< Kwadwom 2 >
1 Sɛdeɛ Awurade de nʼabufuhyeɛ omununkum akata Ɔbabaa Sion so nie? Wato Israel animuonyam firi soro abɛhwe fam; wankae ne nan ntiasoɔ wɔ nʼabufuo da no.
परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्नुभएको छ । उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ । आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन ।
2 Awurade annya ahummɔborɔ na wamene Yakob atenaeɛ nyinaa; nʼabufuhyeɛ mu, wadwiri Yuda Ɔbabaa aban denden no agu fam. Wagu nʼahennie ne ne mmapɔmma ho fi.
परमरप्रभुले याकूबका सबै नगरलाई स्वाहा पार्नुभएको छ, र तिनलाई दया देखाउनुभएको छैन । उहाँको रिसको दिनमा उहाँले यहूदाकी छोरीका किल्लाबन्दी गरिएका सहरहरू भत्काइदिनुभएको छ । उहाँले राज्य र यसका शासकहरूलाई अपमानमा भुइँ ढाल्नुभएको छ ।
3 Ɔde abufuhyeɛ atwitwa Israel mmɛn nyinaa. Wayi ne banbɔ wɔ ɛberɛ a atamfoɔ no reba. Wasɔ wɔ Yakob mu sɛ ogyadɛreɛ a ɛhye biribiara a atwa ho ahyia.
भयङ्कर रिसले उहाँले इस्राएलको हरेक सिङ काटिदिनुभएको छ । उहाँले शत्रुकै सामुन्ने आफ्नो दाहिने हात हटाउनुभएको छ । उहाँले याकूबलाई चारैतिर भस्म गर्ने दन्कँदो आगोले जलाउनुभएको छ ।
4 Wapoma ne bɛmma te sɛ ɔtamfoɔ; ne nsa nifa ayɛ krado. Sɛdeɛ ɔtamfoɔ yɛ no, wakunkum wɔn a wɔyɛ fɛ wɔ anisoɔ nyinaa; wahwie nʼabufuhyeɛ sɛ ogya agu Ɔbabaa Sion ntomadan so.
शत्रुले झैँ उहाँले धनु हामीतिर उठाउनुभएको छ । उहाँको दाहिने हात हान्नलाई तयार छ । सियोनकी छोरीको पालमा उहाँले आफूलाई प्रिय लाग्ने सबैलाई मार्नुभएको छ । उहाँले आफ्नो क्रोध आगोझैँ खन्याउनुभएको छ ।
5 Awurade ayɛ sɛ ɔtamfoɔ; wamene Israel. Wamene nʼahemfie nyinaa asɛe nʼabandenden. Wama awerɛhoɔdie ne agyaadwotwa adɔɔso ama Yuda Ɔbabaa.
परमप्रभु शत्रुझैँ हुनुभएको छ । उहाँले इस्राएललाई निल्नुभएको छ । उहाँले त्यसका सबै महललाई निल्नुभएको छ । उहाँले त्यसका किल्लाहरूलाई नष्ट पार्नुभएको छ । उहाँले यहूदाकी छोरीमा शोक र विलाप बढाउनुभएको छ ।
6 Wama nʼatenaeɛ ada mpan sɛ turo; wasɛe ne dwabirem. Awurade ama Sion werɛ afiri nʼafahyɛ ne home nna; wɔ nʼabufuhyeɛ mu no wabu ɔhene ne ɔsɔfoɔ animtia.
उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ । उहाँले पवित्र सभाको स्थानलाई नष्ट गर्नुभएको छ । परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रिसमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ ।
7 Awurade apo nʼafɔrebukyia na wagyae ne kronkronbea mu. Ɔde nʼahemfie afasuo ahyɛ nʼatamfoɔ nsa. Wɔteam wɔ Awurade efie te sɛ afahyɛ da.
परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।
8 Awurade sii nʼadwene pi sɛ ɔbɛsɛe Ɔbabaa Sion ɔfasuo a atwa ne ho ahyia no. Ɔde susuhoma too ho na wannyae ɔsɛeɛ no. Ɔmaa apie ne afasuo dii abooboo; wɔn nyinaa sɛeɛ.
