< 1 Mose 49 >

1 Yakob frɛɛ ne mmammarima nyinaa ka kyerɛɛ wɔn sɛ, “Mommɛtwa me ho nhyia, na menka mo deɛ ɛbɛba mo so.
तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्‍मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।
2 “Yakob mmammarima, mommoaboa mo ho ano, na montie; montie mo agya Israel.
हे याकूबका छोरा हो, जम्‍मा भएर सुन, तिमीहरूका बुबा इस्राएलका कुरा सुन ।
3 “Ruben, wo na woyɛ mʼabakan. Wo na woyɛ me tumi ne mʼahoɔden nsɛnkyerɛnneɛ a ɛdi ɛkan a ɛboro animuonyam ne tumi so.
रूबेन, तँ मेरो जेठो छोरो होस्, मेरो शक्ति र मेरो बलको सुरु, गौरव र शक्तिमा उत्कृष्‍ट ।
4 Woyɛ kirikiri sɛ asorɔkye, nanso worenkɔ so bio, ɛfiri sɛ, woforoo wʼagya mpa ne ne yere kɔdaeɛ, de guu mʼanim ase.
बग्‍ने पानीजस्‍तो चञ्‍चल, तेरो प्रतिष्‍ठा रहनेछैन, किनभने तँ तेरा बुबाको ओछ्यानमा चढिस् । अनि त्यसलाई अशुद्ध पारिस्‌; तँ मेरो पलङ्गमा चढ़िस्‌ ।
5 “Simeon ne Lewi yɛ anuanom. Wɔgyina hɔ ma basabasayɛ ne nsisie.
शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् ।
6 Mma me nkɔka wɔn agyinatuo ho, ɛfiri sɛ, wɔnam wɔn abufuo so akunkum nnipa, na wɔkunkumm anantwie de gyee wɔn ani.
ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌ ।
7 Nnome nka wɔn abufuo, ɛfiri sɛ, ano yɛ den, na ɛyɛ atirimuɔdensɛm! Ɛno enti, mɛbɔ wɔn asefoɔ ahwete Israelman mu nyinaa.
तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।
8 “Yuda, wo nuammarimanom bɛyi wo ayɛ. Wobɛsɛe wʼatamfoɔ nyinaa. Wʼagya mmammarima bɛkoto wo.
ए यहूदा, तेरा दाजुभाइहरूले तेरो प्रशंसा गर्नेछन् । तेरा हात तेरा शत्रुहरूका गर्दनमा हुनेछन् । तेरा बुबाका छोराहरू तेरो सामुन्‍ने निहुरिनेछन्‌ ।
9 Ao, Yuda, woyɛ gyata ba a woawe wʼatamfoɔ ɛnam awie. Wote sɛ gyata a wabutu. Hwan na ɔbɛtumi akɔka no?
यहूदा सिंहको डमरु हो । ए मेरो छोरो, तँ तेरो शिकारभन्दा उच्‍च भएको छस् । त्यो निहुरियो, सिंह र सिंहनीझैँ झुक्यो । कसले त्‍यसलाई उठाउने आँट गर्छ?
10 Ahempoma remfiri Yuda nsam, na saa ara nso na ahempoma remfiri ne nan ntam, kɔsi sɛ, deɛ ɛyɛ ne dea a aman nyinaa bɛtie no no bɛba.
यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । जातिहरूले उहाँको आज्ञा मान्‍नेछन् ।
11 Ɔbɛsa nʼafunumu wɔ bobe dua mu. Ɔde nʼafunumu ba bɛsa bobe pa mman mu. Ɔbɛsi ne ntoma wɔ nsã mu, na wasi nʼatadeɛ nso wɔ bobesa kɔɔ mu.
त्‍यसको गधालाई दाखको बोटमा, र गधाको बछेड़ोलाई चाहिँ उत्तम जातको हाँगामा बाँधेर त्‍यसले आफ्‍ना लुगाहरू दाखमद्यमा, आफ्‍ना पोशाक अङ्‌गुरको रसमा धुनेछ ।
12 Nʼaniwa aba bɛbiri asene bobesa. Ne se bɛyɛ fitaa asene nufosuo.
त्‍यसका आँखा दाखमद्यजस्तै गाढा, र त्‍यसका दाँत दुधजस्ता सेता हुनेछन्‌ ।
13 “Sebulon bɛtena mpoano. Ɔbɛsisi ahyɛngyinabea ama ahyɛn. Nʼahyeɛ so bɛtrɛ akɔsi Sidon.
