< Ɔsɛnkafoɔ 6 >

1 Mahunu bɔne foforɔ bi wɔ owia yi ase a ɛhyɛ nnipa so yie:
मैले सूर्यमूनि एउटा खराबी देखेको छु, र यसले मानिसहरूलाई सार्‍है थिचेको छ ।
2 Onyankopɔn ma onipa ahonyadeɛ, adenya ne animuonyam sɛdeɛ biribiara a nʼakoma pɛ no ɛmmɔ no, nanso Onyankopɔn amma no kwan sɛ ɔmfa nnye nʼani, na ɔhɔhoɔ mmom na ɔde gye nʼani. Yei yɛ ahuhudeɛ, ɔhaw a ɛyɛ yea.
मानिसले इच्छा गरेको कुनै पनि कुरो कमी नहोस् भनेरे परमेश्‍वरले उसलाई धन-सम्पत्ति, जग्गा-जमिन र मान-सम्मान दिनुहोला, तर त्यसपछि परमेश्‍वरले उसलाई त्यसको उपभोग गर्ने कुनै खुबी दिनुहुन्‍न । बरु त्यसको थोकहरू अरू कसैले उपभोग गर्दछ । यो बाफ र खराब पीडा हो ।
3 Onipa bɛtumi anya mma ɔha na wanyini akyɛre; nanso ne mfeɛ dodoɔ yi akyi no, nʼahonya no amma nʼani annye, na ne sie nso anyɛ fɛ a, ɔpɔn ba ho wɔ mfasoɔ sene no.
कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्‍ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्‍चा उत्तम हो ।
4 Ne ba no yɛ adehunu, esum mu na ɔkorɔ, na esum akata ne din so.
यस्तो बच्‍चा व्यर्थमा जन्मन्छ र अन्धकारमा लोप हुन्छ, अनि त्यसको नाउँ लुकेको अवस्थामा रहन्छ ।
5 Ɛwom sɛ wanhunu owia na ɔnnim hwee deɛ, nanso ɔbɛnya ahomegyeɛ bebree sene deɛ saa ɔbarima no bɛnya.
त्यस बच्‍चाले घामलाई नदेखे तापनि र कुनै कुरा नजाने तापनि त्यस मानिसले भन्दा यसको विश्राम असल हुन्छ ।
6 Mpo sɛ ɔtena ase mfeɛ apem mmɔho na wammfa nʼahonyadeɛ annye nʼani a, wɔn nyinaa nkɔ faako anaa?
मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।
7 Onipa brɛ nyinaa yɛ nʼano ntia, nanso nʼakɔnnɔdeɛ mmee no da.
मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्‍ट हुँदैन ।
8 Na ɛdeɛn na onyansafoɔ wɔ de sene ɔkwasea? Sɛ ohiani yɛ nʼakwan yie wɔ afoforɔ anim a mfasoɔ bɛn na ɔbɛnya?
वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्‍ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?
9 Deɛ aniwa hunu no yɛ sene deɛ akɔnnɔ kyini hwehwɛ. Yei nso yɛ ahuhudeɛ. Ɛte sɛ wotaa mframa.
भौँतारिहिँड्ने भोकको लालसाले गर्ने इच्छाभन्दा आँखाले जे देख्छ, त्यसबाट सन्तुष्‍ट हुनु उत्तम हुन्छ । यो पनि बाफ र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।
10 Deɛ ɛwɔ hɔ biara, wɔato edin dada, na sɛdeɛ onipa teɛ nso, wɔnim dada; onipa biara rentumi ne deɛ ɔwɔ ahoɔden sene noɔ nnye yei ho akyinnyeɛ.
जे अस्तित्वमा रहेको छ, त्यसको पहिले नै नाउँ राखिएको छ, र मानव-जाति के हो भनी पहिले नै जानिएको छ । सबैका शक्तिशाली न्यायाधीशसित बहस गर्नु अर्थहीन भएको छ ।
11 Nsɛm dɔɔso a, emu aba yɛ kakraa bi, na ɛho wɔ mfasoɔ ma onipa anaa?
जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
12 Na hwan na ɔnim deɛ ɛyɛ ma onipa wɔ ne nkwanna kakra bi a ɛyɛ ahuhudeɛ na ɔfa mu kɔ sɛ sunsumma no? Hwan na ɔbɛtumi aka deɛ ɛbɛsi wɔ owia yi ase akyerɛ no ɛberɛ a ɔkorɔ no.
किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्‍न सक्छ र?

< Ɔsɛnkafoɔ 6 >