< Yesaia 1 >

1 Saa anisoadehunu a ɛfa Yuda ne Yerusalem ho no baa Amos babarima Yesaia so wɔ Yuda ahemfo Usia, Yotam, Ahas ne Hesekia berɛ so.
यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका समयमा यरूशलेम र यहूदाको बारेमा आमोसका छोरा यशैयाले दखेका दर्शन ।
2 Ao, ɔsoro, montie! Ao, asase yɛ aso! Na Awurade akasa: “Matete mma ama wɔanyini, nanso wɔate me so atua.
ए आकाश सुन्, र ए पृथ्वी कान थाप् । किनकि परमप्रभु बोल्नुभएको छः “मैले छोराछोरीलाई पालनपोषण गरेको र हुर्काएको छु, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन् ।
3 Nantwie nim ne wura, afunumu nso nim ne wura mmoa adididaka, nanso Israel nnim, me nkurɔfoɔ nte aseɛ.”
गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।”
4 Aa, amumuyɛ ɔman, ɔman a afɔdie adesoa ahyɛ wɔn ma, nnebɔneyɛfoɔ kuo, mma a porɔeɛ ahyɛ wɔn ma! Wɔatwe wɔn ho afiri Awurade ho; Wɔapo Israel Kronkronni no, wɔadane wɔn akyi akyerɛ no.
धिक्‍कार! पापी जाति, अधर्मले लादिएका मानिसहरू, खराब गर्नेहरूका सन्तानहरू, भ्रष्‍ट रूपले काम गर्नेहरूका सन्तानहरू! तिनीहरूले परमप्रभुलाई त्यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई घृणा गरेका छन्, तिनीहरूले आफैलाई उहाँबाट टाढा बनाएका छन् ।
5 Adɛn enti na mopɛ sɛ wɔkɔ so boro mo? Adɛn enti na moda so te atua? Wɔapira mo tiri, na mo akoma nso di yea.
तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ ।
6 Ɛfiri mo nan ase kɔsi mo tiri so ahomeka biara nni mu, apirakuro ne nsoasoaeɛ nko ara akuro a anim deda hɔ na wɔnhohoro so anaa Wɔnkyekyereeɛ anaa wɔmfaa ngo nsrasraa so.
शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
7 Mo ɔman ada mpan, wɔde ogya ahyehye mo nkuropɔn; ananafoɔ regye mo mfuo a mo ani tua, na asɛe sɛdeɛ ɛyɛɛ ɛberɛ a ahɔhoɔ tuu mo guiɛ no.
तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।
8 Wɔagya Ɔbabaa Sion te sɛ bobe turo mu sese te sɛ akuraa a ɛsi ɛferɛ afuo mu, te sɛ kuropɔn a atamfoɔ atwa ho ahyia.
सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ ।
9 Sɛ Awurade tumfoɔ no annya yɛn asefoɔ a, anka yɛayɛ sɛ Sodom, na yɛadane ayɛ sɛ Gomora.
सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं।
10 Montie Awurade asɛm, mo Sodom sodifoɔ; montie yɛn Onyankopɔn mmara, mo Gomorafoɔ!
ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन ।
11 “Mo afɔrebɔ ahodoɔ bebree no, ɛdeɛn na ɛyɛ ma me?” Sɛdeɛ Awurade seɛ nie. “Mewɔ ɔhyeɛ afɔrebɔdeɛ ma ɛboro so, deɛ ɛyɛ nnwennini ne mmoa a wɔadɔre sradeɛ; mʼani nnye anantwinini, nnwammaa ne mpapo mogya ho.
परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न ।
12 Sɛ moba mʼanim a hwan na ɔbisa yei firi mo hɔ? Hwan na ɔsomaa mo sɛ monnantenante me efie yi?
तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ?
13 Monnyae afɔrebɔdeɛ a mode ba a ɛmfra no! Mo aduhwam yɛ me tan. Ɔbosome foforɔ, home nna ne nhyiamu ahodoɔ ne mo nhyiamu fi no afono me.
व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ ।
14 Mo bosome foforɔ afahyɛ ne mo apontoɔ a moahyehyɛ no, me kra kyiri. Ayɛ adesoa ama me; masoa mabrɛ.
तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु ।
15 Sɛ mopagya mo nsa bɔ mpaeɛ a, mɛyi mʼani ato nkyɛn. Sɛ mobɔ mpaeɛ bebree mpo a merentie. “Mogya bebree agu mo nsa ho fi.
त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् ।
16 “Monnwira mo ho na mo ho nte. Monnyi mo nnebɔne mfiri mʼani so! Monnyae bɔne yɛ.
नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ । खराब हुन छोड ।
17 Monyɛ papa; monhwehwɛ atɛntenenee Monhyɛ wɔn a wɔhyɛ wɔn so nkuran. Monni mma nwisiaa, monka akunafoɔ nsɛm mma wɔn.
असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
18 “Afei mommra na yɛnnwene mmɔ mu,” sɛdeɛ Awurade seɛ nie. “Sɛ mo bɔne te sɛ kɔben a, ɛbɛyɛ fitaa sɛ sukyerɛmma; mpo sɛ ɛyɛ kɔkɔɔ te sɛ mogya a ɛbɛyɛ fitaa sɛ asaawa foturo.
परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् ।
19 Sɛ mopene so na moyɛ ɔsetie a, mobɛdi asase no so nnepa.
तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
20 Na sɛ moampene na mote atua a, akofena bɛdi mo nam.” Awurade na wakasa.
तर तिमीहरूले इन्कार गर्‍यौ र विद्रोह गर्‍यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्‍नुभएको छ ।
21 Hwɛ sɛdeɛ kuropɔn nokwafoɔ no adane odwamanfoɔ. Ɛberɛ bi na atɛntenenee ahyɛ no ma na anka tenenee te ne mu, nanso seesei awudifoɔ ahyɛ mu ma!
विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ ।
22 Wo dwetɛ adane adeɛ a ɛho nni mfasoɔ, wɔde nsuo afra wo nsã papa mu.
तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ ।
23 Wo sodifoɔ yɛ atuatefoɔ, akorɔmfoɔ yɔnkonom; wɔn nyinaa pɛ adanmudeɛ, na wɔpere akyɛdeɛ ho. Wɔnni mma nwisiaa; na akunafoɔ nsɛm nkɔ wɔn anim.
तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् ।
24 Enti, Awurade, Otumfoɔ Awurade, deɛ ɔyɛ Kɛseɛ ma Israel no ka sɛ, “Aa, mɛnya ahomegyeɛ afiri mʼatamfoɔ hɔ na matɔ wɔn so were.
यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।
25 Mɛma me nsa so, atia mo; mɛhohoro wo ho fi korakora na mayi mo ho nkekaawa nyinaa.
म आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।
26 Mɛma mo atemmufoɔ bio sɛ kane no, ne mo afutufoɔ sɛdeɛ na ɛteɛ, ahyɛaseɛ no. Yei akyi no, wɔbɛfrɛ wo Kuropɔn Tenenee Kuropɔn Nokwafoɔ.”
म तिमीहरूका न्यायकर्ताहरूलाई पहिलेको झैं र तिमीहरूका सल्‍लाहकारहरूलाई सुरुको झैं पुनर्स्थापना गर्ने छु । त्यसपछि तिमीहरू धार्मिकताको सहर र विश्‍वासयोग्य नगर भनिनेछौ ।”
27 Wɔde atɛntenenee bɛgye Sion bio, na wɔn a wɔnu wɔn ho no, wɔde tenenee bɛgye wɔn.
सियोनलाई न्यायले उद्धार गर्नेछ र त्यसमा भएका पश्‍चतापीहरूलाई धार्मिकताले नै उद्धार गर्नेछ ।
28 Nanso atuatefoɔ ne nnebɔneyɛfoɔ deɛ, wɔbɛdwɛre wɔn abɔ mu, na wɔn a wɔpa Awurade akyi bɛyera.
विद्रोहीहरू र पापीहरू एकसाथ धूलो पारिनेछन् र परमप्रभुलाई त्याग्‍नेहरू नष्‍ट हुनेछन् ।
29 “Mo ani bɛwu ɛsiane odum anyame a monyaa wɔn mu anigyeɛ no; wɔbɛgu mo anim ase ɛsiane nturo a mosom abosom wɔ mu no enti.
किनभने तिमीहरूले इच्‍छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्‍जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।
30 Mobɛyɛ sɛ odum a ne nhahan apo, ne turo a ɛnnya nsuo.
किनभने तिमीहरू पातहरू ओइलाउने फलाँटजस्ता र पानी नभएको बगैंचाजस्ता हुनेछौ ।
31 Ɔhoɔdenfoɔ bɛyɛ sɛ adeɛ a ɛhye ntɛm; nʼadwuma bɛyɛ sɛ ogya nturueɛ; ne mmienu no bɛhye abɔ mu, a obiara rentumi nnum.”
बलिया मानिसहरू चाँडै जल्ने सामग्रीजस्ता र उसको काम एउटा झिल्कोजस्तो हुनेछन् । ती दुवै एकसाथ जल्‍नेछन् र कसैले पनि ती निभाउनेछैन ।”

< Yesaia 1 >