जबूलून समुद्रको किनारमा बस्‍नेछ । जहाजहरूका निम्‍ति त्‍यो बन्‍दरगाह हुनेछ, र त्‍यसको सिमाना सीदोनसम्‍म हुनेछ ।
14 “Isakar yɛ afunumu hoɔdenfoɔ a ɔbutu hɔ rehome wɔ nnwankuo mu.
इस्‍साखार दुई भारीहरूका बिचमा लेटिरहने बलियो गधा हो ।
15 Sɛ ɔhunu sɛdeɛ nʼahomegyebea yɛ fa a, ne sɛdeɛ nʼasase no so dwo a, ɔbɛkuntunu agye adesoa, na wapene so sɛ akoa ama ɔhyɛ adwuma.
जसले असल विश्रामको ठाउँ असल र रमाइलो देश देख्छ । त्‍यसले भारी बोक्‍नलाई आफ्‍नो काँध झुकाउनेछ, र काम गर्ने नोकर बन्‍नेछ ।
16 “Dan bɛbu ne manfoɔ atɛn sɛ Israel mmusuakuo no baako.
इस्राएलका कुलमध्‍ये एउटा कुल भएर दानले आफ्‍ना मानिसहरूको न्‍याय गर्नेछ ।
17 Dan bɛyɛ sɛ ɔtweaseɛ a ɔda kwankyɛn; ɔbɛyɛ sɛ ahuritia a ɔnam tempɔn mu a ɔka ɔpɔnkɔ nantin, sɛdeɛ ɛbɛma ne sotefoɔ ate ahwe nʼakyiri.
दान बाटोको छेउमा भएको एउटा सर्प, अर्थात् घोडाको कुर्कुच्‍चा डस्‍ने विषालु सर्प हुनेछ र त्‍यसको घोडचढी पछिल्‍तिर लोट्‌छ ।
18 “Ao, Awurade, wo nkwagyeɛ na meretwɛn.
हे परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षा गर्छु ।
19 “Nnipa bɔnefoɔ bɛto ahyɛ Gad so, na ɔno nso bɛti wɔn ato ahyɛ wɔn so.
गादमाथि आक्रमण गर्नेले त्यसलाई आक्रमण गर्नेछ, तर त्‍यसले तिनीहरूको कुर्कुच्‍चामा आक्रमण गर्नेछ ।
20 “Aser aduane a ɔdi no bɛyɛ aduane pa. Na ɔbɛma ahennuane a ɛyɛ akɔnnɔ.
आशेरको अनाज प्रशस्त हुनेछ, र त्‍यसले राजकीय खाना उपलब्ध गराउनेछ ।
21 “Naftali te sɛ ɔforoteɛ a wɔagyaa no a ɔwo mma ahoɔfɛfoɔ.
नप्‍ताली सुन्दर पाठापाठी पाउने फुकाइएकी मुडुली-मृग हो ।
22 “Yosef yɛ ngo dua a ɛso aba, a ɛsi asutene ho, na ne mman tra afasuo.
योसेफ एउटा फलवन्त लहरा हो, पानीको मूलनेर भएको फल दिने लहरा, जसका हाँगाहरू पर्खालमाथि फैलिन्‍छन्‌ ।
23 Agyantofoɔ kaa no hyɛeɛ, de abufuo to hyɛɛ ne so.
धनुर्धारीहरूले त्‍यसलाई आक्रमण गर्नेछन् र त्‍यसमाथि काँड चलाउनेछन्, र त्यसलाई सताउनेछन् ।
24 Nanso, ne bɛma no gyinaa pintinn, na ne basa mu yɛɛ den; esiane Otumfoɔ Onyankopɔn a Yakob somm no no a ɔyɛ odwanhwɛfoɔ ne Israel botantim no;
तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।
25 esiane Onyankopɔn a wʼagya somm no a ɔboa wo no; Otumfoɔ a ɔde ɔsoro nhyira bɛhyira wo; nhyira a ɛfiri asase ase pɛɛ; nhyira a ɛfiri nufoɔ ne yafunu mu no.
