< Nnwom 83 >
1 Asaf Dwom. Ao, Onyankopɔn, ntena hɔ komm; mmua wʼano, Ao, Onyankopɔn, keka wo ho.
हे परमेश्वर, चूपचाप नबस्नुहोस्! हे परमेश्वर, हामीलाई बेवास्ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।
2 Hwɛ sɛnea wʼatamfo keka wɔn ho fa, na wɔn a wɔmpɛ wʼasɛm nso ama wɔn ti so.
हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्ना शिरहरू उठाएका छन् ।
3 Wɔde anifere repam atia wo nkurɔfo, wɔrepam atia wɔn a wo koma da wɔn so no.
तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।
4 Wɔka se, “Mommra na yɛnsɛe wɔn sɛ ɔman, sɛnea wɔrenkae Israel din bio.”
तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्झना हुनेछैन ।”
5 Wɔde adwene koro bɔ pɔw; na wɔpam tia wo,
तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।
6 Edom ntamadan ne Ismaelfo, Moabfo ne Hagarfo,
यसमा एदोम र इश्माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,
7 Gebalfo ne Amonfo ne Amalekfo, Filistifo ne Tirofo.
जसले गबाल, अम्मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।
8 Asiria mpo akɔka wɔn ho de wɔn ahoɔden akɔhyɛ Lot asefo de no mu den.
तिनीहरूसँग अश्शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला
9 Yɛ wɔn sɛnea woyɛɛ Midian, sɛnea woyɛɛ Sisera ne Yabin wɔ asubɔnten Kison ho no,
तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।
10 wɔn a wɔsɛe wɔ En-Dor na wɔdan nwura no.
तिनीहरू एन्दोरमा नष्ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।
11 Yɛ wɔn atitiriw sɛ Oreb ne Seeb, ne wɔn mmapɔmma nyinaa sɛ Seba ne Salmuna,
तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्नझैं बनाउनुहोस् ।
12 a wɔkae se, “Momma yɛmfa Onyankopɔn adidibea nsase no no.”
तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्वरको खर्क लिऊँ ।”
13 Me Nyankopɔn, yɛ wɔn sɛ mfɛtɛ mu mfutuma, sɛ ntɛtɛ a mframa bɔ gu.
हे मेरो परमेश्वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
14 Sɛnea ogya hyew kwae, na ogyatannaa so nkoko mu hyew no no,
वन डढाउने आगोझैं र पहाडको आगोको ज्वालाझैं बनाउनुहोस् ।
15 saa ara na fa wʼahum taa wɔn na fa wo mframa a ano yɛ den no hunahuna wɔn.
तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
16 Ma animguase nka wɔn, na ama nnipa ahwehwɛ wo din akyi kwan, Awurade.
हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।
17 Ma wɔn anim ngu ase na wonni yaw; ma wonwuwu wɔ animguase mu.
तिनीहरू लज्जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्ट होऊन् ।
18 Ma wonhu sɛ wo a wo din de Awurade no, wo nko ara ne Ɔsorosoroni wɔ asase nyinaa so. Wɔde ma dwonkyerɛfo sɛ wɔnto no wɔ gittit sanku nne so.
तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्च हुनुहुन्छ भनी तिनीहरूले जान्नेछन् ।