परमप्रभुले सियोनकी छोरीको सहरको पर्खाललाई नष्ट गर्ने निधो गर्नुभयो । उहाँले नाप्ने फित्ता तन्काउनुभयो, र पर्खाललाई नष्ट गर्नबाट आफ्नो हात रोक्नुभएको छैन । उहाँले गढी र पर्खाललाई विलाप गर्न लगाउनुभयो । ती सँगसँगै भत्के ।
9 Nʼapono amem fam; wɔn adaban nso, wabubu mu asɛe no. Ne ɔhene ne ne mmapɔmma, watwa wɔn asuo kɔ amanaman no mu, mmara nni hɔ bio, na nʼadiyifoɔ nnnya anisoadehunu a ɛfiri Awurade hɔ bio.
त्यसका मूल ढोकाहरू भुइँमा ढलेका छन् । उहाँले त्यसका मूल ढोकाका गजबारहरू नष्ट गर्नुभएको छ, र भाँच्नुभएको छ । त्यसका राजा र राजकुमारहरू जाति-जातिहरूका बिचमा छन्, र व्यवस्था रहँदैन, अनि त्यसका अगमवक्ताहरूले परमप्रभुबाट कुनै दर्शन पाउँदैनन् ।
10 Ɔbabaa Sion mpanimfoɔ tete fam ayɛ komm; wɔde mfuturo agu wɔn tirim afirafira ayitoma. Yerusalem mmabaawa asisi wɔn tiri ase.
सियोनकी छोरीका धर्म-गुरुहरू चुप लागेर भुइँमा बस्छन् । तिनीहरूले आ-आफ्ना शिरमा धूलो हालेका छन्, र भाङ्ग्रा लगाएका छन् । यरूशलेमका कन्याहरूले भुइँमा आ-आफ्ना शिर झुकाएका छन् ।
11 Mʼani rentumi nnyae nisuteɛ, me yafunu mu retwa me, mʼakoma rete atɔ fam, ɛfiri sɛ wɔasɛe me nkurɔfoɔ, ɛfiri sɛ mmɔfra ne mmotafowa totɔ piti wɔ kuropɔn no mmɔntene so.
तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।
12 Wɔbisa wɔn maamenom sɛ, “Ɛhe na aduane ne nsã wɔ?” Ɛberɛ a wɔtotɔ piti sɛ apirafoɔ wɔ kuropɔn no mmɔntene so, ɛberɛ a wɔn nkwa resa wɔ wɔn maamenom abasa so.
तिनीहरूले आफ्ना आमाहरूलाई भन्छन्, “अन्न र दाखमद्य कहाँ छन्?” तिनीहरू सहरका सडकहरूमा घाइतेझैँ मुर्छा पर्दा तिनीहरूका प्राण तिनीहरूका आमाहरूको काखमा शिथिल हुन्छन् ।
13 Ɛdeɛn na mɛtumi aka ama woɔ? Ɛdeɛn ho na mɛtumi de wo atoto, Ao, Yerusalem Ɔbabaa? Ɛdeɛn na mɛtumi de asusu woɔ, de akyekyere wo werɛ, Ao, Sion Ɔbabaa Bunu? Wʼapirakuro so sɛ ɛpo. Hwan na ɔbɛtumi asa ama woɔ?
हे यरूशलेमकी छोरी, म तँलाई के भनूँ? हे सियोनकी छोरी, तँलाई सान्त्वना दिन तँलाई म केसित तुलना गरूँ? तेरो घाउ समुद्रजस्तै विशाल भएको छ । कसले तँलाई निको पार्न सक्छ?
14 Wʼadiyifoɔ anisoadehunu yɛ atorɔ a ɛho nni mfasoɔ; wɔanna mo amumuyɛ adi ansi mo nnommumfa ano. Nkɔmhyɛ a wɔde maa mo no yɛ atorɔ ne nnaadaa.
तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन् ।
15 Wɔn a wɔtwam wo ɛkwan soɔ nyinaa bobɔ wɔn nsam gu wo so; wɔdi wo ho fɛ na wɔwoso wɔn tiri gu Yerusalem Ɔbabaa so ka sɛ, “Yei ne kuropɔn a na wɔfrɛ no ahoɔfɛ a ɛdi mu no? Asase nyinaa anigyedeɛ no nie?”
