< Yeremia 40 >
1 Ɔsahene Nebusaradan a ɔtua ɔhene awɛmfoɔ ano no gyaee Yeremia wɔ Rama akyi no, asɛm no firi Awurade nkyɛn baa Yeremia hɔ. Ɔhunuu sɛ, wɔagu Yeremia nkɔnsɔnkɔnsɔn wɔ nnommumfoɔ a wɔfiri Yerusalem ne Yuda a na wɔde wɔn rekɔ Babilonia no mu.
रामामा राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।
2 Brɛ a ɔsahene a ɔtua awɛmfoɔ no ano no hunuu Yeremia no, ɔka kyerɛɛ no sɛ, “Awurade, wo Onyankopɔn, na ɔhyɛɛ saa amanehunu yi maa beaeɛ yi.
अङ्गरक्षकका कप्तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।
3 Na afei, Awurade ama aba mu. Wayɛ sɛdeɛ ɔkaa sɛ ɔbɛyɛ no. Yeinom nyinaa baa mu, ɛfiri sɛ, mo saa nnipa yi yɛɛ bɔne tiaa Awurade na moanyɛ ɔsetie amma no.
त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।
4 Nanso, ɛnnɛ mereyi wo afiri nkɔnsɔnkɔnsɔn a ɛgu wo nsa no mu. Sɛ wopɛ a, ma yɛnkɔ Babilonia na mɛhwɛ wo so, nanso sɛ wompɛ deɛ a ɛmma. Hwɛ ɔman no nyinaa na ɛda wʼanim no, kɔ baabiara a wopɛ.”
तर अब हेर, तिम्रा हातमा भएका साङ्लाबाट मैले तिमीलाई आज मुक्त गरेको छु । तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित हो भने आऊ, र म तिम्रो हेरचाह गर्नेछु । तर तिम्रो दृष्टिमा मसितै बेबिलोन आउनु उचित होइन भने, त्यसो नगर । तिम्रो सामु भएको सबै देशलाई हेर । तिम्रो दृष्टिमा जहाँ जान ठिक र उचित लाग्छ, त्यहीँ जाऊ ।”
5 Na ansa na Yeremia bɛdane ne ho akɔ no, Nebusaradan ka kaa ho sɛ, “Sane kɔ Ahikam babarima Gedalia a, ɔyɛ Safan nana, a Babiloniahene apa no sɛ ɔnhwɛ Yuda nkuro so no nkyɛn na wo ne no nkɔtena wɔ nnipa no mu, anaasɛ kɔ baabi foforɔ biara a wopɛ.” Na ɔsahene no maa Yeremia aduane ne akyɛdeɛ, na ɔmaa no kɔeɛ.
यर्मियाले जवाफ नदिएपछि नबूजरदानले भने, “शापानका नाति, अहीकामका छोरा गदल्याहकहाँ जाऊ, जसलाई बेबिलोनका राजाले यहूदाका सहरहरूको रेखदेख गर्ने जिम्मा दिएका छन् । मानिसहरूका बिचमा तिनीसँगै बस वा तिम्रो दृष्टिमा जहाँ जानु उचित लाग्छ, त्यहीँ जाऊ ।” राजाक अङ्गरक्षकका कप्तानले तिनलाई खाना र उपहार दिए, र त्यसपछि तिनलाई पठाए ।
6 Enti, Yeremia kɔɔ Ahikam babarima Gedalia nkyɛn wɔ Mispa, na ɔne no tenaa nnipa a wɔkaa wɔ asase no so no mu.
त्यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए । तिनी देशमा छाडिएका मानिसहरूकै बिचमा तिनीसित बसे ।
7 Ɛberɛ a asraafoɔ mpanimfoɔ no nyinaa ne wɔn mmarima a wɔda so wɔ wiram no tee sɛ, Babiloniahene ayɛ Ahikam babarima Gedalia amrado wɔ asase no so, na ɔde mmarima, mmaa ne mmɔfra a wɔyɛ ahiafoɔ wɔ asase no so, na wɔamfa wɔn ankɔ nnommumfa mu wɔ Babilonia ahyɛ ne nsa no,
बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको गभर्नरमा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबैभन्दा गरिब पुरुषहरू, स्त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।
8 wɔbaa Gedalia hɔ wɔ Mispa: Netania babarima Ismael, Karea mmammarima Yohanan ne Yonatan, Tanhumet babarima Seraia, Efai a ɔfiri Netofa mmammarima, Yesania a, ɔyɛ Maakani babarima ne wɔn mmarima.
त्यसैले तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू यी नै थिएः नतन्याहका छोरा इश्माएल, कारेहका दुई छोरा योहानान र जोनाथन, तन्हूमेतका छोरा सरायाह, नतोपाती एफैका छोराहरू, माकातीका छोरा याजन्याह र यी सबैका मानिसहरू ।
9 Na Ahikam babarima Gedalia a ɔyɛ Safan nana no kaa ntam de hyɛɛ wɔn ne wɔn mmarima den sɛ, “Monnsuro sɛ mobɛsom Babiloniafoɔ. Montena asase no so na monsom Babiloniahene, na ɛbɛsi mo yie.
