< Nnwom 73 >
1 Asaf dwom. Ampa ara Onyankopɔn ye ma Israel, oye ma wɔn a wɔn koma mu tew.
निश्चय नै परमेश्वर इस्राएलको निम्ति, शुद्ध हृदय हुनेहरूका निम्ति भला हुनुहुन्छ ।
2 Nanso me de, anka me nan reyɛ awatiri; anka merehwere me nnyinaso,
तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्ले ।
3 efisɛ mʼani beree ahantanfo bere a mihuu amumɔyɛfo yiyedi no.
किनभने जब मैले दुष्टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें ।
4 Wonni aperepere; na wɔwɔ ahoɔden ne apɔwmuden.
किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्छन् ।
5 Dadwen a ɛtaa ba nnipa so biara nna wɔn so; ɔdesani haw biara nna wɔn so.
अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्ट हुँदैन ।
6 Enti ahantan yɛ wɔn kɔnmuade, na wofura akakabensɛm.
तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्नेछ ।
7 Wɔn koma a apirim no mu na nnebɔne fi; na wɔn amumɔyɛ adwene nni awiei.
यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्ट विचारहरू जान्छन् ।
8 Wɔserew afoforo na wɔka wɔn ho nsɛm a enye; wɔde nhyɛso hunahuna afoforo wɔ ahomaso mu.
तिनीहरू दुष्टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् ।
9 Wɔn ano ka ɔsoro nsɛm, na wɔn tɛkrɛma agye asase afa.
आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् ।
10 Ɛno nti wɔn nkurɔfo kɔ wɔn nkyɛn na wonya nsu nom ma ebu so.
यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्त पानी बगाइन्छ ।
11 Wobisa se, “Ɛbɛyɛ dɛn na Onyankopɔn ahu? Na Ɔsorosoroni no wɔ nhumu ana?”
तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ? के सर्वोच्चसँग ज्ञान छ र?”
12 Sɛɛ na amumɔyɛfo no te, hwee mfa wɔn ho, na wɔkɔ so pɛ ahonyade.
हेर्नुहोस्ः यी मानिसहरू दुष्टहरू हुन् । तिनीहरू निश्चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।
13 Ampa ara, mannya hwee amfi me komamtew mu; me nsa a enni fɔ no ayɛ ɔkwa.
निश्चय नै मैले व्यार्थमा मेरो हृदयलाई सुरक्षित राखेको छु र निर्दोषतामा मेरा हातहरू धोएको छु ।
14 Da mu nyinaa mihu amane; anɔpa biara wɔtwe mʼaso.
किनकि म दिनभरि कष्टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु ।
15 Sɛ mekae se, “Mɛkasa saa” a, anka midii wo mma no huammɔ.
“म यी कुराहरू भन्नेछु,” भनी मैले भनेको भए, तपाईंका छोराछोरीका यो पुस्तालाई मैले धोका दिनेथिएँ ।
16 Mebɔɔ mmɔden sɛ mɛte eyinom nyinaa ase, nanso na ɛhyɛ me so
मैले यी कुराहरू बुझ्ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो ।
17 kosii sɛ mekɔɔ Onyankopɔn kronkronbea hɔ; ɛhɔ na metee nea awiei no ɛbɛba wɔn so no ase.
तब म परमेश्वरको पवित्रस्थानभित्र गएँ र तिनीहरूका अन्तिम अवस्थालाई बुझें ।
18 Ampa ara wode wɔn gu faako a hɔ yɛ toro wode wɔn hwe fam sɛe wɔn pasaa.
निश्चय नै तपाईंले तिनीहरूलाई चिप्लो ठाउँहरूमा राख्नुहुन्छ । तपाईंले तिनीहरूलाई सर्वनाश लानुहुन्छ ।
19 Sɛnea wɔsɛe prɛko pɛ, na ehu hwim wɔn kɔ no.
तिनीहरू कसरी क्षणभरमा नै उजाडस्थान बने! तिनीहरूको अन्त भयो र भयानक त्रासहरूले समाप्त पारिए ।
20 Ɛte sɛ adaeso, bere a onipa anyan, Awurade, sɛ wokanyan wo ho a, wubebu wʼani agu wɔn so sɛ biribi a enni hɔ.
कोही ब्युँझँदा, ती सपनामा भएजस्तो हुन्छन् । हे परमप्रभु, जब तपाई खडा हुनुहुन्छ, तब तपाईंले ती सपनाहरूका बारेमा केही विचार गर्नुहुन्न ।
21 Bere a awerɛhow hyɛɛ me koma mu na me honhom dii yaw no,
किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।
22 meyɛɛ sɛ obi a onnim hwee na onni adwene; meyɛɛ sɛ aboa gyimfo wɔ wʼanim.
म मूर्ख थिएँ र अन्तरदृष्टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।
23 Nanso na me ne wo wɔ hɔ bere biara; na wode wo nsa nifa aso me mu.
तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्नुहुन्छ ।
24 Wode wʼafotu kyerɛ me kwan; na akyiri no, wode me bɛkɔ anuonyam mu.
तपाईंले मलाई आफ्नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।
25 Hena na mewɔ wɔ ɔsoro ka wo ho? Na biribiara nni asase so a mepɛ ka wo ho.
स्वर्गमा तपाईंबाहेक मेरो को छ र? पृथ्वीमा मैले इच्छा गर्ने तपाईंबाहेक अरू कोही छैन ।
26 Me honam, ne me koma bedi me huammɔ, nanso Onyankopɔn ne me koma ahoɔden ne me kyɛfa daa nyinaa.
मेरो शरीर र मेरो मुटु कमजोर हुन्छन्, तर परमेश्वर नै सदासर्वदा मेरो हृदयको बल हुनुहुन्छ ।
27 Wɔn a wɔmmɛn wo no bɛyera. Wosɛe wɔn a wonni wo nokware nyinaa.
तपाईंदेखि टाढा हुनेहरू नष्ट हुनेछन् । तपाईंप्रति विश्वासयोग्य नहुनेहरूलाई तपाईंले नष्ट पार्नुहुनेछ ।
28 Nanso me de, minim sɛ eye sɛ wobɛbɛn Onyankopɔn. Mede Otumfo Awurade ayɛ me guankɔbea; mɛka wo nneyɛe nyinaa akyerɛ.
तर मेरो बारेमा, मैले गर्नुपर्ने कुराचाहिं परमेश्वरको नजिक जाने हो । परमप्रभु परमेश्वरलाई मैले आफ्नो शरणस्थान बनाएको छु । तपाईंका सबै कामहरू म घोषणा गर्नेछु ।