यस सडक भएर जानेहरू सबैले तँलाई देखेर थपडी मार्छन् । यरूशलेमकी छोरीको विरुद्धमा तिनीहरूले गिल्ला गर्छन्, र आफ्ना शिर हल्लाउँछन्, अनि भन्छन्, “के यो त्यही सहर हो जसलाई तिनीहरूले 'परम सुन्दरी' र 'सारा पृथ्वीको आनन्द' भन्थे?”
16 Wʼatamfoɔ nyinaa baeɛ wɔn anom kakraa tia wo; wɔsere na wɔtwɛre wɔn se na wɔka sɛ, “Yɛamene no. Ɛda a na yɛretwɛn no nie; Yɛatena ase ahunu.”
तेरा सबै शत्रुले तेरो विरुद्धमा तिनीहरूका मुख खोल्छन् । तिनीहरूले खिसी गरेर रिसमा आफ्ना दाह्रा किट्छन्, र भन्छन्, “हामीले त्यसलाई निलेका छौँ । हामी यही दिनको प्रतीक्षामा थियौँ । यही हेर्न हामी बाँचेका छौँ ।”
17 Awurade ayɛ deɛ ɔhyehyɛeɛ; wama nʼasɛm a ɔhyɛɛ dadaada no aba mu. Watu wo agu a wanhunu wo mmɔbɔ, wama ɔtamfoɔ no ani agye wama wʼatamfoɔ no mmɛn so.
परमप्रभुले जे गर्ने योजना बनाउनुभयो, त्यही गर्नुभएको छ । उहाँले आफ्नो वचन पुरा गर्नुभएको छ । उहाँले दया नदेखाइकन तँलाई फ्याँकिदिनुभएको छ, किनकि उहाँले तँलाई देखेर तेरो शत्रुलाई रमाउने अनुमति दिनुभएको छ । उहाँले तेरा शत्रुहरूको सिङ उठाउनुभएको छ ।
18 Nnipa no akoma su frɛ Awurade. Ao, Sion Ɔbabaa fasuo, ma wo nisuo nsene sɛ asubɔnten awia ne anadwo; nnye wʼahome mma wʼani nso nnya ahomeɛ.
हे सियोनकी छोरीका पर्खालहरू हो, तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे । दिनरात नदीझैँ तेरा आँसु बगा । कत्ति पनि विश्राम नले; तेरा आँखालाई विश्राम नदे ।
19 Sɔre, su denden anadwo ɔdasuom mfitiaseɛ; hwie wʼakoma mu nsɛm sɛ nsuo gu Awurade anim. Ma wo nsa so kyerɛ no wo mma nkwa enti, wɔn a ɛkɔm ama wʼatotɔ baha wɔ mmɔntene so.
रातको हरेक पहरको सुरुमा उठेर चिच्च्या । परमप्रभुको मुहारको सामुन्ने तेरो हृदय पानीझैँ खन्या । हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्चाका प्राणको लागि तेरा हात उहाँतिर उठा ।
20 “Hwɛ na dwene ho, Ao, Awurade: Hwan na wode no afa saa ɛkwan yi so pɛn? Ɛsɛ sɛ mmaa we wɔn yafunu mma nam anaa, mma a wɔahwɛ wɔn? Ɛsɛ sɛ wɔkum ɔsɔfoɔ ne odiyifoɔ wɔ Awurade kronkronbea anaa?
हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?
21 “Mmɔfra ne mpanin adeda abɔ mu mfuturo mu wɔ mmɔntene so, me mmeranteɛ ne mmabaawa atotɔ wɔ akofena ano. Wakum wɔn wɔ wʼabufuo da; wayam wɔn na wannya ahummɔborɔ.
युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।
22 “Sɛdeɛ wotoo wo nsa frɛ wɔ apontoɔ da no, saa ara na wofrɛfrɛɛ amanehunu firi afanan nyinaa tiaa me. Awurade abufuo da no, obiara annwane na obiara anka: wɔn a mehwɛɛ wɔn na metetee wɔn no, me ɔtamfoɔ adwerɛ wɔn.”
चाडको दिनमा मानिसहरू भेला गरेँझैँ तपाईंले मेरो हरेक किनारामा मेरा त्रासहरूलाई बोलाउनुभएको छ । परमप्रभुको रिसको दिनमा कोही पनि उम्केन वा बाँचेन । मैले वास्ता गरेका र हुर्काएकाहरूलाई मेरो शत्रुले नष्ट पारेको छ ।