< 1 Samuel 8 >

1 Samuel bɔɔ akɔkoraa no, ɔyii ne mmammarima sɛ wɔnyɛ Israel atemmufoɔ.
जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।
2 Nʼabakan no din de Yoɛl ɛnna ne ba a ɔtɔ so mmienu no din de Abiya. Na wɔyɛ atemmufoɔ wɔ Beer-Seba.
तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।
3 Nanso, na ne mmammarima no nte sɛ wɔn agya. Wɔyɛɛ sikanibereɛ. Wɔgyegyee adanmudeɛ, buu ntɛnkyea.
तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्‍ट बनाए ।
4 Enti, Israel mpanimfoɔ nyinaa hyiaa Samuel wɔ Rama ne no bɛdii saa asɛm yi ho nkɔmmɔ.
त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
5 Wɔka kyerɛɛ no sɛ, “Woabɔ akɔkoraa, na wo mmammarima nso nnante wʼakwan so; enti, si ɔhene na ɔnni yɛn anim sɛdeɛ aman bebree yɛ noɔ no.”
उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्‍त गर्नुहोस् ।”
6 Wɔn abisadeɛ no anyɛ Samuel dɛ enti, ɔkɔɔ Awurade anim kɔbisaa akwankyerɛ.
तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
7 Na Awurade ka kyerɛɛ Samuel sɛ, “Tie nsɛm a ɔmanfoɔ no reka kyerɛ wo no na yɛ. Ɛnyɛ wo na wɔapo, na mmom, me na wɔapo me, sɛ mennni wɔn so ɔhene bio.
परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
8 Ɛfiri ɛberɛ a meyii wɔn firi Misraim no bɛsi ɛnnɛ yi no, wɔakɔ so apo me akɔdi anyame foforɔ akyi; na ɛnnɛ yi, saa ara na wɔde reyɛ wo.
तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।
9 Ɛno enti, tie wɔn, nanso bɔ wɔn kɔkɔ anibereɛ so, na ma wɔnhunu ɛkwan a ɔhene a ɔrebɛdi wɔn so no de wɔn bɛfa so.”
अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन्, त्‍यो तिनीहरूले राम्ररी जानून् ।”
10 Enti, Samuel kaa Awurade kɔkɔbɔ no kyerɛɛ nnipa no.
त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।
11 “Sei na ɔhene ne mo bɛtena. Ɔhene bɛtwe mo mmammarima akɔfra nʼasradɔm mu, na wɔama wɔn atu mmirika adi ne nteaseɛnam anim.
तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।
12 Ebinom bɛyɛ nʼakodɔm mu asahene, na ebinom nso ayɛ nkoa mu asomfoɔ. Wɔbɛhyɛ ebinom ma wɔafuntum nʼafuo, na wɔatwa nʼafudeɛ, na afoforɔ ayɛ nʼakodeɛ ne ne teaseɛnam ho nneɛma.
उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू र पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्‍न, कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।
13 Ɔhene no bɛgye mo mmammaa afiri mo nsam, na wahyɛ wɔn ama wɔanoa nnuane, na wɔato nnuane, na wɔayɛ nnuhwam nso ama no.
उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन् ।
14 Ɔbɛgye mo mfuo ne mo bobe mfuo ne mo ngo mfuo a ɛyɛ no afiri mo nsam, na ɔde ama ɔno ankasa nʼasomfoɔ.
उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
15 Ɔbɛgye mo mfudeɛ mu nkyɛmu edu mu baako, na wakyekyɛ ama nʼadwumayɛfoɔ ne nʼasomfoɔ.
उनले तिमीहरूका अन्‍नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।
16 Ɔbɛpɛ sɛ ɔbɛnya mo mfenaa ne nkoa, na wagye mo anantwie papa ne mo mfunumu de wɔn ayɛ nʼadwuma.
उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्‍नो काममा लगाउनेछन् ।
17 Ɔbɛgye mo nnwan mu nkyɛmu edu mu baako na moayɛ nʼasomfoɔ.
उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।
18 Sɛ ɛda no duru a, mobɛsrɛ ahomegyeɛ afiri saa ɔhene a morepɛ no no nkyɛn, nanso Awurade remmoa mo.”
त्यसपछि त्‍यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”
19 Nanso, ɔmanfoɔ no antie Samuel kɔkɔbɔ no. Asɛm a wɔkaeɛ ara ne sɛ, “Sɛ ɛte sɛn koraa a, yɛpɛ ɔhene.
तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।
20 Yɛpɛ sɛ yɛyɛ sɛ aman a wɔatwa yɛn ho ahyia no. Yɛn ɔhene bɛdi yɛn so, na wadi yɛn anim akɔ ɔko.”
ताकि हामी अरू जातिहरूजस्तै हुन सक्‍नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।”
21 Enti, Samuel kaa asɛm a nkurɔfoɔ no ka kyerɛɛ no no kyerɛɛ Awurade,
जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।
22 na Awurade buaa sɛ, “Yɛ deɛ wɔreka no ma wɔn, na ma wɔn ɔhene.” Afei, Samuel penee so, na ɔmaa obiara kɔɔ ne kurom.
परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

< 1 Samuel 8 >