< Mmɛbusɛm 7 >
1 Me ba, fa me nsɛm sie na kora mʼahyɛdeɛ wɔ wo mu.
हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् ।
2 Di mʼahyɛdeɛ so na wobɛnya nkwa; bɔ me nkyerɛkyerɛ ho ban sɛ deɛ wodɔ noɔ.
मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख् ।
3 Kyekyere bɔ wo nsateaa ho; twerɛ no yie gu wʼakoma ɛpono so.
तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् ।
4 Ka kyerɛ nyansa sɛ, “Wo yɛ me nuabaa,” na frɛ nteaseɛ wo busuani;
बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् ।
5 Wɔbɛtwe wo afiri ɔbaawaresɛefoɔ ho, afiri ɔbaawarefoɔ sansani nsɛmmɔdɛ ho.
तब तिनले तँलाई व्यभिचारी स्त्री र अनैतिक स्त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।
6 Me fie mpomma ano mede mʼani faa ntokua mu.
मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ ।
7 Mehunuu wɔ ntetekwaafoɔ mu, mehyɛɛ mmeranteɛ no mu baako nso, ɔbabunu a ɔnni adwene.
मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ ।
8 Na ɔnam borɔno a ɛbɛn ɔbaa no fie so a nʼani kyerɛ ɔbaa no fie
त्यो जवान मानिस त्यस स्त्री बस्ने गल्ली नजिकबाट गयो, र त्यो स्त्रीको घरतर्फ लाग्यो ।
9 ɛberɛ a ɔnwunu redwoɔ, na animu rebiribiri no.
साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।
10 Afei ɔbaa bi firi bɛhyiaa no a wasiesie ne ho sɛ odwamanfoɔ a nnaadaa wɔ nʼakomam.
एउटी स्त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।
11 (Ɔyɛ hyirenn na hwee mfa ne ho, ɔntena efie koraa;
त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
12 ɛnnɛ wɔhunu no mmɔntene so, ɔkyena na ɔte adwaberem, ɔtetɛ wɔ mmantwea mmantwea.)
त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
13 Ɔsɔɔ ne mu fee nʼano wamfɛre, na ɔkaa sɛ,
त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्ज चेहरा लिएर भनी,
14 “Mewɔ ayɔnkofa ayɛyɛdeɛ wɔ efie; ɛnnɛ madi me bɔhyɛ so.
“आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ ।
15 Enti mebaeɛ sɛ merebɛhyia wo; mehwehwɛɛ wo na mahunu wo!
त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।
16 Mato me mpa mede nwera a wɔahyɛ no aduro a ɛfiri Misraim.
मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्ना ओछ्याएकी छु ।
17 Mede nnuhwam apete me mpa so: kurobo, pɛperɛ ne sinamon.
मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।
18 Bra, ma yɛmfa ɔdɔ mmɔ ɔdɔ mu nkɔsi anɔpa;
आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।
19 Me kunu nni efie; watu kwan na ɔbɛkyɛre.
किनकि मेरा पति घरमा हुनुहुन्न । उहाँ लामो यात्रामा जानुभएको छ ।
20 Ɔde sika a ɛdɔɔso hyɛɛ ne sikabɔtɔ ma na ɔremma kɔsi ɔsrane no korokumatwa berɛ mu.”
उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।”
21 Ɔde akorɔkorɔ bɔɔ no asɔn; ɔde nnaadaa nyaa no ne no daeɛ.
धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।
22 Ɔdii nʼakyi prɛko pɛ te sɛ nantwie a ɔrekɔ akumiiɛ, anaa ɔwansane a ɔde ne tiri rekɔhyɛ hankrafidie mu
मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्त्रीको पछि लाग्यो ।
23 kɔsi sɛ bɛmma bɛhwire ne brɛboɔ mu, te sɛ anomaa a ɔrekɔtɔ anomaa afidie mu na ɔnnim sɛ ɔbɛhwere ne nkwa.
वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।
24 Na afei, me mma, montie me; monyɛ aso mma deɛ meka.
अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।
25 Mommma mo akoma mpatere nkɔ ne so na mommane mfa nʼakwan so.
तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।
26 Bebree na wɔnam ne so ahwehwe ase; wɔn a wakum wɔn dɔɔso pa ara.
त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।
27 Ne fie yɛ ɛda kwantempɔn a ɛkɔ owuo mpia mu. (Sheol )
त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् । (Sheol )