तेरा बुबाका परमेश्‍वरले तँलाई सहायता गर्नुहुन्‍छ, र सर्वशक्तिमान् परमेश्‍वरले माथि स्‍वर्गका आशिष्‌हरू, तल अगाधका आशिष्‌हरू, अनि स्‍तन र गर्भका आशिष्‌हरूले आशिषित्् तुल्याउनुहुनेछ ।
26 Wʼagya nhyira a wɔahyira no no bɛdɔɔso asene tete ntredee mmepɔ ne nkokoɔ a ɛtintim hɔ daa no so nnɔbaeɛ. Yeinom nyinaa mmra Yosef a ɔda mu fua a wɔpaa no firii ne nuanom mu no so.
तेरा बुबाका आशीर्वादहरू प्राचीन पहाडहरूका आशीर्वादभन्‍दा महान् छन् वा प्राचीन डाँडाहरूका वाञ्छनीय कुरा हुन्छन् । ती सबै योसेफको शिरमा होऊन्, त्‍यसका दाजुभाइहरूमध्‍येका प्रधानको शिरमा पनि ।
27 “Benyamin yɛ pataku a ɔyɛ nam; ɔbɔ aporɔ anɔpa, kye nʼahaboa we, na ɛduru anwummerɛ a, ɔkyekyɛ ɛnam nkaeɛ no.”
बेन्‍यामीन एउटा भोको ब्‍वाँसो हो । बिहान त्यसले शिकार खान्‍छ, र बेलुकीचाहिँ त्‍यसले लुट बाँड्छ ।
28 Yei ne nhyira a Israel mmusuakuo dumienu no agya de hyiraa wɔn; obiara ne sɛdeɛ ɛfata no.
यी इस्राएलका बाह्र कुल हुन्‌ । आफ्‍ना बुबाले तिनीहरूलाई आशीर्वाद दिँदा भनेका कुरा यही हो । प्रत्‍येकलाई तिनले सुहाउँदो आशीर्वाद दिए ।
29 Yakob rebɛwuo no, ɔka kyerɛɛ wɔn hyɛɛ wɔn sɛ, “Aka kakraa bi, na wɔrebɛfa me akɔka me mpanimfoɔ ho. Sɛ mewu a, monsie me wɔ ɔboda a ɛwɔ Hetini Efron afuo a wɔsiee me mpanimfoɔ mu no mu.
तब तिनले तिनीहरूलाई यो आज्ञा दिएर यसो भने “म त मेरा मानिसहरूकहाँ मिल्‍न जान लागेको छु । हित्ती एप्रोनको खेतमा भएको ओडारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड,
30 Ɛno ne ɔboda ne afuo a ɛwɔ Makpela, a ɛbɛn Mamrɛ a ɛwɔ Kanaan asase so no. Abraham tɔɔ saa ɔboda no firii Hetini Efron nkyɛn, de yɛɛ amusieeɛ.
अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए ।
31 Saa ɔboda no mu na wɔsiee Abraham ne ne yere Sara. Ɛhɔ ara nso na wɔsiee Isak ne ne yere Rebeka, na mesiee Lea nso.
उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई त्यहीँ गाडे । त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाडे । त्‍यहीँ नै मैले लेआलाई गाडेँ ।
32 Me nana Abraham tɔɔ afuo no ne ɔboda a ɛka ho no nyinaa firii Hetifoɔ no nkyɛn.”
त्‍यो खेत र त्‍यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।”
33 Ɛberɛ a Yakob kasa kyerɛɛ ne mma no wieeɛ no, ɔmaa ne nan so guu ne mpa so wuiɛ. Wɔkɔsiee no wɔ ne mpanimfoɔ nkyɛn.
छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

< 1 Mose 49 >