< 5 Mose 7 >
1 Sɛ Awurade mo Onyankopɔn de mo ba asase a morebɛkɔ akɔtena so no so a, ɔbɛpam amanaman pii a wɔwɔ mo anim no a wɔyɛ Hetifoɔ, Girgasifoɔ, Amorifoɔ, Kanaanfoɔ, Perisifoɔ, Hewifoɔ ne Yebusifoɔ. Yeinom yɛ aman nson a wɔsoso na wɔyɛ den sen mo.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा उहाँले तिमीहरूकै सामु तिमीहरूभन्दा महान् र शक्तिशाली सात जाति हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनुहुने छ ।
2 Sɛ Awurade mo Onyankopɔn de saa aman yi hyɛ mo nsa na modi wɔn so a, monsɛe wɔn pasapasa. Mo ne wɔn nnhyehyɛ apam biara na monnhunu wɔn mmɔbɔ.
तिमीहरूले तिनीहरूलाई पराजित गर्दा परमप्रभु तिमीहरूका परमेश्वरले नै तिनीहरूलाई तिमीहरूकहाँ सुम्पिदिनुहुने छ र तिमीहरूले तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नू । तिनीहरूसित कुनै करार नबाँध्नू, र तिनीहरूलाई कृपा नदेखाउनू ।
3 Mo ne wɔn nni awadeɛ na mommma mo mmammaa ne mo mmammarima nnware wɔn mmammarima ne wɔn mmammaa.
तिनीहरूसित विवाहको कुनै बन्दोवस्त नमिलाउनू । तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, र आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरू नलिनू ।
4 Ɛfiri sɛ, wɔakɔsom wɔn anyame foforɔ. Na Awurade abufuo bɛhuru atia mo na wasɛe mo.
किनकि तिनीहरूले तिमीहरूका छोराहरूले अरू देवी-देवताहरूलाई पुजून् भनेर मलाई पछ्याउनबाट तिनीहरूलाई तर्काउने छन् । त्यसैले परमप्रभुको क्रोध तिमीहरूको विरुद्धमा दन्कने छ, र उहाँले तत्काल तिमीहरूलाई नष्ट गर्नुहुने छ ।
5 Deɛ ɛsɛ sɛ moyɛ wɔn ne sɛ, mommubu wɔn afɔrebukyia na monnwiri wɔn abosom adum no ngu. Montwitwa wɔn abosompɔ ngu na monhye wɔn ahoni.
तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू ।
6 Na moyɛ nnipa kronkron a moyɛ Awurade mo Onyankopɔn dea. Nnipa a wɔwɔ asase so nyinaa, mo na Awurade mo Onyankopɔn ayi mo sɛ nʼagyapadeɛ sononko.
किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति अलग गरिएका जाति हौ । उहाँले तिमीहरूलाई पृथ्वीको धरातलमा भएका अन्य कुनै पनि जातिहरूभन्दा उहाँको जातिको रूपमा अधिकार हुन चुन्नुभएको छ ।
7 Ɛnyɛ sɛ modɔɔso sene nnipa a aka no enti na Awurade anya mo ho dɔ no, na mo na mosua koraa wɔ nnipa no nyinaa mu.
अरू जातिहरूभन्दा तिमीहरू सङ्ख्यामा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम देखाउनुभएको होइन वा चुन्नुभएको होइन किनकि तिमीहरू सबै जातिभन्दा सङ्ख्यामा थोरै छौ ।
8 Na mmom, ɛyɛ Awurade dɔ a ɔdɔ mo, ne ne ntam a ɔdii so no: ntam a ɔka kyerɛɛ mo agyanom sɛ ɔde ne nsa a tumi wɔ mu no bɛyi mo afiri nkoasom asase so ne Misraimhene Farao tumi ase no.
तर उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने भएकोले र उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित खानुभएको शपथ पुरा गर्ने इच्छा गर्नुभएकोले तिमीहरूलाई चुन्नुभएको हो ।
9 Monhunu sɛ Awurade mo Onyankopɔn yɛ Onyankopɔn; ɔyɛ nokorɛ Onyankopɔn a ɔdi ne dɔ apam so kɔsi awoɔ ntoatoasoɔ apem a wɔdɔ no na wɔdi nʼahyɛdeɛ so.
