< Nnwom 44 >
1 Koramma “maskil” dwom. Ao, Onyankopɔn, yɛde yɛn aso ate; yɛn agyanom aka akyerɛ yɛn; nea woyɛɛ wɔ wɔn bere so, wɔ tete mmere no mu.
हे परमेश्वर, हामीले हाम्रो कानले सुनेका छौं, हाम्रा पुर्खाहरूका समयमा, प्राचीन दिनहरूमा जे काम तपाईंले गर्नुभयो ति तिनीहरूले हामीलाई भनेका छन् ।
2 Wode wo nsa pam amanaman no na wobɔɔ yɛn agyanom atenase; wodwerɛw nnipa no na womaa yɛn agyanom dii yiye.
तपाईंले जातिहरूलाई आफ्नै हातले लखेट्नुभयो, तर तपाईंले हाम्रा मानिसहरूलाई बसाल्नुभयो । तपाईंले मानिसहरूलाई कष्ट दिनुभयो तर तपाईंले देशमा हाम्रा मानिसहरूलाई फैलाउनुभयो ।
3 Ɛnyɛ wɔn afoa na wɔde nyaa asase no, na ɛnyɛ wɔn nsa na ɛmaa wɔn nkonimdi; ɛyɛ wo nsa nifa, wo basa, ne wʼanim hann, efisɛ na wodɔ wɔn.
किनकि तिनीहरूले आफ्नो लागि देश अधिकार गर्नलाई आफ्नै तरवारले प्राप्त गरेनन्, न त तिनीहरूको आफ्नै पाखुराले तिनीहरूलाई बचाए । तर तपाईंको दाहिने हात, तपाईंको पाखुरा र तपाईंको मुहारको ज्योतिले बचायो, किनभने उनीहरूप्रति तपाईं कृपालु हुनुहुन्थ्यो ।
4 Woyɛ me Hene ne me Nyankopɔn, nea ɔhyɛ nkonimdi ma Yakob.
हे परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ । याकूबको निम्ति विजय दिनुहोस् ।
5 Ɛnam wo so na yɛpam yɛn Atamfo; wo din mu na yetiatia wɔn a wokyi yɛn no so.
तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई धकेल्नेछौं । हाम्रा विरुद्ध खडा हुनेहरूलाई तपाईंको नाउँद्वारा नै हामी कुल्चनेछौं ।
6 Memmfa me ho nto mʼagyan so, mʼafoa remfa nkonimdi mmrɛ me;
किनकि म आफ्नो धनुमा भरोसा गर्नेछैनँ, न त मलाई मेरो तरवारले बचाउनेछ ।
7 na wo na woma yedi yɛn atamfo so wugu wɔn a wɔtan yɛn no anim ase.
तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ ।
8 Onyankopɔn mu na yɛhoahoa yɛn ho da mu nyinaa, na yɛbɛkamfo wo din no daa daa.
दिनभरि हामीले परमेश्वरमा नै गर्व गरेका छौं र तपाईंको नाउँलाई नै हामी सदासर्वदा धन्यवाद दिनेछौं । सेला
9 Nanso mprempren woapo yɛn abrɛ yɛn ase; wone yɛn asraafo nkɔ ɔsa bio.
तर अहिले तपाईंले हामीलाई फाल्नुभएको र हामीमाथि अनादर ल्याउनुभएको छ, र हाम्रा फौजसँग तपाईं जानुहुन्न ।
10 Woma yeguan fii dɔm anim, ma yɛn atamfo fom yɛn agyapade.
तपाईंले हामीलाई शत्रुबाट फर्काउनुहुन्छ । अनि हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति लूट्न्छन् ।
11 Wuyii yɛn maa sɛ wonkum yɛn sɛ nguan na woahwete yɛn wɔ amanaman no mu.
तपाईंले हामीलाई मार्न लगिएका भेडाझैं बनाउनुभएको छ र हामीलाई जातिहरूका माझमा तितरबितर पार्नुभएको छ ।
