< Hesekiel 11 >
1 Afei, honhom no pagyaa me de me baa Awurade efie ɛpono a ani kyerɛ apueeɛ fam no ano. Na mmarima aduonu enum wɔ hɔ, na mehunuu Asur babarima Yaasania ne Benaia babarima Pelatia a wɔyɛ nnipa no ntuanofoɔ.
तब आत्माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्यहाँ ढोकाको मुखैमा पच्चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याहलाई देखें ।
2 Awurade ka kyerɛɛ me sɛ, “Onipa ba, yeinom ne mmarima a wɔrebɔ pɔ bɔne na wɔtu fo bɔne wɔ kuropɔn yi mu.
परमेश्वरले मलाई भन्नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्ट्याइँ गर्न षड्यन्त्र रच्ने र दुष्ट योजना बनाउने मानिसहरू यी नै हुन् ।
3 Wɔka sɛ, ‘Ɛberɛ a wɔde sisi afie nnuru so anaa? Kuropɔn no ayɛ sɛ dadesɛn, ɛnna yɛayɛ ɛnam a dadesɛn no bɔ yɛn ho ban.’
तिनीहरू भन्दैछन्, 'घरहरू निर्माण गर्ने समय अहिले होइन । यो सहर भाँडो हो र हामीहरू मासु हौं ।’
4 Ɛno enti hyɛ nkɔm tia wɔn. Hyɛ nkɔm onipa ba.”
यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”
5 Afei, Awurade Honhom baa me so na ɔka kyerɛɛ me sɛ menka nkyerɛ Israelfoɔ sɛ, “Yei ne deɛ Awurade seɛ. Menim deɛ moreka, ɛfiri sɛ menim nsusuiɛ a ɛwɔ mo adwene mu.
तब परमप्रभुका आत्मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्न लाउनुभयोः “परमप्रभु यसो भन्नुहुन्छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ । किनकि तिमीहरूका मनमा के आउँछ भन्ने मलाई थाहा छ ।
6 Moakunkum nnipa bebree wɔ kuropɔn yi mu, na mode afunu ahyɛ ne mmɔntene so ma.
तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्यालाई वद्धि गरेका छौ, र यसका गल्लीहरू तिनीहरूले भरेका छौ ।
7 “Ɛno enti, yei ne deɛ Otumfoɔ Awurade seɛ: Kuro no yɛ dadesɛn deɛ, nanso emu ɛnam no yɛ nnipa a mode atirimuɔden akunkum wɔn apete hɔ. Ɛno enti, mɛpam mo afiri mu.
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो । तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ ।
8 Mosuro akofena, na ɛno ara na mede bɛba mo so, sei na Awurade seɛ.
तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु । यो परमप्रभु परमेश्वरको घोषणा हो ।
9 Mɛpam mo afiri kuropɔn no mu na mede mo ahyɛ ananafoɔ nsa, na matwe mo aso.
म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।
10 Mobɛtotɔ akofena ano, na mɛbu mu atɛn wɔ Israel asase so. Afei, mobɛhunu sɛ mene Awurade no.
तिमीहरू तरवारले ढल्नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
11 Saa kuropɔn yi remmɔ mo ho ban sɛdeɛ dadesɛn bɔ ɛnam a ɛwɔ mu no ho ban; Mɛbu mo atɛn wɔ Israel asase so.
यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्यसको बिचमा तिमीहरू मासु नै हुनेछौ । तिमीहरूको न्याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु ।
12 Na mobɛhunu sɛ mene Awurade no, ɛfiri sɛ, moanni mʼahyɛdeɛ so, moapo me mmara, na deɛ aman a atwa mo ahyia no yɛ no na mo nso moyɛ.”
तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।”
13 Afei ɛberɛ a megu rehyɛ nkɔm no, Benaia babarima Pelatia wuiɛ. Na mede mʼanim butuu fam suu denden sɛ, “Aa Otumfoɔ Awurade, wobɛtɔre Israel nkaeɛfoɔ yi ase koraa anaa?”
जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्याह मरे । तब म घोप्टो परें र चर्को सोरमा कराएँ र यसो भनें, “हाय, परमप्रभु परमेश्वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्पूर्ण रूपले सर्वनाश गर्नुहुन्छ?”
