< 3 Mose 25 >
1 Mose wɔ Sinai Bepɔw so no, Awurade ka kyerɛɛ no se,
परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्नुभयो,
2 “Ka kyerɛ Israelfo no se, ‘Sɛ mudu asase a mede rebɛma mo no so a, mfe ason biara, momma asase no nya Awurade mu homeda.
“इस्राएलका मानिसहरूलाई भन्, ‘मैले तिमीहरूलाई दिने देशमा पुगेपछि परमप्रभुको निम्ति भूमिले पनि शबाथ मानोस् ।
3 Momfa mfe asia nnua mo nnɔbae wɔ mo mfuw mu na munyiyi mo bobe nturo mu na muntwa mo nnɔbae.
तिमीहरूले छ वर्षसम्म आफ्नो भूमिमा बाली लगाउनू, र छ वर्षसम्म आफ्नो दाखबारी छिँवल्नू र फसल बटुल्नू ।
4 Na mfe ason so no, asase no nna hɔ kwa wɔ Awurade anim. Monnyɛ so hwee. Munnnua so aba. Afe no nyinaa mu, munnyiyi mo bobe nturo no mu.
तर सातौँ वर्षमा परमप्रभुको निम्ति भूमिले पनि पवित्र शबाथ मानोस् । आफ्नो भूमिमा बाली नलगाउनू वा आफ्नो दाखबारी नछिँवल्नू ।
5 Na aba biara a ebefifi no, monntew mfa, na bobe no nso, mommmoaboa ano mfa. Efisɛ ɛyɛ afe a ɛsɛ sɛ asase no home.
आफै उम्रेको फसल वा नछिँवलेको बोटबाट दाखको कटनी नगर्नू । योचाहिँ भूमिको निम्ति एक वर्षका लागि पवित्र विश्राम होस् ।
6 Nanso aba biara a asase no bɛma saa afe no bɛyɛ aduan ama wo ne wʼakoa, wʼafenaa, wo paani ne wo hɔho,
शबाथको वर्षमा खन-जोत नगरिएको भूमिले जे उब्जाउँछ त्यो नै तिमीहरूका निम्ति भोजन हुने छ । तिमीहरू, तिमीहरूका कमारा-कमारीहरू, तिमीहरूले ज्यालामा काममा लगाएका नोकरहरू र तिमीहरूसँग बसोबास गर्ने परदेशीहरूले ती भोजन बटुल्न सक्छन्,
7 wo nyɛmmoa ne wuram mmoa a ɛwɔ asase no so nyinaa. Munni biribiara a asase no bɛma biara.
र तिमीहरूका गाईवस्तु, र जङ्गली पशुहरूले पनि भूमिले जे उब्जाउँछ त्यही खाने छन् ।
8 “‘Bubu Homeda mfe ason, mfe ason ahorow ason, na wubenya mfe aduanan akron.
तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू अर्थात् सात गुणा सात वर्ष गरी उनन्चास वर्ष गन्नू ।
9 Afei, ɔsram a ɛto so ason no da du no yɛ Mpata Da. Monhyɛn torobɛnto wɔ baabiara. Mpata Da no, monhyɛn torobɛnto no denneennen nkyɛ wɔ ɔman no mu baabiara.
त्यसपछि सातौँ महिनाको दसौँ दिनमा तिमीहरूले सबै ठाउँमा ठुलो आवाजमा तुरही बजाउनू । प्रायश्चित्तको दिनमा तिमीहरूले आफ्ना सारा भूमिभरि तुरही बजाउनू ।
10 Montew mfe aduonum no ho na mompae ahofadi mma wɔn a wɔtete asase no so mmaa nyinaa. Ɛbɛyɛ mfirihyia aduonum afahyɛ ama mo, na mo mu biara bɛsan akɔ asase a wɔde ama mo agyanom no so, na moakɔka mo abusuafo ho.
तिमीहरूले पचासौँ वर्ष परमप्रभुका निम्ति अलग गर्नू र सारा भूमिमा सबै बासिन्दाहरूबिच स्वतन्त्रताको घोषणा गर्नू । यो तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष होस्, जुन वर्ष सम्पत्ति र दास तिनीहरूका परिवारहरूमा फिर्ता गरिने छन् ।
11 Mfe aduonum so no bɛyɛ mfirihyia aduonum afahyɛ ama mo; munnnua biribiara na munntwa nnɔbae biara, na bobe a moadua nso, monntew so aba.
