< 1 Samuel 30 >

1 Nnansa so, Dawid ne ne mmarima kɔduruu Siklag. Na Amalekfoɔ abɛto ahyɛ Negeb so ahye Siklag pasaa.
जब दाऊद र तिनका मानिसहरू तेस्रो दिनमा सिक्लगमा आए, अमालेकीहरूले नेगेव र सिक्लगलाई लूटेका थिए । तिनीहरूले सिग्‍लगलाई आक्रमण गरे र त्‍यसलाई आगोले लगाए,
2 Wɔkyekyeree mmaa ne wɔn a wɔwɔ mu nyinaa a ɛyɛ mmɔfra ne mpanin. Wɔankum wɔn mu biara, na mmom, wɔsoaa wɔn de wɔn kɔeɛ.
र यसमा भएका स्‍त्रीहरू र साना-ठुला हरेकलाई कब्जा गरे । तिनीहरूले कसैलाई पनि मारेनन्, तर तिनीहरू आफ्नो बाटो जाँदा तिनीहरूलाई लिएर गए ।
3 Ɛberɛ a Dawid ne ne mmarima no hunuu sɛdeɛ Siklag asɛeɛ ne asɛm a ato wɔn abusuafoɔ no,
जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
4 wɔtwaa agyaadwoɔ ara kɔsii sɛ afei na wɔntumi ntwa agyaadwoɔ no bio.
जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
5 Dawid yerenom baanu a wɔne Yesreelni Ahinoam ne Karmelni Abigail a na ɔyɛ Nabal yere no ka wɔn a wɔsoaa wɔn kɔeɛ no ho.
दाऊदका दुवै पत्‍नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्‍नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।
6 Dawid ho yeraa no yie, ɛfiri sɛ, na mmarima no adwene ho sɛ wɔbɛsi no aboɔ, ɛsiane, wɔn mmammarima ne wɔn mmammaa a wɔakyekye wɔn no enti. Nanso, Dawid nyaa ahoɔden wɔ Awurade, ne Onyankopɔn mu.
दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्‍वरमा आफूलाई शक्तिशाली बनाए ।
7 Na Dawid ka kyerɛɛ ɔsɔfoɔ Abiatar, sɛ, “Fa asɔfotadeɛ no brɛ me.” Na Abiatar de baeɛ.
दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।
8 Na Dawid bisaa Awurade sɛ, “Menti ɛdɔm no anaa? Mɛto wɔn anaa?” Awurade buaa no sɛ, “Aane, ti wɔn. Na biribiara a wɔafa afiri mo nkyɛn no, mo nsa bɛka ne nyinaa.”
दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्‍छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्‍चय नै भेट्टाउनेछस् र तैंले निश्‍चय नै सबै थोक छुटाउनेछस् ।”
9 Enti, Dawid ne ne mmarima ahansia no sii ɛkwan so. Ankyɛre biara na wɔduruu Besor asuwa no so.
त्यसैले दाऊद, आफू र आफूसँग भएका छ सय जना मानिस लिएर गए । तिनीहरू बसोरको खोल्सामा आए, जहाँ छोडिएकाहरू बसेका थिए ।
10 Nanso, mmarima no mu ahanu deɛ, na wɔabrɛbrɛ yie enti, wɔantumi antwa asuo no. Ɛno enti, Dawid de akodɔm ahanan a wɔaka no toaa so.
तर दाऊदले आफू र आफूसँग भएका चार सय जान मानिसले पिछा गरिरहे, किनकि दुई सय जना पछाडी नै बसे, जो यति धेरै थाकेका थिए, कि तिनीहरू बसोर खोल्सा पारि जान सकेनन् ।
11 Dawid akodɔm no bi hunuu Misraimni barima bi wɔ wiram hɔ na wɔde no brɛɛ Dawid. Wɔmaa no burodo sɛ ɔnni ne nsuo sɛ ɔnnom.
तिनीहरूले एक जना मिश्रीलाई खेतमा भेट्टाए र उसलाई दाऊदकहाँ ल्याए । तिनीहरूले उसलाई रोटी दिए र उसले खायो । तिनीहरूले उसलाई पानी पिउन दिए ।
12 Wɔsane maa no borɔdɔma ɔfam sin bi ne bobe aba abɔnta, ɛfiri sɛ, na hwee nkaa nʼano nnansa awia ne anadwo. Ankyɛre na ɔnyaa ahoɔden.