14 Awurade asɛm baa me nkyɛn sɛ,
त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
15 “Onipa ba, wo nua mmarimma, wɔn a wo ne wɔn yɛ mogya baako ne Israel efie nyinaa, nnipa a wɔwɔ Yerusalem kasa fa wɔn ho sɛ, ‘Saa nkurɔfoɔ a wɔkɔɔ nnommum no ne Awurade ntam ɛkwan ware, ɛno enti na wɔde wɔn asase yi ama yɛn sɛ yɛn agyapadeɛ.’”
“ए मानिसको छोरो, तेरा दाजुभाइ! तेरा दाजुभाइ! जो तेरा कुलका र इस्राएलका सारा घराना! यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्दाहरूले यसो भनेका थिए, 'यिनीहरू परमप्रभुदेखि टाढा भएका छन् । यो देश हामीलाई अधिकार गर्न दिइएको थियो ।’
16 “Ɛno enti ka sɛ, ‘Sei na Otumfoɔ Awurade seɛ: Ɛwom sɛ mede wɔn kɔɔ akyirikyiri wɔ amanaman mu, hwetee wɔn guu nsase so deɛ, nanso berɛ tiawa bi mu no, meyɛɛ wɔn kronkronbea wɔ nsase a na wɔwɔ soɔ no so.’
यसकारण यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्ति म तिनीहरूको पवित्रस्थान भएको छु ।’
17 “Enti ka kyerɛ wɔn sɛ, ‘Sei na Otumfoɔ Awurade seɛ: Mɛboaboa mo ano afiri amanaman no ne nsase a mehwetee mo guu soɔ no asane aba, na mede Israel asase bɛsane ama mo.’
यसकारण भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूलाई म मानिसहरूबाट जम्मा गर्नेछु, र तिमीहरू तितरबितर भएका देशहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु र म तिमीहरूलाई इस्राएलको देश दिनेछु ।’
18 “Wɔbɛsane aba so na wɔayiyi nsɛsodeɛ tantane ne ahoni a ɛyɛ akyiwadeɛ no nyinaa.
तब तिनीहरू त्यहाँ जानेछन् र त्यो ठाउँबाट हरेक घृणित र घिनलाग्दा कुराहरू हटाउनेछन् ।
19 Mɛma wɔn akoma korɔ na mede honhom foforɔ ahyɛ wɔn mu; mɛyi wɔn akomaden no na mama wɔn akoma a ɛyɛ mmrɛ.
म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिनीहरूमा म एउटा नयाँ आत्मा हालिदिनेछु । म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु,
20 Afei wɔbɛdi mʼahyɛdeɛ so na wɔahwɛ akora me mmara yie. Wɔbɛyɛ me nkurɔfoɔ, na mayɛ wɔn Onyankopɔn.
ताकि तिनीहरू मेरा विधिहरूमा चल्नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु ।
21 Nanso wɔn a wɔde wɔn akoma ama nsɛsodeɛ tantane ne ahoni a ɛyɛ akyiwadeɛ no deɛ, mɛma deɛ wɔayɛ no abɔ wɔn tiri so, sei na Otumfoɔ Awurade seɛ.”
तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
22 Afei, Kerubim no ne wɔn ntwahonan trɛtrɛɛ wɔn ntaban mu, na Israel Onyankopɔn animuonyam konkɔnn wɔn so.
ती करूबहरूले आफ्ना पखेटा र आफ्ना छेउमा भएका पाङ्ग्राहरू माथि उचाले र इस्राएलका परमेश्वरको महिमा तिनीहरूका माथि थियो ।
23 Awurade animuonyam pagyaa ne ho firii kuropɔn no mu kɔgyinaa bepɔ a ɛwɔ apueeɛ fam no atifi.
तब सहरको बिचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो ।
24 Honhom no pagyaa me de me baa atukɔfoɔ a wɔwɔ Babilonia no nkyɛn wɔ anisoadehunu a Onyankopɔn Honhom maa me no mu. Afei anisoadeɛ a mehunuiɛ no firii me so kɔɔ soro.
आत्माले मलाई माथि उठाउनुभयो र परमेश्वरका आत्माद्वारा दिइएको दर्शनमा कल्दीमा निर्वासित भएकाहरूकहाँ ल्याउनुभयो । तब मैले देखेको त्यो दर्शन मबाट मास्तिर गइहाल्यो ।
25 Na mekaa biribiara a Awurade yi kyerɛɛ me no kyerɛɛ atukɔfoɔ no.
तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।