शापानका नाति, अहीकामका छोरा गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खुवाए र तिनीहरूलाई भने, “कल्दी अधिकारीहरूको सेवा गर्नदेखि नडराओ । यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ ।
10 Me deɛ, mɛtena Mispa, na masi mo anan mu wɔ Babiloniafoɔ a wɔbɛba abɛhyia yɛn no mu, na mo deɛ, monkɔ boaboa nsã, ahuhuro berɛ mu nnuaba ne ngo ano ngu adekora nkuruwa mu wɔ twaberɛ mu, na montenatena nkuro a moafa no so.”
हामीकहाँ आउने कल्दीहरूसित भेट गर्न म मिस्पामा बस्दैछु । त्यसैले तिमीहरूले दाखमद्य, ग्रीष्म ऋतुका फलहरू र तेलको खेती गर र आफ्ना भाँडाहरूमा जम्मा गर । तिमीहरूले छानेका सहरहरूमा बस ।”
11 Ɛberɛ a Yudafoɔ a wɔwɔ Moab, Amon, Edom ne aman ahodoɔ a aka no, tee sɛ Babiloniahene agya nkaeɛfoɔ bi wɔ Yuda na wayi Ahikam babarima Gedalia a ɔyɛ Safan nana sɛ amrado wɔ wɔn so no,
तब मोआबमा भएका सबै यहूदी, अम्मोनीहरू र एदोमीहरूका बिचमा भएका र हरेक देशमा भएका यहूदीहरूले यो कुरा सुने, कि बेबिलोनका राजाले यहूदाका बाँकी रहेकाहरूलाई बस्न दिएका छन्, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तिनीहरूमाथि अधिकारी नियुक्त गरेका छन् ।
12 wɔn nyinaa sane baa Yuda asase so firi aman a wɔbɔɔ wɔn peteeɛ no so, kɔɔ Gedalia hɔ wɔ Mispa. Na wɔboaboaa nsã ne ahuhuro nnuaba bebree ano wɔ twaberɛ mu.
त्यसैले सबै यहूदी आफू छरपष्ट भएको हरेक ठाउँबाट फर्के । तिनीहरू यहूदाको देशको मिस्पामा गदल्याहकहाँ फर्केर आए । तिनीहरूले प्रचुर मात्रा दाखमद्य र ग्रीष्म ऋतुको फल उत्पादन गरे ।
13 Na Karea babarima Yohanan ne akodɔm ntuanofoɔ a wɔda so wɔ wiram no baa Gedalia nkyɛn wɔ Mispa
कारेहका छोरा योहानान र गाउँबस्तीमा भएका सेनाका अधिकृतहरू मिस्पामा गदल्याहकहाँ आए ।
14 na wɔka kyerɛɛ no sɛ, “Wonnim sɛ, Amonhene Baalis asoma Netania babarima Ismael sɛ, ɔmmɛkum wo anaa?” Nanso, Ahikam babarima Gedalia annye wɔn anni.
तिनीहरूले तिनलाई भने, “अम्मोनीहरूका राजा बालीसले नतन्याहका छोरा इश्माएललाई तपाईंको हत्या गर्न पठाएका छन् भन्ने कुरो तपाईंलाई थाहा छ?” तर अहीकामका छोरा गदल्याहले तिनीहरूको कुरो विश्वास गरेनन् ।
15 Na Karea babarima Yohanan ka kyerɛɛ Gedalia wɔ kɔkoam wɔ Mispa sɛ, “Ma menkɔkum Netania babarima Ismael, na obiara rente. Adɛn enti na ɛsɛ sɛ ɔkum wo na ɔma Yudafoɔ a wɔatwa wo ho ahyia no bɔ hwete, na Yudafoɔ nkaeɛfoɔ no yera?”
त्यसैले मिस्पामा कारेहका छोरा योहानानले गदल्याहलाई गुप्तमा कुरा गरे र भने, “नतन्याहको छोरो इश्माएललाई मार्न मलाई अनुमति दिनुहोस् । कसैले मलाई शङ्का गर्नेछैन । त्यसले तपाईंलाई किन मार्ने? तपाईंकहाँ जम्मा भएका सबै यहूदीलाई किन तितर-बितर हुन दिने र यहूदाका बाँकी रहेकाहरूलाई किन नष्ट हुन दिने?”
16 Nanso, Ahikam babarima Gedalia ka kyerɛɛ Karea babarima Yohanan sɛ, “Ɛnyɛ saa adeɛ yi! Deɛ woka fa Ismael ho no nyɛ nokorɛ.”
तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “यो कुरो नगर, किनकि तिमीले इश्माएलको विषयमा मसित झूट बोल्दैछौ ।”