र तिनीहरूले उसलाई एक डल्लो नेभारा र दुई झुप्पा किशमिश दिए । जब उसले ती खाइसक्‍यो, उसले फेरि शक्ति पायो, किनकि उसले तिन दिन र तिन रातदेखि रोटी खाएको वा पानी पिएको थिएन ।
13 Dawid bisaa no sɛ, “Hwan onipa ne wo, na wofiri he?” Ɔbuaa sɛ, “Meyɛ Misraimni, na Amalekni bi akoa ne me. Nnansa ni na me wura gyaa me hɔ, ɛfiri sɛ, na meyare.
दाऊदले उसलाई सोधे, “तिमी को हौ? तिमी कहाँबाट आएका हौ?” उसले भन्‍यो, “म मिश्रको एक जना जवान मानिस, अमालेकीको सेवक हुँ । मेरो मालिकले मलाई छोडे, किनभने तिन दिनअघि म बिरामी भएँ ।
14 Yɛkɔtuaa Keretifoɔ wɔ Negeb a ɛyɛ Yudaman wɔ Kaleb asase so, na yɛhyee Siklag nkyɛreeɛ.”
हामीले करेतीहरूको नेगेव, यहूदाको भाग, कालेबको नेगेवलाई लूट्यौं र सिग्लगमा आगो लगायौं ।”
15 Dawid bisaa no sɛ, “Enti, wobɛdi mʼanim akɔ wɔn nkyɛn?” Aberanteɛ no buaa sɛ, “Sɛ wode Onyankopɔn din bɛka ntam sɛ worenkum me anaa worensane mfa me mma me wura deɛ a, ɛnneɛ, mɛdi wʼanim de wo akɔ.”
दाऊदले उसलाई भने, “के तिमीले मलाई यो लूटपाट गर्ने समूहकहाँ लैजान सक्छौ?” त्‍यो मिश्रीले भने, “तपाईंले मलाई मार्नुहुन्‍न वा मलाई मेरो मालिकको हातमा सुम्‍पनुहुन्‍न भनी परमेश्‍वरको नाउँमा शपथ खानुहोस् र म तपाईंलाई यो लूटपाट गर्ने समूहकहाँ लानेछु ।”
16 Na Misraimni no dii wɔn anim kɔɔ Amalekfoɔ no atenaeɛ. Ɛberɛ a Dawid ne ne mmarima no duruu hɔ no, na Amalekfoɔ no ahwete wɔ ɛserɛ no so a wɔredidi nom na wɔde ahosɛpɛ resa, ɛfiri sɛ, na wɔanya asadeɛ bebree afiri Filistifoɔ nkyɛn ne Yuda asase so.
जब त्‍यो मिश्रीले दाऊदलाई तल ल्याए, तब लूटपाट गर्नेहरू मैदानभरि छरिएर तिनीहरूले पलिश्‍तीहरूको देश र यहूदाको देशबाट लिएका सबै लूटका मालको कारणले खाँदै, पिउँदै र नाच्दै थिए ।
17 Dawid ne ne mmarima to hyɛɛ wɔn so, kunkumm wɔn wɔ akofena ano anadwo mu no nyinaa, kɔsii adekyeeɛ no anwummerɛ. Amalekfoɔ no mu biara antumi annwane, agye mmarima ahanan a wɔtenatenaa nyoma so dwaneeɛ no.
दाऊदले तिनीहरूलाई बिहान सबैरैदेखि अर्को दिनको साँझसम्म नै तिनीहरूलाई आक्रमण गरे । ऊँटमा चढेर भागेका चार सय जना जवान मानिसबाहेक एक जना पनि उम्केनन् ।
18 Dawid gyee biribiara a Amalekfoɔ no faeɛ, sane gyee ne yerenom baanu no.
अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्‍त गरे । अनि दाऊदले आफ्‍नी दुई जना पत्‍नीलाई पनि छुटाए ।
19 Biribiara anyera: sɛ ɛyɛ ketewa anaa kɛseɛ, ɔbabarima anaa ɔbabaa anaa biribiara a wɔfom faeɛ no, Dawid de ne nyinaa sane baeɛ.
कुनै पनि कुरा पनि गुमेनन्, न साना न त ठुला, न छोराहरू न त छोरीहरू, न त लूटपाट गर्नेहरूले कब्जा गरेका कुनै कुरा नै गुम्‍यो । दाऊदले हरेक कुरा फिर्ता ल्याए ।
20 Nʼakodɔm no kaa nnwan ne anantwie no so, de wɔn baeɛ. Na wɔkaa sɛ, “Yeinom nyinaa wɔ Dawid sɛ nʼadwuma pa so akatua.”
दाऊदले सबै बेडाबाख्रा र गाईवस्तु ल्याए, जसलाई मानिसहरूले अरू गाइवस्तुको अगि धपाए । तिनीहरूले भने, “यो दाऊदको लूटको माल हो ।”
21 Na wɔduruu Besor asuwa no so na wɔhunuu mmarima ahanu a ɔbrɛ dodoɔ enti, wɔantumi ne wɔn ankɔ no. Dawid kyeaa wɔn anigyeɛ so.
दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्‍न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
22 Nanso, Dawid mmarima no mu asɛmpɛfoɔ bi kaa sɛ, “Wɔne yɛn ankɔ enti, wɔrennya asadeɛ no bi. Momfa wɔn yerenom ne wɔn mma mma wɔn, na monka nkyerɛ wɔn sɛ, wɔmfiri yɛn ani so nkɔ.”
तब दाऊदसँग गएका सबै दुष्‍ट र वेकामका मानिसले भने, “यी मानिसहरू हामीसँग नगएका हुनाले हामीले फिर्ता ल्‍याएका कुनै पनि लूटका मालहरू हामी तिनीहरूलाई दिनेछैनौं । हरेक मानिसले आफ्ना पत्‍नी र छोराछोरी लिन र तिनीहरूलाई लिएर जान सक्छ ।”
23 Nanso, Dawid kaa sɛ, “Dabi, anuanom! Monnyɛ deɛ Awurade de ama yɛn no ho pɛsɛmenkomenya. Wakora yɛn so, aboa yɛn ama yɛadi yɛn atamfoɔ so nkonim.
तब दाऊदले भने, “मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्‍तो व्‍यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
24 Mogye di sɛ sɛ moka no saa a, obi bɛtie mo? Sɛ yɛrekyɛ a, momma yɛnkyɛ no pɛ mma wɔn a wɔkɔ sa ne wɔn a wɔhwɛ akodeɛ so nyinaa.”
तिमीहरूको यो कुरा कसले सुन्‍नेछ? किनभने युद्धमा जानेहरूको हिस्‍सा जत्ति हुन्छ सामानहरू कुर्नेहरूको हिस्‍सा पनि त्‍यत्ति नै हुनेछ । तिनीहरूले बाँड्‍नेछन् अनि बराबर बाँड्‍नेछन् ।”
25 Ɛfiri saa ɛberɛ no, Dawid yɛɛ yei mmara, maa Israel nyinaa na wɔgu so di so saa ara de bɛsi ɛnnɛ.
त्यस दिनदेखि आजको दिनसम्म यस्तै चलन छ, किनभने दाऊदले यसलाई इस्राएलको निम्ति नियम र आदेश नै बनाए ।
26 Ɛberɛ a Dawid duruu Siklag no, ɔsoma maa wɔde asadeɛ no bi kɔmaa Yuda mpanimfoɔ a na wɔyɛ ne nnamfonom kaa sɛ, “Mo akyɛdeɛ a yɛfa firi Awurade atamfoɔ nsam nie.”
जब दाऊद सिक्लगमा आए, तिनले आफ्‍ना मित्रहरू अर्थात् यहूदाका धर्म-गुरुहरुलाई केही लूटका मालहरू पठाएर भने, “हेर्नुहोस्, परमप्रभुका शत्रहरूबाट लिइएका लुटका मालबाट तपाईंहरूका निम्‍ति उपहार यहाँ छ ।”
27 Wɔde akyɛdeɛ no kɔmaa ntuanofoɔ a wɔwɔ Bet-El, Ramot a ɛwɔ anafoɔ fam, Yatir.
तिनले बेथेलमा भएका, दक्षिणको रामोतमा, यत्तीरमा भएकाहरू,
28 Aroer, Sifmot, Estemoa,
र अरोएरमा भएका, सिपमोतमा भएका, एश्तामिमा भएका धर्म-गुरुहरुलाई केही पठाए ।
29 Rakal ne wɔn a wɔwɔ Yerahmeelfoɔ nkuro mu ne wɔn a wɔwɔ Kenifoɔ kuro mu,
तिनले केही कुरा राकालमा भएका, यरहमेलीहरूका सहरहरूमा भएका, केनीहरूका सहरमा भएका,
30 ne wɔn a wɔwɔ Horma, Bor-Asan, Atak,
होर्मामा भएका, बोर-आशानमा भएका, अत्ताकमा भएका,
31 Hebron ne mmeaemmeae a Dawid ne ne mmarima kyinkyinii hɔ nyinaa.
र हेब्रोनमा भएका र दाऊद आफै र आफ्‍ना मानिसहरू सधैं जाने गरेका सबै ठाउँतिर पनि केही पठाए ।

< 1 Samuel 30 >