< Mika 2 >

1 Nnome nka wɔn a wɔfa amumɔyɛ ho adwene, wɔn a wɔbɔ pɔw bɔne wɔ wɔn mpa so! Wɔsɔre anɔpa kodi dwuma no, efisɛ wɔwɔ tumi sɛ wɔyɛ.
धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।
2 Wɔn ani bere mfuw, na wogye. Na afi nso wɔfa. Wɔde nyansakorɔn gye nkurɔfo afi, na wɔn agyapade nso wogye.
तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
3 Enti, sɛnea Awurade se ni, “Meredwene amanehunu a etia saa nkurɔfo yi ho na worentumi nyi wo ho mfi mu. Worentumi nnantew ahantan so bio, efisɛ ɛbɛyɛ bere bɔne.
यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
4 Saa da no, nnipa bɛserew mo. Wɔde saa awerɛhow dwom yi bedi mo ho fɛw se: ‘wɔasɛe yɛn koraa; wɔakyekyɛ me nkurɔfo ahode mu. Ogye fi me nsam! Na ɔde yɛn mfuw ma akɔnkɔnsafo.’”
त्यस दिन मानिसहरूले तिमीहरूबारे गीत गाउनेछन्, र विलापको रुवाबासीसहित तिनीहरू विलाप गर्नेछन् । तिनीहरू यसरी गाउनेछन्, ‘हामी इस्राएलीहरू पूर्ण रूपमा नष्‍ट भएका छौँ । परमप्रभुले मेरा मानिसहरूको इलाका परिवर्तन गर्नुहुन्छ । उहाँले कसरी त्यो मबाट हटाउनुहुनेछ? उहाँले हाम्रो भुमि धोका दिनेहरूलाई बाँडिदिनुहुनेछ!’”
5 Enti morennya obi wɔ Awurade asafo mu a ɔde ntontobɔ bɛkyɛ asase no.
यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।
6 “Monnhyɛ nkɔm,” saa na wɔn nkɔmhyɛfo no ka. “Monnhyɛ saa nneɛma yi ho nkɔm; animguase rento yɛn.”
“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”
7 Mo Yakobfi, so wɔnka se, “Awurade Honhom nni boasetɔ ana? Ɔyɛ nneɛma a ɛte sɛɛ ana? “Ne nsɛm nyɛ nea nʼakwan teɛ no yiye ana?
याकूबको घराना, के साँच्‍चै यस्तो भनिनुपर्छ, “के परमप्रभुको आत्मा रिसाउनुभएको छ? के यी उहाँका कामहरू हुन्?” के सिधा हिँड्ने मानिसको निम्ति मेरो वचनले असल काम गर्दैन र?
8 Akyiri no me nkurɔfo asɔre te sɛ ɔtamfo. Moworɔw ntade pa fi wɔn a wɔretwa mu a ɛmfa mo ho, ma wɔyɛ te sɛ asraafo a wofi akono.
अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ ।
9 Mopam mmea a wɔwɔ me nkurɔfo mu fi wɔn afi afɛɛfɛ mu. Mugye me nhyira fi wɔn mma nsam afebɔɔ.
तिमीहरूले मेरा मानिसहरूका स्‍त्रीहरूलाई तिनीहरूका सुखद घरहरूबाट निकाल्‍दछौ; तिनीहरूका साना छोराछोरीहरूबाट मेरो आशिषलाई तिमीहरू सदाको निम्ति खोस्दछौ ।
10 Sɔre, fi ha kɔ! Ha nyɛ faako a wɔhome, efisɛ ho agu fi, Wɔasɛe no, na ɛrenyɛ yiye bio.
उठ र जाओ, किनभने त्यसको अशुद्धताको कारण यो ठाउँ तिमीहरू बस्‍न मिल्‍ने ठाउँ होइन । त्यो पूर्ण रूपमा सर्वनाश भएको छ ।
11 Sɛ ɔtorofo ne ɔdaadaafo ba bɛka se, ‘Mɛhyɛ nkɔm ama moanya nsa bebree a’ ɔbɛyɛ odiyifo a saa nkurɔfo yi pɛ.”
यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।
12 “Mɛboaboa mo nyinaa ano Yakob; nokware mɛka Israel nkae no nyinaa abɔ mu. Mɛka wɔn abɔ mu te sɛ nguan a wogu nguannan mu, te sɛ nguankuw a wɔwɔ adidibea; nnipa bɛhyɛ beae hɔ manyamanya.
याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई एकसाथ भेला गराउनेछु । म निश्‍चय नै इस्राएलका बाँकी रहेकाहरूलाई एकसाथ भेला गराउनेछु । गोठको भेडाझैँ, तिनीहरूको खर्कको बिचमा भएको बगालझैँ म तिनीहरूलाई एकसाथ ल्याउनेछु । मानिसहरूको ठुलो सङ्ख्याको कारण त्यहाँ ठुलो आवाज हुनेछ ।
13 Nea obue ɔkwan no bedi wɔn anim; wobebu apon no na wɔafi akɔ. Wɔn Hene no bɛsen adi wɔn anim, Awurade bɛyɛ wɔn ti.”
तिनीहरूका निम्ति मार्ग खुला गरिदिनेचाहिँ तिनीहरूभन्दा अगि जानेछ । तिनीहरू ढोका भत्‍काएर बाहिर जान्छन्, र तिनीहरूका राजा तिनीहरूभन्दा अगाडि जानेछन् । तिनीहरू सबैभन्दा अगाडि परमप्रभु हुनुहुनेछ ।

< Mika 2 >