< Від Івана 8 >
1 Ісус же пішов на Оливну гору.
[नोटः यूहन्ना ७:५३-८:११ को टिप्पणीबारे माथि हेर्नुहोस्, येशू जैतून डाँडामा जानुभयो । ]
2 Рано-вранці Він знову прийшов у Храм, і всі люди посходилися до Нього. Він сів і почав їх навчати.
बिहानै सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्नुभयो, र तिनीहरूलाई सिकाउनुभयो ।
3 Книжники та фарисеї привели жінку, яку спіймали під час перелюбу. Її поставили перед народом
शास्त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्त्री ल्याए । तिनीहरूले त्यसलाई बिचमा राखे ।
4 і сказали Ісусові: ―Учителю, ця жінка була схоплена на перелюбі.
[नोटः यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], त्यसपछि तिनीहरूले येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
5 Мойсей у Законі звелів нам побивати таких камінням. А Ти що скажеш?
व्यवस्थामा मोशाले यस्ता मानिसलाई ढुङ्गाले हान्ने आज्ञा दिएका छन्; यिनको विषयमा तपाईं के भन्नुहुन्छ?”
6 Вони запитали це, щоб спіймати Його й мати [підставу] звинуватити Його. Але Ісус, схилившись додолу, писав пальцем по землі.
तिनीहरूले येशूलाई फन्दामा पार्नलाई यसो भनेका थिए, ताकि तिनीहरूले उहाँलाई केही कुराको बारेमा दोष लगाउन सकून्, तर येशू निहुरेर आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
7 Оскільки вони продовжували Його запитувати, Він піднявся й сказав: ―Хто з вас без гріха, нехай перший кине в неї камінь!
[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले उहाँलाई निरन्तर सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमध्ये पापविनाको जो छ ढुङ्गाले हान्नमा त्यही नै पहिलो होस् ।”
8 І знов, схилившись, писав по землі.
उहाँ फेरि निहुरनुभयो र आफ्नो औँलाले जमिनमा लेख्नुभयो ।
9 Почувши це, вони почали по одному відходити, починаючи від старших і до останніх. Залишилися тільки [Ісус] та жінка, яка стояла посередині.
[नोट यूहन्ना ७:५३-८:११ को टिप्णीबारे माथि हेर्नुहोस्], जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्त्रीसँग येशू मात्र छोडिनुभएको थियो ।
10 Ісус, підвівшись і не побачивши нікого, лише саму жінку, сказав їй: ―Жінко, де ті, хто обвинувачував тебе? Ніхто тебе не осудив?
येशू खडा हुनुभयो र त्यसलाई भन्नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिमीलाई दण्ड दिएन?”
11 Вона відповіла: ―Ніхто, Господи! Ісус сказав їй: ―І Я не осуджую тебе. Іди й більше не гріши!
त्यसले भनी, “कसैले दिएन, प्रभु” येशूले भन्नुभयो, “न त म पनि तिमीलाई दण्ड दिन्छु । जाऊ, र कुनै पाप नगर ।” ]
12 Ісус знову заговорив із ними: ―Я – світло світу. Хто слідує за Мною, той не ходитиме в темряві, але матиме світло життя.
फेरि येशूले तिनीहरूलाई यसो भन्नुभयो, “म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
13 Фарисеї сказали Йому: ―Ти свідчиш Сам про Себе, тому Твоє свідчення неправдиве.
फरिसीहरूले उहाँलाई भने, “तिमी आफैँ आफ्नो बारेमा गवाही दिइरहेका छौ; तिम्रो गवाही सत्य होइन ।”
14 Ісус відповів: ―Навіть якщо Я свідчу Сам про Себе, Моє свідчення правдиве, тому що Я знаю, звідки Я прийшов і куди Я йду. Ви ж не знаєте, звідки Я прийшов і куди йду.
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।
15 Ви судите за людськими мірками, Я ж нікого не суджу.
तिमीहरू शरीरअनुसार न्याय गर्छौ, तर म कसैको न्याय गर्दिनँ ।
16 А якщо Я й суджу, Мій суд правдивий, тому що Я не Один, зі Мною Отець, Який послав Мене.
तैपनि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुन्छ, किनकि म एकलै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
17 У вашому Законі написано, що свідчення двох людей – істинне.
