< 2 Berɛsosɛm 26 >
1 Yuda manfoɔ de Amasia babarima Usia a na wadi mfeɛ dunsia tenaa ahennwa so sɛ wɔn ɔhene foforɔ.
यहूदाका सबै मानिसले सोह्र वर्ष उमेर पुगेका उज्जियाहलाई लिए र तिनका पिता अमस्याहको ठाउँमा तिनलाई राजा बनाए ।
2 Usia agya wuo akyi no, ɔsane kyekyeree Elot kuro no, na ɔdane maa Yuda.
यिनले नै एलात सहरलाई पुनर्निर्माण गरे र यहूदामा फिर्ता ल्याए । त्यसपछि राजा आफ्ना पुर्खाहरूसित सुते ।
3 Usia dii adeɛ no, na wadi mfirinhyia dunsia, na ɔdii ɔhene wɔ Yerusalem mfirinhyia aduonum mmienu. Ne maame a ɔfiri Yerusalem no din de Yeholia.
उज्जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थियो । तिनी यरूशलेमकी थिइन् ।
4 Na ɔtene wɔ Awurade ani so, sɛdeɛ nʼagya Amasia teɛ no.
तिनले हरेक कुरामा आफ्ना पिता अमस्याहको उदाहरण पच्छ्याएर परमप्रभुको दृष्टिमा जे कुरो असल थियो सो गरे ।
5 Sakaria berɛ so no, Usia hwehwɛɛ Onyankopɔn akyiri ɛkwan, ɛfiri sɛ, ɔkaa Onyankopɔn suro ho nsɛm kyerɛɛ no. Na ɛsiane sɛ ɔhene no hwehwɛɛ Awurade akyiri kwan no enti, Onyankopɔn maa no nkɔsoɔ.
तिनलाई परमेश्वरको आदरको गर्नुपर्छ भनेर शिक्षा दिने जकरियाको समयभरि तिनले परमेश्वरको अगुवाइ खोज्नमा आफैलाई लगाए । जबसम्म तिनले परमप्रभुको खोजी गरे, तबसम्म परमेश्वरले तिनको फलिफाप गराइदिनुभयो ।
6 Ɔtuu Filistifoɔ so sa, na ɔbubuu Gat, Yabne ne Asdod afasuo. Na ɔkyekyeree nkuro afoforɔ wɔ Asdod fam ne mmeammea bi a ɛwɔ Filistia.
उज्जियाह बाहिर गए र पलिश्तीहरूसँग युद्ध गरे । तिनले गात, यब्ने र अश्दोदका पर्खालहरू भत्काइदिए । तिनले अश्दोदको गाउँमा र पलिश्तीहरूका बिचमा सहरहरू बनाए ।
7 Ɛnyɛ ɔko a ɔne Filistifoɔ koeɛ no mu nko ara na Onyankopɔn boaa no, na mmom ɔko a ɔne Arabfoɔ a wɔwɔ Gur Baal koeɛ ne Meunifoɔ ko mu nso, ɔboaa no.
परमेश्वरले तिनलाई पलिश्तीहरू, गूर-बालमा बस्ने अरबीहरू र मोनीहरूका विरुद्धमा सहायता गर्नुभयो ।
8 Meunifoɔ no tuaa apeatoɔ maa no, na ne din hyeta kɔduruu Misraim, ɛfiri sɛ, na ɔwɔ tumi a ɛso.
अम्मोनीहरूले उज्जियाहलाई कर तिरे, र तिनको ख्याति मिश्रदेशको ढोकासम्मै पुग्यो, किनभने तिनी धेरै शक्तिशाली हुँदै गएका थिए ।
9 Usia sisii ɔwɛn abantenten wɔ Yerusalem wɔ Twɛtwɛwa Ɛpono ano, Bɔnhwa Ɛpono ano ne ɔfasuo no ntwea mu no so.
साथै उज्जियाहले यरूशलेममा कुने-ढोका, बेसी ढोका र पर्खालका कुनाको घुम्तीमा पनि धरहराहरू बनाए र तिनलाई सुरक्षित पारे ।
10 Ɔsane sisii abankɛseɛ wɔ ɛserɛ so, tutuu nsubura bebree, ɛfiri sɛ, na ɔyɛn mmoa pii wɔ Yuda bepɔ ase hɔ. Na ɔyɛ ɔbarima a nʼani gye kua ho. Na ɔwɔ adwumayɛfoɔ bebree a wɔhwɛ ne mfuo ne ne bobefuo a ɛwɔ mmepɔ no nsianeɛ mu ne bɔnhwa nsase bereɛ no so.
तिनले उजाड-स्थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे ।
11 Na Usia wɔ asraafoɔ a wɔyɛ akofoɔ akɛseɛ a wɔwɔ akodie mu nteteeɛ. Na wɔyɛ akuakuo a wɔasiesie wɔn ho ama ɔko. Na Yeiel a ɔyɛ akodɔm no twerɛfoɔ ne ne ɔboafoɔ Maaseia na wɔboaboa akofoɔ kɛseɛ yi ano. Na wɔhyɛ Hanania a ɔyɛ ɔhene no mpanimfoɔ no mu baako ase.
यसबाहेक उज्जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्डरमध्ये एक जना हनन्याहको अधीनमा युद्धमा जान्थे ।
12 Mmusua ntuanofoɔ mpenu ahansia na na wɔma saa akofoɔ abenfoɔ yi akwankyerɛ.
वीर योद्धाहरूको नेतृत्व गर्ने परिवारका अगुवाहरूका जम्मा संख्या २,६०० थियो ।
13 Na akodɔm no dodoɔ yɛ ɔpehasa ne nson ne ahanum a wɔn nyinaa nim de. Na wɔada wɔn ho so sɛ wɔbɛboa ɔhene no ako atia ɔtamfoɔ biara.
तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।
14 Usia maa akodɔm no nyinaa akokyɛm, mpea, nnadeɛ kyɛ, nkataboɔ, bɛmma ne ahwimmoɔ aboɔ.
तिनीहरूका निम्ति—सबै फौजका निम्ति उज्जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे ।
15 Afei, abenfoɔ bi yɛɛ mfidie de sisii Yerusalem afasuo no so a ɛto agyan ne aboɔ firi abantenten no so ne ɔfasuo twɛtwɛwa so. Nʼanimuonyam hyetaeɛ, ɛfiri sɛ, Awurade boaa no yie kɔsii sɛ ɔnyaa tumi kɛseɛ.
धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्ने यन्त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्याति टाढाका देशसम्म पुग्यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।
16 Nanso, ɔnyaa tumi kɛseɛ no, ɔyɛɛ ahantan a ɛnam so maa ɔhwee ase. Ɔyɛɛ bɔne tiaa Awurade ne Onyankopɔn, ɛfiri sɛ ɔkɔɔ Awurade Asɔredan kronkronbea hɔ, kɔhyee nnuhwam wɔ afɔrebukyia no so.
तर जब उज्जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्नलाई तिनी परमप्रभुको मन्दिरमा पसे ।
17 Ɔsɔfopanin Asaria ne Awurade asɔfoɔ foforɔ aduɔwɔtwe, akokoɔdurufoɔ kɔhwehwɛɛ no.
पुजारी अजर्याह र परमप्रभुका अरू असी जना साहसी पुजारीहरू राजा उज्जियाहको पछिपछि भित्र गए ।
18 Wɔka sii ɔhene Usia anim sɛ, “Ɛnyɛ wo Usia na ɛsɛ sɛ wohye nnuhwam ma Awurade. Ɛyɛ asɔfoɔ nko ara, Aaron mmammarima a, wɔayi wɔn asi hɔ ama saa dwumadie no nko ara adwuma. Firi kronkronbea ha kɔ, ɛfiri sɛ, woayɛ bɔne. Onyankopɔn renhyɛ wo animuonyam wɔ yei ho.”
तिनीहरूले उज्जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्जियाह, परमप्रभुको निम्ति धूप बाल्ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्नलाई अभिषेक गरिएको छ । पवित्रस्थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्वासघात गर्नुभएको छ र परमप्रभु परमेश्वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”
19 Usia bo fuu yie, na wamfa nnuhwamhyeɛ kuruwa a na ɛkura no no ansi fam. Ɔne asɔfoɔ no gyina nnuhwam afɔrebukyia no anim wɔ Awurade Asɔredan no mu no, prɛko pɛ, kwata totɔɔ ne moma so.
तब उज्जियाह रिसाए । तिनले धूप बाल्नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्ने परमप्रभुको मन्दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्ठरोग निस्क्यो ।
20 Ɛberɛ a Asaria ne asɔfoɔ a aka no hunuu kwata no, wɔpiapiaa no firii hɔ. Na ɔhene no ankasa pɛɛ sɛ ɔfiri hɔ ntɛm, ɛfiri sɛ, Awurade na wabɔ no.
प्रधान पुजारी अजर्याह र अरू पुजारीहरूले तिनलाई हेर्दाहेर्दै तिनको निधारमा कुष्ठरोग निस्केको तिनीहरूले देखे । तिनीहरूले तिनलाई हतार-हतार त्यहाँबाट बाहिर निकाले । वास्तवमा तिनी आफै बाहिर निस्कनलाई हतार गरे, किनभने परमप्रभुले तिनलाई प्रहार गर्नुभएको थियो ।
21 Enti, kwata yɛɛ ɔhene Usia kɔsii sɛ ɔwuiɛ. Wɔpamoo no firii nnipa mu maa ɔno nko ara tenaeɛ a wankɔ Awurade Asɔredan mu. Wɔde ne babarima Yotam tenaa ahemfie hɔ ma ɔdii nnipa a wɔwɔ asase no so so.
राजा उज्जियाह आफ्नो मर्ने दिनसम्मै कुष्ठरोगी भए । तिनी कुष्ठरोगी भएको हुनाले अलग्गै घरमा बसे, किनकि तिनलाई परमप्रभुको मन्दिरबाट बहिष्कार गरिएको थियो । तिनका छोरा योतामले राजाको महलको रेखदेख गरे, र देशका मानिसहरूमाथि शासन गरे ।
22 Amos babarima Yesaia atwerɛ Usia ahennie ho nsɛm nkaeɛ firi ahyɛaseɛ kɔsi awieeɛ ato hɔ.
उज्जियाहका राजकालका अरू घटनाहरूको विवरण सुरुदेखि अन्त्यसम्मै आमोजका छोरा यशैया अगमवक्ताले लेखेका छन् ।
23 Usia wuiɛ, na ɛsiane sɛ kwata yɛɛ no enti, wɔsiee no bɛn ahemfo amusieeɛ. Na ne babarima Yotam na ɔdii nʼadeɛ sɛ ɔhene.
यसरी उज्जियाह आफ्ना पुर्खाहरूसित सुते । तिनीहरूले राजाहरूका चिहानको जमिनमा पुर्खाहरूसित गाडे, किनकि तिनीहरूले भने, “तिनी एक जना कुष्ठरोगी हुन् ।” अनि तिनीपछि तिनका छोरा योताम तिनको ठाउँमा राजा भए ।