< 2 Ahemfo 17 >

1 Ela babarima Hosea hyɛɛ aseɛ dii ɔhene wɔ Israel no, na ɔhene Ahas nso adi ɔhene wɔ Yuda mfirinhyia dumienu. Ɔdii ɔhene wɔ Samaria mfeɛ nkron.
यहूदाका राजा आहाजको बाह्रौं वर्षमा एलाहका छोरा होशियाले राज्‍य सुरु गरे । तिनले सामरियामा बसेर इस्राएलमाथि नौ वर्ष राज्य गरे ।
2 Ɔyɛɛ bɔne wɔ Awurade ani so, nanso na ne bɔne no nnɔɔso sɛ Israel ahemfo a wɔdii adeɛ ansa na ɔrebɛdi adeɛ no.
परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन ।
3 Asiriahene Salmaneser kɔɔ ɔhene Hosea so, kɔdii ne so nkonim enti, ɔhyɛɛ Israel ma wɔtuaa apeatoɔ a emu yɛ duru maa Asiria.
अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गरे र उनी तिनका सेवक बने र तिनलाई कर तिरे ।
4 Afei, ɔhene Hosea bisaa mmoa firii Misraimhene a wɔfrɛ no So nkyɛn, sɛ ɔmmoa no na ɔntete ne ho mfiri Asiriahene tumi ase. Ɔbɔɔ pɔ tiaa Asiriahene. Ɛberɛ a Asiriahene hunuu ɛpɔ bɔne a wabɔ no, ɔkyeree no de no too afiase wɔ nʼatuateɛ ho.
त्यसपछि आफ्‍नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए । साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् । त्यसैले अश्शूरका राजाले तिनलाई बन्‍दी बनाए र झ्यालखानामा थुनेर राखे ।
5 Na Asiriahene ko faa asasetam no nyinaa, na ɔtuaa Samaria mfeɛ mmiɛnsa.
तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे, र सामरियामाथि आक्रमण गरे र यसलाई तिन वर्षसम्म घेराबन्दी गरे ।
6 Akyire yi, ɔhene Hosea ahennie mfeɛ nkron mu no, Samaria hwee ase, ma wɔtwaa Israelfoɔ asuo kɔɔ Asiria. Wɔbɔɔ wɔn atenaseɛ wɔ Halah nkuro wɔ asuo Habor a ɛwɔ Gosan a ɛfra Media nkuropɔn no mu no so.
होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे । तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले ।
7 Saa amanehunu yi baa Israelman so, ɛfiri sɛ, nnipa no somm anyame foforɔ, yɛɛ bɔne tia Awurade, wɔn Onyankopɔn a ɔyii wɔn firii wɔn nkoasom mu wɔ Misraim.
इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,
8 Wɔsuasuaa abosonsom aman nneyɛɛ a enti Awurade pamoo wɔn firii asase a ɛda wɔn anim no so, ne ɔsom a Israel ahemfo de aba no.
र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए ।
9 Na Israelfoɔ no nso nam esum ase, ayɛ nneɛma pii a na ɛnsɔ Awurade wɔn Onyankopɔn ani. Wɔsisii abosonnan maa wɔn ho wɔ wɔn nkuro nyinaa so, ɛfiri wɔn nkuro akɛseɛ a wɔatwa afasuo afa ho, kɔsi nkuraaseɛ.
इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए ।
10 Wɔsisii afadum kronkron ne Asera afɔrebukyia wɔ kokoɔ biara so ne dua biara a ɛyɛ frɔmm ase.
हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए ।
11 Wɔhyee nnuhwam wɔ asɔreeɛ hɔ, te sɛ deɛ aman a Awurade apamo wɔn afiri asase a ɛda wɔn anim no so no yɛeɛ pɛ. Enti, Israelfoɔ yɛɛ bɔne bebree hyɛɛ Awurade abufuo.
तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,
12 Aane, Awurade kɔkɔbɔ pɔtee ne ne ntimu no nyinaa akyi, wɔsomm ahoni.
तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।”
13 Awurade somaa nʼadiyifoɔ ne ademuhunufoɔ ntoatoasoɔ ma wɔkɔbɔɔ Israel ne Yuda kɔkɔ sɛ, “Monnane mfiri mo akwammɔne nyinaa ho. Monyɛ ɔsetie mma mʼahyɛdeɛ ne me mmara, deɛ mehyɛɛ mo agyanom sɛ wɔnni so no nyinaa, deɛ menam mʼasomfoɔ adiyifoɔ no so de maa mo no.”
तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”
14 Nanso, Israelfoɔ no antie. Na wɔyɛɛ asoɔden sɛ wɔn agyanom, na wɔannye Awurade, wɔn Onyankopɔn, anni.
तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए ।
15 Wɔpoo ne mmara ne nʼapam a ɔne wɔn agyanom yɛeɛ no. Na wɔamfa ne kɔkɔbɔ no anyɛ hwee. Wɔsomm abosomhuhuo, ma wɔdanee nnipa teta. Wɔhwɛɛ aman a atwa wɔn ho ahyia no nhwɛsoɔ so, nam so yɛɛ asoɔden maa Awurade nhyɛ a ɔhyɛɛ sɛ wɔnnsuasua wɔn no.
तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो ।
16 Wɔantie Awurade wɔn Onyankopɔn nhyɛ no nyinaa, na wɔyɛɛ nantwie mma mmienu ahoni a wɔaguo. Wɔsii Asera afɔrebukyia, somm Baal ne ewiem atumfoɔ nyinaa.
तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे ।
17 Na mpo, wɔde wɔn ankasa mmammarima ne wɔn mmammaa bɔɔ afɔdeɛ wɔ ogya mu. Wɔkɔɔ abisa, wɔyɛɛ abayisɛm, nam so tɔn wɔn ho maa bɔne, de hyɛɛ Awurade abufuo.
तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए ।
18 Na ɛsiane sɛ Awurade bo fuiɛ enti, ɔpepaa wɔn firii nʼanim. Yuda abusuakuo nko ara na ɛkaa wɔn wɔ asase no so.
त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन ।
19 Na mpo, nnipa a wɔwɔ Yuda anni Awurade, wɔn Onyankopɔn, ahyɛdeɛ so. Wɔfaa ɛkwan bɔne a Israel faa so no so.
यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे ।
20 Ɛno enti, Awurade poo Israel asefoɔ nyinaa. Ɔde wɔn maa wɔn atamfoɔ, nam so twee wɔn aso, kɔsii sɛ wɔsɛee wɔn.
यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो ।
21 Na ɛberɛ a Awurade tee Israel firii Dawid ahemman ho no, wɔfaa Nebat babarima Yeroboam, de no dii wɔn so ɔhene. Na Yeroboam maa Israelfoɔ gyaee Awurade akyidie, ma wɔyɛɛ bɔne kɛseɛ.
उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए ।
22 Na Israelfoɔ no kɔɔ so nantee Yeroboam akwammɔne no so. Wɔannyae ahonisom ho bɔneyɛ no,
इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्,
23 kɔsii sɛ, ne korakora, Awurade pepaa wɔn firii hɔ, sɛdeɛ nʼadiyifoɔ hyɛɛ ho nkɔm sɛ ɛbɛba no. Enti, wɔtwaa Israel asuo kɔɔ Asiria asase so baabi a wɔte bɛsi ɛnnɛ yi.
त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ ।
24 Na Asiriahene twee nnipa akuakuo firii Babilonia, Kuta ne Awa, Hamat ne Sefarwaim, de wɔn bɛduaa Samaria nkuro so, ma wɔsii Israelfoɔ ananmu. Enti Asiriafoɔ no faa Samaria ne Israel nkuro a ɛkeka ho no.
अश्शूरका राजाले बेबिलोनबाट र कूताबाट र अव्वाबाट हमात र सपर्बेमबाट मानिसहरू ल्याए र इस्राएलका मनिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले । तिनीहरूले सामरिया कब्जा गरे र यसका सहरहरूमा बसे ।
25 Nanso, ɛsiane sɛ saa ahɔhoɔ atutenafoɔ yi ansom Awurade ɛberɛ a wɔduruu hɔ ara pɛ no enti, Awurade maa agyata kɔɔ wɔn mu, kɔkunkumm wɔn mu bi.
तिनीहरूले बसोबाससुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन् । त्यसैले परमप्रभुले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभयो जसलेतिनीहरूमा कसैलाई मारे ।
26 Enti, wɔde nkra kɔmaa Asiriahene sɛ, “Nnipa a woabɔ wɔn atenaseɛ wɔ Israel nkuro so no nnim sɛdeɛ wɔsom asase no so Onyankopɔn. Wasoma agyata akɔ wɔn mu, akɔsɛe wɔn, ɛfiri sɛ, wɔansom no anisɔ mu.”