हो, दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
18 Я Сам свідчу про Себе, і про Мене свідчить Отець, Який послав Мене.
मेरो आफ्नैबारे गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
19 Тоді вони запитали: ―Де ж Твій Отець? Ісус відповів: ―Ви не знаєте ні Мене, ні Мого Отця. Якби ви знали Мене, ви знали б і Мого Отця.
तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”
20 Ці слова Він казав, коли навчав у Храмі, біля скарбниці. І ніхто не схопив Його, адже не настав ще Його час.
उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
21 [Ісус] сказав їм ще раз: ―Я відхожу, і ви будете шукати Мене, і помрете у своєму гріху. Куди Я йду, ви не зможете прийти.
त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
22 Тоді юдеї почали говорити: ―Чи не вб’є Він Себе, бо каже: «Туди, куди Я йду, ви не можете прийти»?
यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो?”
23 Він казав їм: ―Ви – знизу, а Я – згори. Ви з цього світу, а Я не з цього світу.
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ, म माथिको हुँ । तिमीहरू यस संसारका हौ, म यस संसारको होइनँ ।
24 Тому Я сказав вам, що ви помрете у ваших гріхах. Якщо не повірите, що Я є, то помрете у ваших гріхах.
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
25 Вони запитали: ―Хто Ти? Ісус відповів їм: ―Той, про Кого від початку казав.
यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई सुरुदेखि जे भनेको छु, म उही हुँ ।
26 Я маю багато про вас сказати й судити, але Той, Хто послав Мене, правдивий, і те, що Я чув від Нього, Я говорю світові.
मैले तिमीहरूबारे भन्नु र न्याय गर्नु धेरै छ, तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ, र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्छु ।”
27 Вони не зрозуміли, що Він говорить їм про Отця.
उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्छ भनी तिनीहरूले बुझेनन् ।
28 Тоді Ісус сказав їм: ―Коли ви піднімете Сина Людського, то зрозумієте, що Я є і що Я нічого не роблю від Себе, а говорю, як Мене навчив Отець.
येशूले भन्नुभयो, “तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेपछि म उही हुँ र म आफैँ केही पनि गर्दिनँ भन्ने तिमीहरूले जान्नेछौ । जसरी पिताले मलाई यी कुराहरू सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्छु ।
29 Той, Хто послав Мене, є зі Мною; Він не залишає Мене Самого, бо Я завжди роблю те, що Йому до вподоби.
मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एकलै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्न पार्ने काम गर्छु ।”
30 Коли Він це казав, багато хто повірив у Нього.
येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्वास गरे ।
31 Ісус сказав юдеям, які повірили в Нього: ―Якщо ви будете перебувати в Моєму Слові, ви дійсно Мої учні.
येशूले उहाँमा विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ;
32 Ви пізнаєте істину, і істина визволить вас.
र तिमीहरूले सत्य जन्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ ।”
33 Вони відповіли Йому: ―Ми нащадки Авраама й ніколи не були нічиїми рабами! Як Ти кажеш: «Звільнить вас»?
तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौँ र कहिल्यै कसैको दास भएका छैनौँ; ‘तिमीहरू स्वतन्त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्न सक्छौ ।”
34 Ісус сказав: ―Істинно кажу вам: кожен, хто грішить, є рабом гріха.
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो ।
35 Раб не залишається в домі навіки, а Син залишається навіки. (aiōn )
दास सधैँभरि घरमा रहँदैन, तर पुत्र भने सधैँभरि नै रहन्छ । (aiōn )
36 Тому якщо Син звільнить вас, справді будете вільними.
यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्यो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ ।
37 Я знаю, що ви нащадки Авраама, але шукаєте, як вбити Мене, бо не приймаєте Мого Слова.
म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ र तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
38 Я кажу вам те, що бачив у Мого Отця, а ви робите те, що чули у [вашого] батька.
मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्छु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ ।”
39 Вони відповіли: ―Наш батько – Авраам. Ісус сказав: ―Якби ви були дітьми Авраама, то чинили б діла Авраама.
तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
40 А тепер ви хочете вбити Мене, Чоловіка, Котрий сказав вам істину, яку Я почув від Бога. Авраам так не робив.
तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
41 Ви чините діла вашого батька. Вони сказали Йому: ―Ми не народилися від статевої розпусти, у нас один Отець – Бог.
तिमीहरू तिमीहरूका पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौँ; हाम्रा एक पिता परमेश्वर हुनुहुन्छ ।”
42 Ісус сказав їм: ―Якби Бог був вашим Отцем, ви б любили Мене, бо Я вийшов від Бога й прийшов сюди. Я прийшов не Сам від Себе, а Він послав Мене.
येशूले तिनीहरूलाई भन्नुभयो, “यदि परमेश्वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्वरबाट आएँ, र यहाँ छु, म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
43 Чому ж ви не розумієте того, що Я кажу вам? Бо ви не можете слухати Моїх слів.
तिमीहरू मेरा वचनहरू किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्न सक्दैनौ ।
44 Ваш батько – диявол, і ви прагнете виконувати його волю. Він від початку був убивцею і в істині не встояв, бо в ньому немає істини. Коли він каже неправду, то говорить від себе, бо він брехун і батько неправди.
तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
45 Але Мені не вірите, тому що Я кажу вам істину.
म सत्य बोल्छु, तापनि तिमीहरू मलाई विश्वास गर्दैनौ ।
46 Хто з вас може довести Мій гріх? А якщо Я кажу істину, чому ви не вірите Мені?
तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्छु भने, तिमीहरू मलाई किन विश्वास गर्दैनौ?
47 Хто від Бога, той слухає слова Бога. Ви ж не слухаєте Мене тому, що ви не від Бога.
जो परमेश्वरको हो त्यसले परमेश्वरको वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ ।”
48 Юдеї відповіли Йому: ―Чи не правильно ми говоримо, що Ти самарянин і що Ти одержимий?
यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “के ‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनी हामीले भनेको साँचो होइन र?”
49 Ісус сказав: ―Я не одержимий, але Я шаную Мого Отця, а ви не шануєте Мене.
येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्छु, र तिमीहरू मलाई अनादर गर्छौ ।
50 Я не шукаю Своєї слави. Є Той, Хто шукає її для Мене. Він і судить.
म आफ्नो महिमा खोज्दिनँ; खोज्ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
51 Істинно кажу вам: хто підкоряється Моєму Слову, не побачить смерті повік. (aiōn )
म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्नेछैन ।” (aiōn )
52 Тоді юдеї сказали: ―Тепер ми точно знаємо, що Ти одержимий. Авраам помер, і пророки теж, а Ти кажеш: «Хто підкоряється Моєму Слову, не побачить смерті повік». (aiōn )
यहूदीहरूले उहाँलाई भने, “अब हामी जान्दछौँ, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्ताहरू मरे, तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन ।’ (aiōn )
53 Невже Ти більший від нашого батька Авраама, який помер? І пророки померли. Ким Ти Себе вважаєш?
तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्ताहरू पनि मरे । तिमी आफैँचाहिँ को हुँ भनी ठान्छौ?”
54 Ісус відповів: ―Якщо Я буду славити Самого Себе, Моя слава нічого не значить. Мене славить Мій Отець, Якого ви називаєте своїм Богом,
येशूले जवाफ दिनुभयो, “यदि म आफैँले आफ्नो महिमा गरेँ भने मेरो महिमा केही पनि होइन । मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू तिमीहरूका परमेश्वर भन्दछौ ।
55 хоча ви Його не знаєте. Але Я Його знаю, і якщо Я скажу, що не знаю Його, то буду таким же брехуном, як і ви. Але Я Його знаю та підкоряюся Його Слову.
तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्छु भने म झुटजस्तै हुन्थेँ । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
56 Ваш батько Авраам радів, що побачить Мій день. Він побачив і зрадів.
तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए र उनले यो देखे, र खुसी भए ।
57 Юдеї сказали Йому: ―Тобі немає й п’ятдесяти років, і Ти бачив Авраама?
यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र के तिमीले अब्राहामलाई देखेका छौ?”
58 Ісус відповів: ―Істинно кажу вам: перш ніж був Авраам, Я є!
येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”
59 Тоді вони схопили каміння, щоб закидати Його. Але Ісус скрився й вийшов із Храму.
तब तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू आफैँ लुक्नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।