पचासौँ वर्ष तिमीहरूका निम्ति पुनर्स्थापनाको वर्ष हुने छ । तिमीहरूले बाली नलगाउनू र कटनी पनि नगर्नू । आफै उम्रेका, र नछिँवलेका बोटहरूका दाखहरू तिमीहरूले खानू ।
12 Efisɛ ɛyɛ mfirihyia aduonum afahyɛ, na ɛsɛ sɛ ɛyɛ sononko na ɛho tew. Munni nea munya fi asase no mu nko ara.
यो पुनर्स्थापनाको वर्ष भएको हुनाले यो तिमीहरूका निम्ति पवित्र हुने छ । भूमिमा आफै उम्रेका कुराहरू तिमीहरूले खानू ।
13 “‘Saa mfirihyia aduonum afahyɛ yi, obiara bɛkɔ asase a wɔde maa nʼagyanom no so.
पुनर्स्थापनाको वर्षमा सबैलाई आफ्नै जग्गाजमिनमा फर्काउनू ।
14 “‘Sɛ wo ne wo yɔnko yɛ nhyehyɛe a wonam so retɔ anaa woretɔn agyapade bi a, ɛnsɛ sɛ obi sisi ne yɔnko.
तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्गा बेच्दा वा आफ्नो छिमेकीबाट जग्गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।
15 Sɛ woretɔ asase afi wo yɔnko nkyɛn a, mobɛkan mfe dodow no so fa afi Mfirihyia Aduonum Afahyɛ a etwaa mu no. Ɔdetɔnfo no begye wo bo a egyina mfe dodow a aka ansa na mfirihyia aduonum afahyɛ a ɛreba no.
आफ्नो छिमेकीबाट जग्गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू र बालीहरूलाई ध्यानमा राख्नू । जग्गा बेच्न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस् ।
16 Mfe no dodow na ɛma ɛbo no kɔ soro. Saa ara nso na mfe kakra bi ma ɛbo no kɔ fam. Eyinom nyinaa mu no, onipa a ɔretɔn asase no retɔn otwa dodow a wobetwa afi asase no so.
अर्को पुनर्स्थापनाको वर्षसम्म जति धेरै वर्ष बाँकी रहन्छ त्यति नै जग्गाको मूल्य बढी हुने छ, र अर्को पुनर्स्थापनाको वर्षसम्म जति थोरै वर्ष बाँकी रहन्छ त्यति नै जग्गाको मूल्य कम हुने छ, किनभने नयाँ मालिकको निम्ति कटनीको सङ्ख्या अर्को पुनर्स्थापनाको वर्ष आउन बाँकी वर्षहरूमा आधारित हुन्छ ।
17 Munsuro mo Nyankopɔn na obi ansisi ne yɔnko. Na mene Awurade.
तिमीहरूले एक-अर्कालाई धोका नदिनू, बरु तिमीहरूले आफ्ना परमेश्वरको मान गर्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
18 “‘Sɛ mopɛ sɛ motena asase no so asomdwoe mu de a, munni me mmara so.
यसैले तिमीहरूले मेरा आज्ञाहरू मान्नू, मेरा नियमहरू पालन गर्नू र तीअनुसार चल्नू । अनि तिमीहरू आफ्नो देशमा सुरक्षित भई जिउने छौ ।
19 Sɛ moyɛ osetie a, aduan bebu so wɔ asase no so na moadi amee wɔ asomdwoe mu.
भूमिले आफ्नो उब्जनी दिने छ, र तिमीहरूले प्रशस्त मात्रामा खाने छौ र त्यहाँ सुरक्षित भएर जिउने छौ ।
