< Nnwom 145 >
1 Ayɛyie dwom. Dawid deɛ. Mɛma wo so, me Onyankopɔn, me Ɔhene; mɛkamfo wo din daa daa.
हे मेरो परमेश्वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्यको भन्नेछु ।
2 Ɛda biara, mɛkamfo wo; na mama wo din so daa daa.
हरेक दिन म तपाईंलाई धन्यको भन्नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।
3 Awurade so, na ɔsɛ nkamfo kɛseɛ; obiara rentumi nsusu ne kɛseyɛ.
परमप्रभु महान् हुनुहुन्छ र धेरै प्रशंसा हुनुपर्छ । उहाँको महान्ता अथाहा छ ।
4 Awoɔ ntoatoasoɔ baako bɛkamfo wo nnwuma akyerɛ ɔfoforɔ; wɔbɛka wo nnwuma akɛseɛ ho asɛm.
एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।
5 Wɔbɛka wʼanimuonyam ne wo tumi a ɛhran no ho asɛm, na mɛdwene wʼanwanwadwuma ho.
म तपाईंको महिमाको ऐश्वर्य र तपाईंका अचम्मका कामहरू ध्यान गर्नेछु ।
6 Wɔbɛka wo nnwuma a ɛyɛ hu no mu tumi ho asɛm; na mapae mu aka wo nneyɛɛ akɛseɛ no akyerɛ.
तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्नेछन् र म तपाईंको महान्ताको घोषणा गर्नेछु ।
7 Wɔbɛhyɛ wo papayɛ mmorosoɔ no ho fa, na wɔde anigyeɛ ato wo tenenee ho dwom.
तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।
8 Awurade yɛ ɔdomfoɔ ne mmɔborɔhunufoɔ; ne bo kyɛre fu na nʼadɔeɛ dɔɔso.
परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्वस्ततामा प्रशस्त हुनुहुन्छ ।
9 Awurade yɛ ma obiara; na ɔwɔ ahummɔborɔ ma nʼabɔdeɛ nyinaa.
परमप्रभु सबैका निम्ति भला हुनुहुन्छ । उहाँका सबै काममा उहाँका कोमल कृपा छन् ।
10 Ao Awurade, wʼabɔdeɛ nyinaa bɛkamfo wo; na wʼahotefoɔ bɛma wo so.
हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै कुराले तपाईंलाई धन्यवाद दिनेछन् । तपाईंका विश्वासयोग्य जनहरूले तपाईंलाई धन्यको भन्नेछन् ।
11 Wɔbɛka wʼahennie no animuonyam ho asɛm na wɔaka wo mmaninyɛ ho asɛm,
तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको राज्यको महिमाको बारेमा भन्नेछन् र तिनीहरूले तपाईंको शक्तिको बारेमा बोल्नेछन् ।
12 sɛ ɛbɛyɛ a nnipa bɛhunu wo nnwuma akɛseɛ ne wʼahennie animuonyam a ɛhran no.
तिनीहरूले मानवजातिलाई परमेश्वरको शक्तिशाली कामहरू र उहाँको राज्यको महिमित वैभव प्रकट गर्नेछन् ।
13 Wʼahennie yɛ daa ahennie, na wo tumidie wɔ hɔ ma awoɔ ntoantoasoɔ nyinaa. Awurade di ne bɔhyɛ nyinaa so, na ɔwɔ ɔdɔ ma biribiara a wayɛ.
तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।
14 Awurade wowa wɔn a wɔhwe ase na ɔpagya wɔn a wɔn nnesoa ama wɔakom.
असफल भइरहेका सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ र दबिएकाहरू सबैलाई माथि उठाउनुहुन्छ ।
15 Ani nyinaa hwɛ wo ɛkwan, na woma wɔn wɔn aduane wɔ ne berɛ mu.
सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।
16 Wobue wo nsam na woma biribiara a ɛwɔ nkwa no nʼapɛdeɛ.
तपाईंले आफ्नो हात खोल्नुहुन्छ र सबै जीवित प्राणीका इच्छा तृप्त पार्नुहुन्छ ।
17 Awurade tene wɔ nʼakwan nyinaa mu; na ɔyɛ adɔeɛ ma deɛ wayɛ nyinaa.
परमप्रभु आफ्ना सबै मार्गमा धर्मी र उहाँले गर्ने सबै काममा अनुग्रही हुनुहुन्छ ।
18 Awurade bɛn wɔn a wɔfrɛ no nyinaa, wɔn a wɔfrɛ no nokorɛ mu nyinaa.
परमप्रभुलाई पुकार्नेहरू सबैका नजिक, उहाँलाई सत्यतामा पुकार्नेहरूको नजिक हुनुहुन्छ ।
19 Ɔyɛ wɔn a wɔsuro no no apɛdeɛ ma wɔn; ɔtie wɔn sufrɛ na ɔgye wɔn.
उहाँलाई आदर गर्नेहरूका इच्छा उहाँले पुरा गर्नुहुन्छ । उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ ।
20 Awurade hwɛ wɔn a wɔdɔ no nyinaa so, nanso amumuyɛfoɔ deɛ, ɔbɛsɛe wɔn nyinaa.
परमप्रभुले उहाँलाई प्रेम गर्नेहरू सबैमाथि हेर्नुहुन्छ, तर उहाँले सबै दुष्टलाई नाश गर्नुहुनेछ ।
21 Mʼano bɛkamfo Awurade. Ma abɔdeɛ nyinaa nkamfo ne din kronkron no daa daa.
मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्यको भनून् ।