< 5 Mose 6 >
1 Yeinom ne ahyɛdeɛ, mmara ne nhyehyɛeɛ a Awurade mo Onyankopɔn ka kyerɛɛ me sɛ menkyerɛ mo na monni so wɔ asase a moretwa Yordan akɔtena so no,
अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।
2 sɛdeɛ ɛbɛyɛ a mo, mo mma ne wɔn mma bɛsuro Awurade mo Onyankopɔn mmerɛ dodoɔ a mote ase. Sɛ modi ne mmara ne nʼahyɛdeɛ nyinaa so a, mo nkwa nna bɛware.
तिमीहरूको आयु लामो होस् भनेर तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका नातिनातिनाहरूले जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नू र उहाँका सबै विधान र आज्ञा मान्नू ।
3 Montie, Ao Israel, na monhwɛ yie nni so sɛdeɛ ɛbɛyɛ a, ɛbɛsi mo yie na mo ase atrɛ yie wɔ asase a nufosuo ne ɛwoɔ resene wɔ so sɛdeɛ Awurade, mo agyanom Onyankopɔn, hyɛɛ mo ho bɔ no.
त्यसकारण, हे इस्राएल हो, तिनलाई सुन र पालन गर ताकि परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएको दूध र मह बग्ने देशमा तिमीहरूको भलो होस् र तिमीहरू गुणात्मक रूपमा वृद्धि हुन सक ।
4 Tie, Ao Israel, Awurade yɛn Onyankopɔn yɛ Awurade koro.
हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ ।
5 Dɔ Awurade wo Onyankopɔn firi wʼakoma mu nyinaa ne wo kra nyinaa mu ne wʼahoɔden nyinaa mu.
तिमीहरूले पमरप्रभु तिमीहरूका परमेश्वरलाई आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले प्रेम गर्नू ।
6 Momma saa mmaransɛm a mede rema wo ɛnnɛ yi ntena mo akoma mu.
आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू तिमीहरूका हृदयमा राख ।
7 Momfa nhyɛ mo mma mu. Sɛ mowɔ fie anaa monam ɛkwan so, sɛ moda hɔ anaa mosɔre anɔpa a, monkyerɛkyerɛ wɔn.
अनि तिमीहरूले आफ्ना छोराछोरीहरूलाई ती मेहनतसाथ सिकाउनू । तिमीहरू आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा तिमीहरूले तिनकै चर्चा गर्नू ।
8 Monkyekyere no sɛ agyinahyɛdeɛ mmɔ mo nsa na momfa bi mmɔ abotire.
तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् ।
9 Montwerɛ ngu mo fie aponnwa ne mo aboboanopono ho.
तिमीहरूले तिमीहरूका घरका चौकोस र ढोकाहरूमा ती लेख्नू ।
10 Ɛrenkyɛre biara, Awurade mo Onyankopɔn de mo bɛba asase a ɔkaa ntam sɛ ɔde bɛma mo agyanom Abraham, Isak ne Yakob no. Ɛyɛ asase a animuonyam nkuropɔn a ɛnyɛ mo na mokyekyereeɛ ahyɛ so ma.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला
11 Wɔde nneɛma pa a ɛnyɛ mo na moyɛeɛ bɛhyɛ no ma. Mobɛto nsuo afiri abura a ɛnyɛ mo na motuiɛ mu, na mobɛdidi afiri turo a ɛnyɛ mo na moyɛeɛ mu ne ngo nnua a ɛnyɛ mo na moduaeɛ. Sɛ modidi mee wɔ saa asase yi so wie a,
र ज्यादै राम्रा-राम्रा सहरहरू भएको देशमा ल्याउनुहुँदा जहाँ तिमीहरूले नबनाएका सबै किसिमका असल थोकहरूले घरहरू भरिपूर्ण हुने छन्, तिमीहरूले नखनेका इनारहरू हुने छन् र तिमीहरूले नरोपेका दाखबारी र जैतूनका रुखहरू हुने छन्, ती तिमीहरूले खाने छौ र तृप्त हुने छौ,
12 monhwɛ yie na mo werɛ amfiri Awurade a ɔgyee mo firii nkoasom mu Misraim asase so no.
