< Hiob 28 >

1 “Beae a wotu dwetɛ wɔ hɔ ne beae a wɔnan sika kɔkɔɔ.
निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।
2 Wotu dade fi fam, na wɔnan kɔbere fi dadebo mu.
फलामलाई जमिनबाट बाहिर निकालिन्छ । धातु पगालेर तामा निकालिन्‍छ ।
3 Onipa ma sum ba awiei; na ɔhwehwɛ kɔ akyirikyiri asase mu kɔhwehwɛ dadebo wɔ sum kabii mu.
एक जना मानिसले अन्धकारलाई हटाउँछ, अँध्‍यारो अनि घोर अन्‍धकारमा, पल्‍लो छेउसम्‍म खानिजको खोजी गर्छ ।
4 Wɔde fagudetu afiri hyɛ beae a ɛmmɛn ɔdesani atenae, mmeae a nnipa anan nsii hɔ da, baabi a ɛmmɛn nnipa no, ɛhɔ na wodi aforosian.
मानिसहरू बसेका ठाउँभन्दा धेरै टाढा, वा कसैको खुट्टाले नटेकेको ठाउँमा, खानीमा तल जाने एउटा सुरुङ् उसले बनाउँछ । मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ । ऊ यताउता हल्लिन्छ ।
5 Asase a ɛbɔ aduan no, wɔdan ase no te sɛ nea wɔde ogya na ayɛ;
जमिनमा खद्यान्‍न उत्‍पादन हुन्‍छ भने, मुनिपट्टि यसमा आगो बलिरहेको हुन्‍छ ।
6 hoabo fi nʼabotan mu na sikakɔkɔɔ mpɔw nso wɔ ne mfutuma mu.
यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।
7 Ɔkɔre biara nnim saa kwan a ahintaw no, akoroma biara ani nhuu ɛ.
कुनै पनि सिकारी चरालाई त्यहाँ जाने बाटो थाहा हुँदैन, न त बाजको आँखाले त्‍यसलाई देखेको छ ।
8 Mmoa ahantanfo nsi hɔ na gyata nkɔdɛɛdɛɛ wɔ hɔ.
रवाफिला पशुहरू यस्तो बाटोमा हिंडेका हुँदैनन्, न त हिंस्रक सिंह त्यहाँबाट गएको छ ।
9 Onipa nsa paapae abotan dennen na ɔma mmepɔw ase da hɔ.
एक जना मानिसले आफ्नो हातले दर्शनढुङ्गा काट्‍छ । उसले पहाडहरूलाई फेदैदेखि पल्टाउँछ ।
10 Otwa aka fa abotan mu, na ohu nʼademude nyinaa.
उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ ।
11 Ɔhwehwɛ baabi a nsubɔnten ti wɔ na ɔda nneɛma a ahintaw adi.
उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।
12 “Nanso ɛhe na yebehu nea nyansa hyɛ? Ɛhe na ntease te?
बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?
13 Onipa renhu ne bo a ɛsom; wɔrenhu wɔ ateasefo asase so.
मानिसलाई यसको मूल्य थाहा छैन, न त यो जीवितहरूको देशमा पाइन्छ ।
14 Na ebun ka se, ‘Enni me mu’; na po nso se, ‘Enni me nkyɛn.’
पृथ्वीमुनि रहेको गहिरो पानीले भन्छ, 'त्यो ममा छैन ।' समुद्रले भन्छ, 'त्यो मसित छैन ।'
15 Wɔrentumi mfa sikakɔkɔɔ ankasa ntɔ, na wɔrentumi mfa dwetɛ nkari ne bo.
सुनले त्यसलाई किन्‍न सकिंदैन, न त यसको मूल्यको रुपमा चाँदी जोख्‍न नै सकिन्‍छ ।
16 Wɔrentumi mfa Ofir sikakɔkɔɔ ntɔ apopobibiribo anaa hoabo nso saa ara.
ओपीरको सुनसित त्यसको मूल्य दाँज्न सकिंदैन, न त बहुमूल्य आनिक्स वा नीरसित सकिन्छ ।
17 Wɔrentumi mfa ahwehwɛ anaa sikakɔkɔɔ ntoto ho, na wɔrentumi mfa sikakɔkɔɔ nnwinne nsesa.
सुन र स्फटिक त्यसको बराबरी हुन सक्‍दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ ।
18 Ɛnsɛ sɛ yɛbɔ ahene panyin ne ahwehwɛbo din; nyansa bo sen nhene pa.
मूगा र बिल्लौरको त चर्चा नै गर्नुपर्दैन । वास्तवमा बुद्धिको मूल्य मानिकभन्दा बढी हुन्छ ।
19 Etiopia akraatebo ne no nsɛ; wɔrentumi mfa sikakɔkɔɔ kronkron ntɔ.
कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्‍य तोक्‍न सकिन्छ ।
20 “Ɛno de, na ɛhe na nyansa fi? Ɛhe na ntease te?
तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ?
21 Wɔde asie abɔde biara ani, wɔde asie wim nnomaa mpo.
बुद्धिलाई सबै जीवित प्राणीहरूको दृष्‍टिबाट लुकाइएको छ, र आकाशका चराहरूबाट लुकाएर राखिएको छ ।
22 Ɔsɛe ne Owu ka se, ‘Yɛate no huhuhuhu kɛkɛ.’
विनाश र मृत्युले भन्छन्, 'हामीले आफ्‍ना कानले यसको बारेमा हल्ला मात्र सुनेका छौं ।'
23 Onyankopɔn te ɔkwan a ɛkɔ hɔ ase, na ɔno nko ara na onim faako a ɛte,
कसरी यसलाई पाउने हो परमेश्‍वरले बुझ्‍नुहुन्‍छ । यसको बासस्थान उहाँलाई थाहा छ ।
24 efisɛ ɔhwɛ kodu nsase ano na ohu biribiara a ɛwɔ ɔsoro ase.
किनकि उहाँले पृथ्वीको पल्‍लो कुनामा हेर्नुहुन्छ, सबै आकाशमण्‍डलको मुनि हेर्नुहुन्छ ।
25 Bere a ɔhyɛɛ mframa ano den too hɔ na osusuw nsuwa no,
उहाँले नै बतासको शक्ति बनाउनुभयो, र पानीलाई नापेर पोको पारेर पठाउनुभयो ।
26 bere a ɔkaa no ɔhyɛ so kyerɛɛ osutɔ na otwaa kwan maa aprannaa no,
उहाँले झरी परोस् भनी आदेश दिनुभयो, र गर्जनको मार्ग बनाउनुभयो ।
27 afei ɔhwɛɛ nyansa na ɔkarii no hwɛe; na ogyee no too mu na ɔsɔɔ no hwɛe.
तब उहाँले बुद्धि देख्‍नुभयो, र यसको घोषणा गर्नुभयो । वास्तवमा उहाँले नै यसको स्थापना गर्नुभयो, र जाँच्नुभयो ।
28 Na ɔka kyerɛɛ onipa se, ‘Awurade suro, ɛno ne nyansa; na sɛ wokyi bɔne, yɛ ntease.’”
मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”

< Hiob 28 >