< Yoɛl 1 >
1 Awurade asɛm a ɛbaa Petuel babarima Yoel so ni.
पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
2 Muntie saa asɛm yi, mo mpanyimfo; muntie, mo a mote asase no so nyinaa. Asɛm bi a ɛte sɛɛ asi mo mmere so anaa mo mpanyimfo mmere so pɛn?
ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
3 Monka nkyerɛ mo mma, na mo mma nso nka nkyerɛ wɔn mma na wɔn mma nso nka nkyerɛ awo ntoatoaso a edi so no.
यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
4 Nea mmoadabikuw no gyawee no, mmoadabi akɛse no awe; nea mmoadabi akɛse no gyawee no, mmoadabi nkumaa no awe; nea mmoadabi nkumaa no gyawee no, mmoadabi afoforo awe.
बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्याङ्ग्राले खाएका छन्, र फट्याङ्ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्किराले खाएका छन् ।
5 Mo asabowfo, munnyan, na munsu! Mo a monom bobesa nyinaa, muntwa adwo; muntwa adwo, nsa foforo no nti, efisɛ wɔahuam afi mo ano.
ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
6 Ɔman bi atu mʼasase so sa; dɔm a wɔyɛ den na wontumi nkan wɔn; wɔn se te sɛ gyata se na wɔwɔ gyatabere sebɔmmɔfo.
किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।
7 Wasɛe me bobe ne me borɔdɔma nnua. Wawaawae nnua no ho bona, atow agu agyaw ne mman ho fitaa.
त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
8 Di awerɛhow sɛ ababaa a ofura atweaatam na ɔresu ne kunu a ɔwaree no ne mmabaabere mu.
आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
9 Aduan ne ahwiesa afɔrebɔde, wɔayi afi Awurade fi. Asɔfo no retwa adwo, wɔn a wɔsom wɔ Awurade anim no.
परमप्रभुको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।
10 Mfuw asɛe, asase no so awo wosee aduan no asɛe nsa foforo no ayow ngo nyinaa asa.
खेतहरू सखाप पारिएका छन्, र अन्नहरू नष्ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।
11 Mo ani nwu, mo akuafo, muntwa adwo, mo a mudua bobe; Munsi apini mma awi ne atoko, efisɛ otwabere no asɛe.
ए किसानहरू हो, लज्जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
12 Bobe no akisa na borɔdɔma nnua no awuwu. Atoaa nnua, mmedua, aprɛ ne nnua a ɛwɔ mfuw no so nyinaa ahyew. Nokware, anigye a nnipa wɔ no atu ayera.
दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
13 Mumfura atweaatam na munni awerɛhow, asɔfo; mo a mosom wɔ afɔremuka anim, muntwa adwo. Mumfura atweaatam mmesi pɛ, mo a mosom wɔ Onyankopɔn anim; efisɛ aduan ne ahwiesa afɔrebɔde no to atwa wɔ Onyankopɔn fi.
ए पुजारीहरू हो, भाङ्ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्वरको मन्दिरबाट अन्नबलि र अर्घबलि हटाइएका छन् ।
14 Mommɔ mmuadadi kronkron ho dawuru; momfrɛ nhyiamu kronkron. Momfrɛ mpanyimfo ne wɔn a wɔte asase no so nyinaa mmra Awurade mo Nyankopɔn fi na wommesu mfrɛ Awurade.
पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्हान गर । परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
15 A, da no de! Awurade da no abɛn; Ɛbɛba sɛ ɔsɛe a efi Otumfo hɔ.
हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्बाट विनाश आउनेछ ।
16 So aduan ho nkɔɔ wɛn, a yɛani tua, anigye ne ahosɛpɛw to atwa wɔ yɛn Nyankopɔn fi ana?
के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्वरको मन्दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?
17 Aba no wu wɔ asase wosee mu, adekoradan abubu, aburowpata nso so nni mfaso, efisɛ nnuan no ahyew.
माटोका डल्लामुनि बीउहरू सडे, भण्डारहरू उजाड भए, र अन्नका भकारीहरू भत्काइए, किनकि अन्न सुकेको छ ।
18 Sɛnea anantwi su! na anantwikuw kyinkyin kwa. Nguankuw mpo rebrɛ efisɛ wonni didibea.
पशुहरू कसरी विलाप् गर्छन्! पाल्तु पशुका बथानहरूले कष्ट भोग्दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्ट भोग्दैछन् ।
19 Awurade, wo na misu frɛ wo, efisɛ ogya ahyew sare so adidibea, na ogyatannaa ahyew mfuw no so nnua nyinaa.
हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
20 Wuram mmoa mpo pere hwehwɛ wo. Nsuwansuwa ayoyow, na ogya ahyew sare so adidibea.
जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्पिन्छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्थानका खर्कहरूलाई आगोले भस्म पारेको छ ।