तब तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट ल्याउनुहुने परमप्रभुलाई नबिर्सन होसियार होओ ।
13 Ɛsɛ sɛ mosuro Awurade, mo Onyankopɔn, na mosom ɔno nko ara. Ne din nko ara na momfa nka ntam.
परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू ।
14 Monnni anyame foforɔ akyi—anyame a wɔyɛ nnipa a wɔatwa mo ho ahyia no dea;
तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका देवी-देवताहरूको पछि नलाग्नू,
15 na Awurade mo Onyankopɔn a ɔwɔ mo ntam no yɛ Onyankopɔn ninkunfoɔ a nʼabufuhyeɛ no bɛhye mo na ɔbɛsɛe mo afiri asase so.
किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्ट पार्नुहुने छ ।
16 Monnsɔ Awurade, mo Onyankopɔn, nhwɛ sɛdeɛ moyɛeɛ ɛberɛ a na mowɔ Masa no.
मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर्नू ।
17 Ɛsɛ sɛ modi Awurade mo Onyankopɔn ahyɛdeɛ so pɛpɛɛpɛ—monni mmara no mu nsɛm nyinaa so sɛdeɛ ɔde ama mo no.
तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।
18 Monyɛ deɛ ɛtene na ɛyɛ wɔ Awurade ani so na biribiara awie mo yie. Na moakɔ akɔtena asase pa a Awurade hyɛɛ ho bɔ kyerɛɛ mo agyanom no.
तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,
19 Mobɛpam atamfoɔ a wɔte mo asase no so nyinaa sɛdeɛ Awurade ka kyerɛɛ mo sɛ ɔbɛyɛ no.
अनि परमप्रभुले भन्नुभएझैँ तिमीहरूले तिमीहरूका सबै शत्रुहरूलाई धपाउन सक ।
20 Daakye bi, mo mma bɛbisa mo sɛ, “Saa mmara ne nʼahyɛdeɛ a Awurade, yɛn Onyankopɔn de ama yɛn yi aseɛ ne sɛn?”
भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन्?' भनी सोध्दा
21 Monka nkyerɛ wɔn sɛ “Na yɛyɛ Farao nkoa wɔ Misraim, nanso Awurade nam anwanwatumi so yii yɛn firii Misraim.
तिमीले आफ्नो छोरोलाई भन्नू, 'हामी मिश्रमा फारोका कमाराहरू थियौँ । परमप्रभुले हामीलाई शक्तिशाली हातद्वारा मिश्रबाट ल्याउनुभयो,
22 Yɛhunuu Awurade nsɛnkyerɛnneɛ nnwuma a ɔyɛ tiaa Misraim, Farao ne ne nkurɔfoɔ nyinaa.
र उहाँले हाम्रा आँखाकै सामु मिश्रमा फारो र तिनका सबै घरानामाथि महान् र डरलाग्दा चिन्हसाथै आश्चर्यहरू देखाउनुभयो ।
23 Ɔyii yɛn firii Misraim sɛdeɛ ɛbɛyɛ a, ɔbɛtumi de asase a wahyɛ yɛn agyanom ho bɔ no ama yɛn.
उहाँले हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो ताकि हाम्रा पुर्खाहरूसित शपथ खानुभएको देशभित्र उहाँले हामीलाई ल्याउन सक्नुभएको होस् ।
24 Na Awurade yɛn Onyankopɔn hyɛɛ yɛn sɛ yɛnni mmara no nyinaa so na yɛmfa obuo ne anidie mma no sɛdeɛ ɛbɛma daakye asi yɛn yie sɛdeɛ ɛte ɛnnɛ yi.
परमप्रभुले सधैँ यी सबै विधिविधान मान्न, हाम्रो भलाइको लागि परमप्रभु हाम्रा परमेश्वरको भय मान्न हामीलाई आज्ञा दिनुभएको छ ताकि आजजस्तै उहाँले हामीलाई जीवित राख्नुभएको होस् ।
25 Ɛfiri sɛ, sɛ yɛdi mmara no nyinaa a Awurade, yɛn Onyankopɔn, de ama yɛn no so a, ɛbɛma yɛayɛ ateneneefoɔ.”
हामीले उहाँले हामीलाई आज्ञा गर्नुभएझैँ परमप्रभु हाम्रा परमेश्वरको सामु यी सबै आज्ञा मान्यौँ भने यो हाम्रो धार्मिकता हुने छ ।'