< Hiob 35 >

1 Afei, Elihu kaa sɛ:
अझै एलीहूले निरन्‍तर यसो भनिरहे,
2 “Wogye di sɛ yei fata? Woka sɛ, ‘Onyankopɔn bɛtwitwa agye me.’
“जब तपाईं भन्‍नुहुन्‍छ, 'परमेश्‍वरको सामु मेरो अधिकार' तब त्‍यो न्‍यायोचित नै हो भन्‍ने विचार तपाईंलाई हुन्छ?
3 Nanso wobisa no sɛ, ‘Mfasoɔ bɛn na mɛnya, na sɛ manyɛ bɔne a, mfasoɔ bɛn na mɛnya?’
किनकि तपाईं सोध्‍नुहुन्छ, 'यसबाट मलाई के फाइदा हुन्‍छ?' अनि 'मैले पाप गर्दा मलाई के असल हुन्‍छ र?’
4 “Mepɛ sɛ mebua wo ne wo nnamfonom nyinaa.
म तपाईंलाई, तपाईं र तपाईंका मित्रहरू दुवैलाई जवाफ दिनेछु ।
5 Ma wʼani so kyerɛ ɔsoro na hwɛ; hwɛ omununkum a ɛwɔ wʼatifi ɔsorosoro nohoa.
माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
6 Sɛ woyɛ bɔne a, ɛkwan bɛn so na ɛsakyera Onyankopɔn? Mpo sɛ wo bɔne dɔɔso a, nsunsuansoɔ bɛn na ɛnya wo ne so?
तपाईंले पाप गर्नुभयो भने, परमेश्‍वरको के नोक्‍सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्‍यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?
7 Sɛ wotene a, ɛdeɛn na wode ma noɔ anaasɛ ɛdeɛn na ɔnya firi wo nsam?
तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्‍नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्‍छ र?
8 Wʼamumuyɛ pira onipa a ɔte sɛ wo na wo tenenee pira nnipa mma nko ara.
जसरी तपाईं मानिस हुनुहुन्‍छ, तपाईंको दुष्‍ट कामले मानिसलाई नै चोट पुर्‍याउन सक्छ, र तपाईंको धार्मिकताले अर्को मानिसको छोरोलाई लाभ हुन सक्छ ।
9 “Nnipa su ɛberɛ a wɔwɔ nhyɛsoɔ ase; na wɔsrɛ mmoa firi deɛ ɔwɔ tumi nsam.
अत्याचारका धेरै कार्यहरूले मानिसहरू रुन्‍छन् । शक्तिशाली मानिसहरूका पाखुराको मदत तिनीहरूले माग्‍छन् ।
10 Nanso, obi mmisa sɛ, ‘Ɛhe na Onyankopɔn, me Yɛfoɔ no wɔ, deɛ ɔma nnwom anadwo no,
तर कसैले यसो भन्दैन, 'मेरा सृष्‍टिकर्ता परमेश्‍वर कहाँ हुनुहुन्छ, जसले रातमा गीतहरू दिनुहुन्छ,
11 deɛ ɔkyerɛ yɛn nimdeɛ bebree sene asase so mmoa na ɔma yɛhunu nyansa sene ewiem nnomaa?’
जसले पृथ्वीका जन्तुहरूलाई भन्दा बढी हामीलाई सिकाउनुहुन्छ, र जसले आकाशका चराहरूलाई भन्दा बढी हामीलाई बुद्धिमानी बनाउनुहुन्छ?'
12 Sɛ nnipa su team a, ɔmmua, amumuyɛfoɔ ahantan enti.
त्यहाँ तिनीहरू कराउँछन्, तर दुष्‍ट मानिसहरूको अहङ्कारको कारण परमेश्‍वरले कुनै जवाफ दिनुहुन्‍न ।
13 Ampa ara Onyankopɔn rentie wɔn nkotosrɛ hunu no; na Otumfoɔ remmu.
परमेश्‍वरले निश्‍चय नै दुष्‍टको पुकारा सुन्‍नुहुन्‍न । सर्वशक्तिमान्‌ले त्‍यसलाई ध्यानै दिनुहुन्‍न ।
14 Woka sɛ wonhunu no, nanso sɛ wotwɛn no a, ɔde atɛntenenee bɛba enti ɛsɛ sɛ wotwɛn no.
तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!
15 Bio, woka sɛ nʼabufuo mmfa asotweɛ mma na nʼani nni amumuyɛsɛm akyi pii.
अब तपाईं भन्‍नुहुन्छ, उहाँको क्रोधले दण्ड दिंदैन, र उहाँले अपराधलाई अलिकति पनि ध्‍यान दिनुहुन्‍न ।
16 Enti Hiob bue nʼano ka nsɛm hunu; nimdeɛ a ɔnni enti, ɔkeka nsɛm bebree.”
त्यसैले अय्यूबले मूर्ख कुरा बोल्न मात्र आफ्नो मुख खोल्‍नुहुन्‍छ । उहाँले ज्ञानविनाका शब्‍दहरूको थुप्रो लगाउनुहुन्‍छ ।”

< Hiob 35 >