त्यसकारण, परमप्रभुले तिमीहरूलाई शक्तिशाली हातले बाहिर ल्याउनुभएको छ, र दासत्वको घर अर्थात् मिश्रका राजा फारोको हातबाट छुटकारा दिलाउनुभएको छ । तसर्थ, परमप्रभु तिमीहरूका परमेश्वर नै विश्वासयोग्य परमेश्वर हुनुहुन्छ जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू मान्ने हजारौँ पुस्तासम्म आफ्ना करार पुरा गर्नुहुन्छ र विश्वासयोग्य हुनुहुन्छ भनी जान ।
10 Nanso, ɔntwentwɛn na ɔsɛe. Ɔtwe wɔn a wɔmpɛ nʼasɛm aso, sɛe wɔn.
तर उहाँको अवहेलना गर्नेहरूलाई उहाँले बदला लिनुहुने छ वा तिनीहरूलाई नष्ट गर्नुहुने छ । उहाँको अवहेलना गर्नेहरू जोकसैप्रति पनि उहाँ सहनशील हुनुहुन्न । उहाँले त्यसको बदला लिनुहुने छ ।
11 Ɛno enti, monni ahyɛdeɛ ne mmara a mede rema mo ɛnnɛ yi nyinaa so.
त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।
12 Sɛ motie mmara yi na modi ne nyinaa so nokorɛm a, Awurade, mo Onyankopɔn, nso bɛdi nʼapam a ɔfiri ne nokorɛ dɔ mu ne mo agyanom pameeɛ no so.
तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्नुभएको करार र विश्वसनियता उहाँले पुरा गर्नुहुने छ ।
13 Ɔbɛdɔ mo na wahyira mo na wayɛ mo ɔman kɛseɛ. Ɔbɛma mo awo mma bebree na wama mo asase adɔre na mo nyɛmmoa ase ayɛ bebree. Sɛ moduru asase a ɔhyɛɛ ho bɔ sɛ ɔde bɛma mo agyanom no so a, mobɛnya aburoo, nsã, ngo, anantwie, nnwan ne mpɔnkye bebree.
उहाँले तिमीहरूलाई प्रेम गर्नुहुने छ; आशिष् दिनुहुने छ र गुणात्मक रूपमा वृद्धि गराउनुहुने छ । तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा उहाँले तिमीहरूको शरीरको फल, भूमिको फल, तिमीहरूको अन्न, तिमीहरूको नयाँ दाखमद्य, तिमीहरूको तेल, तिमीहरूको गाईवस्तु र तिमीहरूको बगाललाई वृद्धि गरी आशिष् दिनुहुने छ ।
14 Wɔbɛhyira mo aboro aman a wɔwɔ asase so nyinaa so. Mo mmarima renyɛ saadwe, na mo mmaa nso renyɛ abonini, na mo nyɛmmoa nso bɛwowo.
अरू सबै जातिभन्दा तिमीहरू सुखि हुने छौ । तिमीहरूका बिचमा कोही पनि निसन्तान हुने छैन, र तिमीहरूका गाईवस्तुमध्ये एउटै पनि बैला हुने छैन ।
15 Na Awurade bɛbɔ mo ho ban afiri yadeɛ nyinaa ho. Ɔremma owuyadeɛ a ebi bɔɔ mo wɔ Misraim no bi mmɔ mo, na ɔde saa yadeɛ no nyinaa bɛma mo atamfoɔ.
परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ ।
16 Monsɛe aman a Awurade mo Onyankopɔn de bɛhyɛ mo nsa no nyinaa. Monnhunu wɔn mmɔbɔ na monnsom wɔn anyame. Sɛ moyɛ saa a, ɛbɛsum mo afidie.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने सबै जातिलाई नष्ट गर्नू, र तिनीहरूलाई दया नदेखाउनू । तिनीहरूका देवी-देवताको पुजा नगर्नू किनकि त्यो तिमीहरूका निम्ति पासो हुने छ ।
17 Mobɛbisa mo ho sɛ, “Na sɛ saa aman yi yɛ den kyɛn yɛn a, ɛbɛyɛ dɛn na yɛatumi apamo wɔn?”
'यी जातिहरू सङ्ख्यामा हामीभन्दा धेरै भएकाले हामीले कसरी धपाउन सकौँला' भनी तिमीहरूले आफ्ना ह्रदयमा सोच्यौ भने पनि
18 Nanso, monnsuro wɔn. Monkae adeɛ a Awurade, mo Onyankopɔn, de yɛɛ Farao ne ne manfoɔ nyinaa wɔ Misraim.
तिनीहरूदेखि नडराओ । परमप्रभु तिमीहरूका परमेश्वरले फारो र सबै मिश्रीलाई के गर्नुभयो भनी तिमीहरूले याद राख्नू ।
19 Mode mo ankasa mo ani hunuu amanehunu, nsɛnkyerɛnneɛ a ɛyɛ hu ne anwanwasɛm a ɛbaa wɔn so. Mohunuu tumi nsa ne abasa a wɔatrɛ mu a Awurade, mo Onyankopɔn, nam so yii mo firii hɔ no. Nnipa a mosuro wɔn seesei no, Awurade Onyankopɔn de wɔn bɛfa saa ɛkwan korɔ no ara so.
भयानक दुःखकष्ट, चिन्ह, आश्चर्य, शक्तिशाली हात र फैलिएको पाखुरा जसद्वारा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुभयो, सो तिमीहरूका आँखाले देख्यौ । तिमीहरू डराएका ती सबै जातिलाई पनि परमप्रभु तिमीहरूका परमेश्वरले त्यसै गर्नुहुने छ ।
20 Ɛno akyi, Awurade, mo Onyankopɔn, bɛma mmɔborɔ abɛpam kakra a aka no afiri wɔn atɛeɛ mu kɔsi sɛ wɔn ase bɛhye.
यसबाहेक, परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरू बाँकी रहुञ्जेलसम्म र तिमीहरूको उपस्थितिबाट नष्ट नहोस् भनी तिनीहरू लुकेसम्म तिनीहरूका बिचमा अरिङ्गाल पठाउनुहुने छ ।
21 Monnsuro saa aman no, ɛfiri sɛ, Awurade, mo Onyankopɔn, a ɔso na ne ho yɛ nwanwa no wɔ mo afa.
तिनीहरूदेखि नडराओ किनकि परमप्रभु परमेश्वर तिमीहरूका बिचमा हुनुहुन्छ जो महान् र भययोग्य हुनुहुन्छ ।
22 Nkakrankakra, Awurade, mo Onyankopɔn, bɛpamo saa aman no adi mo anim ɛkan. Ɔrenyi wɔn nyinaa mfiri hɔ prɛko pɛ; anyɛ saa a, nkekaboa no ase bɛdɔre ntɛm na wɔaba mo so.
परमप्रभु परमेश्वरले तिमीहरूकै सामुन्ने तिनीहरूलाई अलिअलि गरेर धपाउनुहुने छ । तिमीहरूले तिनीहरूलाई एकै चोटि पराजित गर्ने छैनौ नत्रता जङ्गली जनावरहरू तिमीहरूका बिचमा धेरै हुने छन् ।
23 Nanso, Awurade, mo Onyankopɔn de wɔn bɛhyɛ mo nsa, na ɔbɛma wɔn adwene ayɛ basabasa kɔsi sɛ ɔbɛsɛe wɔn.
तर तिमीहरू तिनीहरूसित युद्ध गर्न जाँदा परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूमाथि तिमीहरूलाई विजयी तुल्याउनुहुने छ ।
24 Ɔde wɔn ahemfo bɛhyɛ mo nsa na mobɛpepa wɔn din afiri ɔsoro ase. Obiara rentumi nsɔre ntia mo; mobɛsɛe wɔn.
उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूको शक्तिमुनि ल्याउनुहुने छ र तिमीहरूले आकाशमुनि तिनीहरूका नाउँ मेटिदिने छौ । तिनीहरूलाई नष्ट नगरुञ्जेलसम्म कोही पनि तिमीहरूका सामु खडा हुन सक्दैन ।
25 Wɔn anyame ahoni no, momfa ogya nhye wɔn. Mommma mo ani mmere ɛso dwetɛ anaa sikakɔkɔɔ no, na mommfa nto mo ho na anyɛ afidie anyi mo, ɛfiri sɛ, ɛyɛ Awurade, mo Onyankopɔn, akyiwadeɛ.
खोपेर बनाइएका तिनीहरूका देवी-देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू । तिनलाई ढाक्ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्नू । तिमीहरूले त्यसो गर्यौ भने तिमीहरू त्यसद्वारा पासोमा पर्ने छौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति घृणित कुरो हो ।
26 Mommfa akyiwadeɛ biara mma mo fie, na moankɔyɛ nnome sɛ saa nneɛma no, na amma wɔansɛe mo. Ɛsɛ sɛ mokyi saa nneɛma no korakora, ɛfiri sɛ, ɛyɛ abusudeɛ.
तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू । त्यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।