в Ізраїлі Я не знайшов такої великої віри.
जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, इस्राएलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ ।
11 Кажу ж вам: багато хто прийде зі сходу та заходу і сядуть за стіл разом з Авраамом, Ісааком та Яковом у Царстві Небесному.
म तिमीहरूलाई भन्छु, धेरै जना पूर्व र पश्चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन् ।
12 А сини Царства будуть викинуті геть у темряву, де буде плач та скрегіт зубів.
तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
13 А сотникові Ісус сказав: ―Іди! Нехай станеться за твоєю вірою! І тієї ж миті його слуга одужав.
येशूले त्यस कप्तानलाई भन्नुभयो, “जाऊ । तिमीले विश्वास गरेजस्तै तिम्रो निम्ति गरियोस् ।” अनि त्यही घडी तिनको नोकर निको भयो ।
14 Прийшовши в дім Петра, Ісус побачив, що його теща лежить у гарячці.
जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो ।
15 Він доторкнувся до її руки – і гарячка залишила жінку. Вона встала та почала прислуговувати Йому.
येशूले तिनको हातमा छुनुभयो, अनि ज्वरोले तिनलाई छोड्यो । त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
16 Коли ж настав вечір, привели до Нього багатьох біснуватих. Він словом виганяв духів та зцілив усіх хворих на різні недуги,
जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्याए । उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
17 щоб сповнились слова, сказані через пророка Ісаю: «Він узяв на Себе наші хвороби і поніс наші недуги».
यसरी यशैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पुरा भयो, “उहाँ आफैँले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो ।”
18 Побачивши навколо Себе багато народу, Ісус наказав [учням] відплисти на другий бік [моря].
जब येशूले भिडलाई आफ्नो वरिपरि देख्नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
19 Тоді підійшов до Нього один книжник і сказав: ―Учителю, я піду за Тобою, куди б Ти не пішов!
त्यसपछि एक जना शास्त्री आएर उहाँलाई भने, “गुरुज्यू, तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई त्यहीँ पछ्याउनेछु ।”
20 Ісус відповів йому: ―Лисиці мають нори, птахи небесні – гнізда, а Син Людський не має, де голову прихилити.
येशूले तिनलाई भन्नुभयो, “स्यालहरूका दुला छन्, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन ।”
21 А інший з Його учнів сказав: ―Господи, дозволь мені спочатку піти та поховати мого батька!
चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस् ।”
22 Але Ісус відповів: ―Іди за Мною й залиши мертвим ховати своїх мерців.
तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ ।”
23 Потім [Ісус] зайшов у човен, за Ним увійшли і Його учні.
जब येशू डुङ्गामा चढ्नुभएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए ।
24 І ось здійнялась на морі велика буря, так що хвилі заливали човен, а Він спав.
हेर, समुद्रमा प्रचण्ड आँधीबेहरी चल्यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू सुतिरहनुभएको थियो ।
25 [Учні] підійшли й розбудили Його, кажучи: ―Господи, спаси нас, бо ми гинемо!
चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ!”
26 Він сказав їм: ―Чому ви злякалися, маловіри? Тоді, піднявшись, наказав вітрам та морю, і настала велика тиша.
येशूले तिनीहरूलाई भन्नुभयो, “ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौँ?” त्यसपछि उहाँ उठ्नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्यसपछि त्यहाँ पुरै शान्ति छायो ।
27 Люди дивувалися кажучи: ―Хто ж Він такий, що вітри та море підкоряються Йому?
ती मानिसहरू छक्क परे र भने, “उहाँ कस्तो मानिस हुनुहुन्छ, कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्?”
28 Коли [Ісус] прийшов на другий берег [моря], у землю Гадаринську, Його зустріли двоє біснуватих, що вийшли з гробниць. Вони були дуже люті, так що ніхто не міг пройти тією дорогою.
जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए । त्यसकारण, त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
29 І ось вони закричали: ―Що Тобі до нас, Сину Божий? Ти прийшов сюди, щоб мучити нас завчасно?
हेर, तिनीहरूले ठुलो स्वरले कराए र भने, “हे परमेश्वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?
30 Неподалік від них паслося велике стадо свиней.
त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
31 Демони просили Ісуса, кажучи: ―Якщо виганяєш нас, то надішли нас у це стадо свиней.
ती भूतात्माहरूले उहाँलाई बिन्ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्नुहुन्छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस् ।”
32 Він сказав їм: ―Ідіть! Тоді, вийшовши, вони увійшли у свиней, і ось стадо кинулося з кручі в море й потонуло у воді.
येशूले तिनीहरूलाई भन्नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे । अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
33 Свинопаси побігли й, діставшись до міста, сповістили про все, а також про біснуватих.
सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
34 І ось усе місто вийшло Ісусові назустріч і, побачивши Його, благали, щоб Він залишив їхні околиці.
हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे ।