< Nnwom 22 >
1 Dawid dwom. Me Onyankopɔn, me Onyankopɔn, adɛn enti na woagya me? Adɛn enti na me nkwagyeɛ ne wo ntam aware, adɛn na mʼapinisie nsɛm ne wo ntam aware?
हे परमेश्वर, हे परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको? तपाईं किन मलाई बचाउनबाट त्यति धेरै टाढा र मेरा वेदनाका शब्दहरूबाट टाढा हुनुहुन्छ?
2 Ao me Onyankopɔn, mesu frɛ wo awia, nanso wonnye me so, mefrɛ wo anadwo, nanso mennya ɔhome.
हे मेरा परमेश्वर, दिनको समयमा म पुकारा गर्छु, तर तपाईंले जवाफ दिनुहुन्न र रातको समयमा पनि म शान्त छैन ।
3 Nanso, wɔasi wo ɔhene sɛ Ɔkronkronni; wo na Israel kamfo woɔ.
तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।
4 Wo mu na yɛn agyanom de wɔn werɛ hyɛeɛ; wɔgyee wo diiɛ, na wogyee wɔn.
हाम्रा पुर्खाहरूले तपाईंलाई भरोसा गरे । तिनीहरूले तपाईंमा भरोसा गरे र तपाईंले तिनीहरूलाई बचाउनुभयो ।
5 Wɔsu frɛɛ wo na wogyee wɔn, wɔde wɔn ho too wo so na woanni wɔn hwammɔ.
तिनीहरूले तपाईंमा पुकारा गरे र तिनीहरूलाई बचाइयो । तिनीहरूले तपाईंमा भरोसा गरे र निराश भएनन् ।
6 Nanso meyɛ ɔsonsono, na menyɛ onipa nnipa bɔ me ahohora na wɔbu me animtiaa.
म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु ।
7 Obiara a ɔhunu me di me ho fɛw; wɔtwa me adapaa, woso wɔn ti ka sɛ:
मलाई देख्ने सबैले मलाई गिज्याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हरेर आफ्नो टाउको हल्लाउँछन् ।
8 “Ɔde ne ho to Awurade so; ma Awurade mmɛgye no. Ma ɔmmɛboa no, ɛfiri sɛ ɔwɔ ne mu anigyeɛ.”
तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्छ ।”
9 Wo na woyii me firii awotwaa mu baeɛ na womaa mede me ho too wo so ɛberɛ a metua me maame nufoɔ ano mpo.
तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।
10 Ɛfiri mʼawoɔ mu na wɔde me too wo soɔ; ɛfiri me maame yafunu mu, woayɛ me Onyankopɔn.
गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ
11 Ntwe wo ho mfiri me ho! Ɛfiri sɛ amaneɛ abɛn na ɔboafoɔ nni baabi.
मबाट टाढा नहुनुहोस्, किनकि कष्ट नजिकै छ । मलाई सहायता गर्ने कोही पनि छैन ।
12 Anantwinini bebree atwa me ho ahyia; Basan anantwinini a wɔn ho yɛ den atwa me ho ahyia.
धेरै साँढेहरूले मलाई घेर्छन् । बाशानका बलिया साँढेहरूले मलाई घेर्छन् ।
13 Gyata a wɔbobom na wɔtete wɔn ahaboa mu abuebue wɔn anom tɛtrɛɛ de kyerɛ me.
गर्जने सिंहले आफ्नो शिकार च्यातेझैं, मेरो विरुद्धमा तिनीहरू आफ्ना मुख चौडा खोल्छन् ।
14 Wɔahwie me agu sɛ nsuo, na me nnompe nyinaa ahodwo. Mʼakoma adane ayɛ sɛ nku; anane afiri me mu.
पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्यो पग्लिन्छ ।
15 Mʼahoɔden awe te sɛ kyɛmferɛ mu. Na me tɛkrɛma atare mʼanom. Wode me ato owuo mfuturo mu.
माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
16 Nkraman atwa me ho ahyia nnebɔneyɛfoɔ kuo atwa me ho ahyia, wɔahwire me nsa ne me nan mu.
किनकि कुकुरहरूले मलाई घेरेका छन् । खराब गर्नेहरूको हुलले मलाई घेरा लगाएका छन् । तिनीहरूले मेरा हातहरू र खुट्टाहरू छेडेका छन् ।
17 Mɛtumi akan me nnompe nyinaa; Mʼatamfoɔ di me nhwɛhaa na wɔsere me.
म आफ्ना सबै हाड गन्न सक्छु । तिनीहरू हेर्छन् र मलाई आँखा तर्छन् ।
18 Wɔkyɛ me atadeɛ mu fa, na wɔbɔ me ntoma so ntonto.
मेरो लुगा तिनीहरूले आपसमा बाँड्छन् । मेरो लुगाको निम्ति तिनीहरूले चिट्ठा हाल्छन् ।
19 Na wo, Ao Awurade, ntwe wo ho. Ao mʼAhoɔden bra ntɛm bɛboa me.
हे परमप्रभु, टाढा नहुनुहोस् । हे मेरो बल, मलाई सहायता गर्न चाँडो गर्नुहोस् ।
20 Gye me kra firi akofena ano; gye me nkwa a ɛsom bo no firi nkraman tumi ase.
मेरो प्राणलाई तरवरबाट र मेरो जीवनलाई जङ्गली कुकुरहरूका पञ्जाबाट बचाउनुहोस् ।
21 Gye me nkwa firi gyata anom; gye me firi ɛkoɔ mmɛn so.
मलाई सिंहको मुखबाट बचाउनुहोस् । जङ्गली साँढेहरूका सिङ्हरूबाट मलाई बचाउनुहोस् ।
22 Mɛbɔ wo din akyerɛ me nuanom; mɛkamfo wo wɔ wɔn a wɔahyia hɔ no nyinaa anim.
तपाईंको नाउँ म आफ्ना भाइहरूलाई घोषणा गर्नेछु । सभाको माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
23 Monkamfo Awurade, mo a mosuro no no! Mo a moyɛ Yakob asefoɔ, monhyɛ no animuonyam! Mo Israel asefoɔ nyinaa, monni no ni!
तिमी जसले परमप्रभुको भय मान्छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।
24 Ɔmmuu nʼani nguu ɔmanehunufoɔ ateetee so, ɔmfaa nʼanim nhintaa no; na mmom watie ne sufrɛ a ɔde repɛ mmoa.
कष्टमा परेका व्यक्तिको कष्टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्टमा परेको व्यक्तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्नुभयो ।
25 Me botaeɛ a mede yi wo ayɛ wɔ badwa mu no firi wo; mɛdi me bɔhyɛ so wɔ wɔn a wɔsuro wo no anim.
तपाईंको कारणले म ठुलो सभामा प्रशंसा गाउनेछु । उहाँको भय मान्नेहरूका सामु म आफ्नो भाकल पुरा गर्नेछु ।
26 Ahiafoɔ bɛdidi na wɔamee; wɔn a wɔhwehwɛ Awurade bɛyi no ayɛ. Mo akoma nnya nkwa daa.
थिचोमिचोमा परेकाहरूले खानेछन् र तृप्त हुनेछन् । परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन् । तिमीहरूका हृदयहरू सदा जीवित रहून् ।
27 Asase ano nyinaa bɛkae akɔ Awurade nkyɛn, na amanaman no mmusua nyinaa bɛkoto nʼanim,
पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्टो पर्नेछन् ।
28 ɛfiri sɛ ahennie wɔ Awurade na ɔdi amanaman so ɔhene.
किनकि राज्य परमप्रभुकै हो । उहाँ नै जातिहरूका शासक हुनुहुन्छ ।
29 Asase so adefoɔ nyinaa bɛdidi na wɔasɔre no; wɔn a wɔkɔ dɔteɛ mu nyinaa bɛbu nkotodwe nʼanim, wɔn a wɔrentumi mma nkwa mu.
पृथ्वीका सबै समृद्ध मानिसहरूले भोज गर्नेछन् र आराधना गर्नेछन् । धूलोमा झरिरहेका सबैले उहाँको सामु दण्डवत गर्नेछन्, जसले तिनीहरूको आफ्नो जीवनको रक्षा गर्न सक्दैनन् ।
30 Nkyirimma nyinaa bɛsom no; wɔbɛka Awurade ho asɛm akyerɛ awoɔ ntoatoasoɔ a ɛdidi soɔ.
आउने पुस्ताले उहाँको सेवा गर्नेछ । तिनीहरूले अर्को पुस्तालाई परमप्रभुको बारेमा भन्नेछन् ।
31 Wɔbɛka ne tenenee akyerɛ nnipa a wɔnnya nwoo wɔn ɛfiri sɛ ɔno na wayɛ.
तिनीहरू आउनेछन् र उहाँको धार्मिकताको बारेमा भन्नेछन् । उहाँले जे गर्नुभएको छ सो तिनीहरूले अझै नजन्मेका मानिसहरूलाई भन्नेछन् ।