< Nnwom 85 >

1 Koramma dwom. Wo Awurade, wodom wʼasase; wode Yakob ahonyade san maa no.
हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।
2 Wode wo nkurɔfo bɔne kyɛɛ wɔn na wokataa wɔn nnebɔne nyinaa so.
तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ । तपाईंले तिनीहरूका सबै पापहरू ढाक्‍नुभएको छ । सेला
3 Wode wʼabufuw nyinaa too nkyɛn na wodan fii wʼabufuwhyew ho.
तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ । तपाईं आफ्नो तातो रिसबाट पछि हट्‍नुभएको छ ।
4 San gye yɛn bio, Onyankopɔn, yɛn Gyefo, na ma wʼani nnye yɛn ho.
हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्‍नता छोडिदिनुहोस् ।
5 Wo bo befuw yɛn akosi daa ana? Wʼabufuw bɛtoa so akɔ awo ntoantoaso nyinaa so ana?
के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?
6 Worenhyɛ yɛn den bio, na ama wo nkurɔfo asɛpɛw wɔn ho wɔ wo mu ana?
के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन् ।
7 Awurade, kyerɛ yɛn wo dɔ a ɛnsa da no, na ma yɛn wo nkwagye no.
हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्‍वस्‍तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्‍ति दिनुहोस् ।
8 Metie nea Awurade Nyankopɔn bɛka; ɔde asomdwoe hyɛ ne nkurɔfo, ahotefo no bɔ, enti ɛnsɛ sɛ wɔsan kɔ agyimisɛm ho.
परमप्रभु परमेश्‍वरले जे भन्‍नुहुन्छ सो म सुन्‍नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।
9 Ampa ara, ne nkwagye bɛn wɔn a wosuro no, na nʼanuonyam bɛtena yɛn asase so.
निश्‍चय नै उहाँको उद्धार उहाँको भय मान्‍नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।
10 Ɔdɔ ne nokwaredi behyia, na trenee ne asomdwoe befew wɔn ho wɔn ho ano.
करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।
11 Nokwaredi bepue afi asase no so, na trenee ahwɛ afi ɔsoro.
सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।
12 Awurade bɛma yɛn nea eye ampa ara na yɛn asase bɛma ne nnɔbae.
हो, परमप्रभुले आफ्नो उत्तम आशिष्‌ ‌‌दिनुहुनेछ र हाम्रो जमिनले आफ्‍नो अन्‍नहरू उब्जाउनेछ ।
13 Trenee di nʼanim siesie ɔkwan ma nʼanammɔntu.
धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।

< Nnwom 85 >