त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, “तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्‍दैनन् । त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्‍दैनन् ।”
27 Ɛnna Asiriahene nso hyɛɛ sɛ, “Soma asɔfoɔ a wɔatwa wɔn asuo no mu baako firi Samaria, na ɔnsane nkɔ Israel. Ma ɔnkyerɛ ahɔhoɔ no ɛkwan a wɔfa so som asase no so Onyankopɔn.”
तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए, “तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ । तिनी गएर त्यहीँ बसून्, र तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन् ।”
28 Enti, asɔfoɔ a wɔatwa wɔn asuo afiri Samaria no mu baako sane kɔɔ Bet-El, kɔkyerɛɛ ahɔhoɔ no kwan a wɔfa so som Awurade.
त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए र बेथेलमा बसे । तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए ।
29 Nanso, saa ahɔhoɔ akuakuo ahodoɔ yi kɔɔ so somm wɔn ankasa anyame. Kuro biara a wɔtete mu no, wɔde wɔn ahoni kɔsisii abosonnan a Israelfoɔ no asisi no mu.
हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे ।
30 Wɔn a wɔfiri Babilonia no somm wɔn nyame Sukot-Benot ahoni. Wɔn a wɔfiri Kut somm wɔn nyame Nergal. Na wɔn a wɔfiri Hamat somm Asima.
बेबिलोनका मानिसहरूले सुक्‍कोन-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए,
31 Awifoɔ somm wɔn anyame Nibhas ne Tartak. Na mpo, nnipa a ɛfiri Sefarwain hyee wɔn ankasa mma sɛ afɔrebɔdeɛ, de maa Adramelek ne Anamelek.
अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए ।
32 Saa ahɔhoɔ yi somm Awurade deɛ, nanso wɔyii asɔfoɔ bi firii wɔn mu a, na wɔbɔ afɔdeɛ wɔ abosonnan mu.
तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे, जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए ।
33 Na wɔsom Awurade deɛ, nanso wɔkɔɔ so faa amanneɛ kwan a wɔn aman a wɔfiri so fa so som no so.
तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे ।
34 Na yei da so kɔ so wɔ wɔn mu de bɛsi ɛnnɛ. Na wɔda so yɛ kane nnebɔne no a anka ɛsɛ sɛ wɔsom Awurade, di ne mmara, ne nkyerɛkyerɛ ne ahyɛdeɛ a ɔde maa Yakob a ɔsesaa ne din ma ɛbɛyɛɛ Israel asefoɔ no so.
आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्—
35 Nanso, na Awurade ne Yakob asefoɔ ayɛ apam, ahyɛ wɔn sɛ, “Monnsom anyame foforɔ, monnkoto wɔn, na monnsom wɔn, na mommmɔ afɔdeɛ mmma wɔn.
अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।
36 Awurade a ɔnam nsɛnkyerɛnneɛ akɛseɛ ne tumi so yii mo firii Misraim no nko ara na monsom no. Ɔno nko ara na ɛsɛ sɛ mosom no, na mokoto no, na mobɔ afɔdeɛ ma no.
तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ ।
37 Monhwɛ yie, na monni mmara, nkyerɛkyerɛ ne ahyɛdeɛ a ɔtwerɛ maa mo no so. Ɛnsɛ sɛ mosom anyame foforɔ biara.
उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ । त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन,
38 Mommma mo werɛ mfiri apam a me ne mo yɛeɛ no, na monnsom anyame foforɔ biara.
र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ ।
39 Monsom Awurade, mo Onyankopɔn nko ara. Ɔno na ɔbɛgye mo afiri mo atamfoɔ nyinaa nsam.”
तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”
40 Nanso, nnipa no antie, kɔɔ so faa wɔn akwan dada no so.
तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे ।
41 Enti, ɛberɛ a ahɔhoɔ yi resom Awurade no, berɛ korɔ no ara mu, na wɔresom wɔn ahoni. Na ɛbɛsi ɛnnɛ, wɔn asefoɔ yɛ ade korɔ no ara.
यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्‍यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन् ।

< 2 Ahemfo 17 >