20 Mubebisa se, “Na sɛ wose yennnua anaa yenntwa saa afe no so a, dɛn na yebedi wɔ mfe ason no so no?”
तिमीहरूले भनौला, “सातौँ वर्षमा हामीले के खाने छौँ? हेर्नुहोस्, हामीले न त बाली लगाउन सक्छौँ, न फसल कटनी गर्न सक्छौँ ।”
21 Mmuae ara ne sɛ, mfe asia no so, mehyira mo ama nnɔbae aba abu so kosi sɛ mubetwa mfe awotwe mu nnɔbae no.
छैटौँ वर्षमा तिमीहरूमाथि म मेरो आशिष् बर्साउने छु, र भूमिले तिन वर्षसम्म पुग्ने फसल उब्जाउने छ ।
22 Sɛ mudua nnɔbae wɔ mfe awotwe no mu a, mobɛkɔ so adi afe a etwaa mu no mu nnuan. Nokware, nnuan dedaw no na mubedi akosi sɛ otwabere bedu so mfe akron no mu.
आठौँ वर्षमा तिमीहरूले बाली लगाउने छौ र तिमीहरूले अगिल्लो वर्षको उब्जनी र भण्डार गरिएको उब्जनीबाट नै खानू । नवौँ वर्षको कटनी गरिएको फसल नआउँदासम्म अगिल्ला वर्षहरूमा भण्डार गरिएका उब्जनीहरूबाट तिमीहरूले खान सक्ने छौ ।
23 “‘Na monkae sɛ asase no yɛ me dea enti munni ho kwan sɛ motɔn no afebɔɔ. Moyɛ ahɔho na meyɛ asase wura ma mo.
कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ ।
24 Asasetɔn mu no, ɛsɛ sɛ moyɛ nhyehyɛe sɛ asasetɔnfo no tumi san begye asase no bere biara.
तिमीहरूले हासिल गरेका सबै जग्गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्गा किन्यौ त्यही परिवारलाई त्यो जग्गा किन्ने मौका दिनू ।
25 “‘Sɛ ohia hia obi ma ɔtɔn nʼasase fa bi a, nʼabusuafo tumi begye.
यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्न सक्ने छ ।
26 Sɛ onni obi a obegye ama no na sɛ ɔno ankasa nya sika a,
यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,
27 wɔbɛsese ɛso nnɔbae a wɔatwa ansa na Ahosɛpɛw Afe no reba na wɔagyina so atua ka no, na nea ɔtɔe no nso adan asase no ama no.
त्यसले त्यो जग्गा बेचेपछि बितेका वर्षहरू गनोस् र त्यसले जुन मानिसलाई त्यो जग्गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् । त्यसपछि त्यो आफ्नै जग्गाजमिनमा फर्कन सक्छ ।
28 Na sɛ nea asase no yɛ ne de no ankasa antumi annye a, ɛno de, ɛbɛyɛ nea ɔtɔ no dea ara kosi Mfirihyia Aduonum Afahyɛ no, na nea ɔtɔe no de onipa no ade asan ama no.
तर यदि त्यसले आफ्नो लागि त्यो जग्गा फिर्ता लिन सकेन भने, त्यसले बेचेको जग्गा पुनर्स्थापनाको वर्षसम्म जग्गा किन्ने मानिसको स्वामित्वमा हुने छ । पुनर्स्थापनाको वर्षको अन्त्यमा जग्गा बेच्ने मानिसकहाँ नै त्यो जग्गा फर्काइन्छ, र त्यसको जग्गाधनी आफ्नै जग्गाजमिनमा फर्कने छ ।
29 “‘Sɛ obi tɔn ofi wɔ kurom a, ɔwɔ afe a otumi san gye nʼade a biribiara nsiw no ho kwan.
यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्न सक्ने छ । एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने छ ।
30 Na sɛ afe no mu wantumi annye a, ɛbɛyɛ nea ɔtɔe no de korakora. Ɔrensan mfa mma onipa a kan no na ɛyɛ ne dea no wɔ Ahosɛpɛw Afe no mu.
यदि एक वर्षसम्म त्यसले त्यो घर फुकाउन सकेन भने, पर्खाल लगाएको सहरभित्रको घर, खरिद गर्ने मानिस र त्यसका वंशको स्थायी सम्पत्ति हुने छ । त्यो पुनर्स्थापनाको वर्षमा फिर्ता गर्नुपर्दैन ।
31 Nanso akuraa dan a wɔntoo ɔfasu ntwaa ho nhyiae te sɛ agyapade a ɛwɔ wuram de, wotumi san kogye no bere biara, na Mfe Aduonum Afahyɛ mu no, ɛsɛ sɛ wɔsan de ma ne wura ankasa.
तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्गासरह मानिने छ । ती फुकाउन सकिने छ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने छ ।
32 “‘Asɛm baako bi na ɛnka ho. Lewifo afi a ɛwɔ nkurow a wɔde afasu atwa ho mu no, wotumi san gye no bere biara.
तथापि, लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिने छ ।
33 Enti Lewifo de, wotumi gye wɔn agyapade; wɔn kurow biara mu ofi a wɔtɔnee, ɛsɛ sɛ wɔdan ma wɔn wuranom wɔ Ahosɛpɛw Afe no mu, efisɛ afi no yɛ wɔn dea.
यदि लेवीहरूमध्ये कसैले आफूले बेचेको घर फुकाएन भने, सहरमा बेचिएको घर पुनर्स्थापनाको वर्षमा फिर्ता गरिनुपर्ने छ, किनभने इस्राएलका मानिसहरूमध्ये लेवीहरूका सहरहरूभित्र भएका घरहरू तिनीहरूको सम्पत्ति हो ।
34 Ɛnsɛ sɛ wɔtɔn nsase a atwa Lewifo no nkurow ho ahyia, efisɛ eyinom yɛ wɔn agyapade afebɔɔ a ɛnsɛ sɛ wɔne obiara kyɛ.
तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।
35 “‘Sɛ ohia hia wo nua a, ɛsɛ sɛ woboa no; ma no mmra ma ɔmmɛtena hɔ bi.
यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू ।
36 Suro wo Nyankopɔn na ma wo nua ntena wo nkyɛn; na sɛ wobɔ no bosea a, nnye no ho mfɛntom.
त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् ।
37 Kae sɛ worennye ho mfɛntom biara; na ma no biribiara a ɛho hia no na ɛnyɛ wo ka. Mpɛ mfaso!
तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्नू ।
38 Efisɛ me Awurade a meyɛ mo Nyankopɔn no yii mo fii Misraim de Kanaan asase maa mo sɛnea mɛyɛ mo Nyankopɔn.
तिमीहरूलाई कनान देश दिन र तिमीहरूका परमेश्वर हुनको निम्ति तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूका परमेश्वर म नै हुँ ।
39 “‘Sɛ ohia hia wo yɔnko Israelni na ɔtɔn ne ho ma wo a, nhyɛ ne so sɛ ɔdɔnkɔ;
यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू ।
40 na mmom, yɛ no sɛ obi a wutua no ne som a ɔsom ho ka, anaa fa no sɛ wo hɔho na ɔnsom wo nkosi Mfirihyia Aduonum Afahyɛ no.
त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू । तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुने छ । पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्ने छ ।
41 Edu saa bere no a, ɔne ne mma nyinaa tumi tu de wɔn agyapade nyinaa kɔ wɔn abusuafo nkyɛn.
त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् ।
42 Efisɛ Israelfo no yɛ mʼasomfo a mede wɔn fi Misraim asase so bae; ɛnsɛ sɛ wɔtɔn wɔn sɛ nkoa.
किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्रदेशबाट बाहिर ल्याएँ । तिनीहरू दासहरूझैँ बेचिने छैनन् ।
43 Mommfa atirimɔden nni wɔn so; munsuro mo Nyankopɔn.
तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू, तर तिमीहरूले आफ्नो परमेश्वरको मान गर्नू ।
44 “‘Nanso mubetumi atɔ asomfo afi aman afoforo a atwa mo ho ahyia no so.
तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास-दासीहरू तिमीहरूले प्राप्त गर्न सक्यौ भने, तिमीहरूले तिनीहरूबाट दासहरू किन्न सक्ने छौ ।
45 Saa ara nso na mutumi tɔ ahɔho a mo ne wɔn te no mma a ɛmfa ho sɛ wɔte mo mu.
तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्न सक्छन् ।
46 Mubetumi ayɛ wɔn nkoa afebɔɔ ama mo ne mo nkyirimma, nanso mo nuanom Israelfo no de, ɛnsɛ sɛ moyɛ wɔn saa.
तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।
47 “‘Sɛ ɔhɔho a ɔte mo mu no bɛyɛ ɔdefo, na sɛ Israelni di hia, na ɔtɔn ne ho ma ɔhɔho no anaa ɔhɔho no abusuafo a,
यदि कुनै परदेशी वा तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिस धनी भयो, र तिमीहरूमध्येको कुनै एउटा सङ्गी-इस्राएली गरिब भएर त्यसले आफैलाई त्यो परदेशी वा त्यस परदेशीको परिवारमा कसैकहाँ आफैलाई बेच्यो भने,
48 ɔwɔ kwan sɛ wogye no wɔ ne tɔn akyi; ne nuanom bi tumi begye no.
तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने छ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ ।
49 Saa ara nso na ne wɔfa, ne wɔfaase anaa ne ho nipa bi a ɔbɛn no tumi gye no ara ne no. Sɛ ɔno ara nso benya sika a, otumi de begye ne ho.
त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्ने छ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्ने छ ।
50 Ne ho a obegye no gyina mfe a aka na Mfirihyia Aduonum Afahyɛ no adu ne sika dodow a sɛ anka wɔde kɔfaa ɔsomfo a, anka obegye saa mfe a aka no mu no so.
त्यसलाई किनेको मानिससँग त्यसले मोल-तोल गरोस्, र त्यसले आफैलाई त्यो खरिद गर्ने मानिसकहाँ बेचेको वर्षदेखि पुनर्स्थापनाको वर्षसम्म कति वर्ष हुने रहेछ भनेर तिनीहरूले गनून् । त्यसलाई किन्ने मानिसकहाँ त्यसले जति वर्ष काम गरिरहने छ, ती वर्षहरूका निम्ति कुनै ज्यालामा राखिने नोकरलाई तिरिने दरलाई ध्यानमा राखी त्यसको छुटकाराको मोल तय गरियोस् ।
51 Sɛ aka mfe pii ansa na Ahosɛpɛw Afe no aso a, obetua sika a ogyee wɔ bere a ɔtɔn ne ho no nyinaa.
पुनर्स्थापनाको वर्ष आउन अझै धेरै वर्ष बाँकी छ भने, ती वर्षहरूका आधारमा आफ्नो छुटकाराको रकम तिरोस् ।
52 Sɛ mfe no pii atwam ama aka kakra na Mfirihyia Aduonum Afahyɛ no adu a, ɛno de, obetua sika a ogyee bere a ɔtɔn ne ho no mu kakraa bi.
यदि पुनर्स्थापनाको वर्ष आउन थोरै मात्र समय रहेको छ भने, पुनर्स्थापनाको वर्ष आउनअगि बाँकी रहेका वर्षहरू त्यसलाई खरिद गर्नेसँग त्यसले मोल-तोल गरोस्, र ती वर्षहरूअनुसार त्यसले आफ्नो छुटकाराको निम्ति तिरोस् ।
53 Sɛ ɔtɔn ne ho ma ɔhɔho a, ɔhɔho no bɛfa no sɛ ne somfo a otua no ka. Ɛnsɛ sɛ ɔfa no sɛ ne somfo koraa anaa nʼagyapade.
वर्ष-वर्षको निम्ति ज्यालामा लगाइएको मानिसझैँ त्यससँग व्यवहार गर्नू । त्यसलाई कठोरतासाथ व्यवहार नगर्नू ।
54 “‘Sɛ Mfirihyia Aduonum Afahyɛ no du na wonnyee no a, wobegyaa ɔne ne mma nyinaa,
यी तरिकाहरूबाट त्यसको छुटकारा हुन सकेन भने, त्यो र त्यसका छोराछोरीहरूले पुनर्स्थापनाको वर्षसम्म सेवा गरून् ।
55 efisɛ wɔyɛ mʼasomfo. Mede wɔn fi Misraim na ɛbae. Mene Awurade mo Nyankopɔn no.
मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्वर हुँ’ ।”