12 Wotɔn wo nkurɔfo fofoofow, na woannya mfaso biara amfi mu.
तपाईंले आफ्ना मानिसहरूलाई सित्तैंमा बेच्नुभएको छ, यसो गरेर तपाईंले आफ्नो सम्पत्ति वृद्धि गर्नुभएको छैन ।
13 Woayɛ yɛn ahohorade ama yɛn afipamfo, animtiaabude ne aserewde ama wɔn a wɔatwa yɛn ho ahyia.
तपाईंले हामीलाई हाम्रो छिमेकीहरूको हप्की बनाउनुन्छ, हाम्रा वरिपरिकाहरूले गिल्ला र खिसी गरे ।
14 Woayɛ yɛn kasabebui wɔ aman no mu na nnipa no wosow wɔn ti de gu yɛn so.
तपाईंले हामीलाई जातिहरूका माझमा अपमान, मानिसहरूले घृणाले शिर हल्लाउने बनाउनुहुन्छ ।
15 Mʼanimguase di mʼanim daa, na aniwu akata mʼanim,
दिनभरि मेरि अनादर मेरो सामु हुन्छ र मेरो मुहारको लाजले मलाई ढाकेको छ,
16 esiane wɔn a wɔbɔ me ahohora na wɔkasa tia me de yi me ahi, esiane ɔtamfo a nʼani abere sɛ ɔbɛtɔ were no nti.
हप्काउने र अपमान गर्ने सोरको कारणले, शत्रुहरू र बदला लिनेहरूको कारणले ।
17 Eyinom nyinaa too yɛn de, nanso yɛn werɛ mfii wo, na yemmuu wʼapam no nso so ɛ.
यी सबै कुरा हामीमा हुन आएका छन् । तापनि हामीले तपाईंलाई बिर्सेका वा तपाईंको करारसँग झुटो किसिमले व्यवहार गरेका छैनौं ।
18 Yɛn koma ntwe mfii wo ho; na yɛn anan nso mman mfii wo kwan so ɛ.
हाम्रो हृदय बरालिएको छैन । हाम्रा कदमहरू तपाईको मार्गबाट भड्किएका छैनन् ।
19 Nanso wodwerɛw yɛn yɛɛ yɛn sakraman tu na wode sum kabii kataa yɛn so.
तापनि तपाईंले हामीलाई गम्भिर रूपले नष्ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्युको छायाले ढाक्नुभएको छ ।
20 Sɛ na yɛn werɛ afi yɛn Nyankopɔn din anaa sɛ yɛatrɛw yɛn nsam akyerɛ ananafo nyame a,
हामीले आफ्नो परमेश्वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,
21 anka Onyankopɔn behu, efisɛ onim koma mu ahintasɛm.
के परमेश्वर यो कुरा खोजी गर्नुहुन्नथ्यो र? किनकि हृदयका गोप्यताहरू उहाँले जान्नुहुन्छ ।
22 Nanso wo nti wokum yɛn daa nyinaa; wobu yɛn sɛ nguan a wɔrekokum wɔn.
वस्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिंदैछौं । मार्न लगिएका भेडाहरूझै हामी ठानिएका छौं ।
23 Nyan, Awurade! Adɛn nti na woada? Keka wo ho! Nnyaw yɛn hɔ afebɔɔ.
हे परमप्रभु, जाग्नुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्नुहोस् ।
24 Adɛn nti na wode wʼanim ahintaw na wo werɛ fi yɛn ahohia ne nhyɛso?
तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा कष्ट र हाम्रा अत्याचारलाई बिर्सनुहुन्छ?
25 Wɔabrɛ yɛn ase kɔ dɔte mu na yɛn nipadua aka afam dɔte.
किनकि हामी पग्लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।
26 Sɔre bɛboa yɛn; wʼadɔe a ɛnsa da no nti, gye yɛn. Wɔde ma dwonkyerɛfo. Wɔde “lilie” sanku dwontobea na ɛtoe.
हाम्रो सहायताको निम्ति उठ्नुहोस् र आफ्नो करारको विश्वस्तताको निम्ति हाम्रो उद्धार गर्नुहोस् ।