< Yeremia 8 >
1 “‘Saa bere no, sɛnea Awurade se ni, wobeyiyi Yuda ahemfo ne adwumayɛfo nnompe, asɔfo ne adiyifo nnompe ne Yerusalemfo nnompe afi wɔn nna mu.
“यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्डीहरू निकाल्नेछन् ।
2 Wɔbɛsɛw no kɛtɛ wɔ owia ne ɔsram ne ɔsorosoro nsoromma nyinaa a wɔdɔe, na wɔsomee, na wodii akyi kɔɔ so abisa na wɔsɔree no ase. Wɔremmoa wɔn ano na wɔrensie wɔn; mmom, wɔbɛyɛ sɛ sumina a egugu fam.
त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।
3 Baabiara a metwa saa ɔman bɔne yi nkae no asu akɔ no, wɔbɛpɛ sɛ wobewu sen sɛ wɔbɛtena nkwa mu, sɛnea Asafo Awurade se ni.’
हरेक बाँकी रहेको ठाउँ जहाँ मैले तनीहरूलाई धपाएको छु, त्यहाँ तिनीहरूले आफ्नो निम्ति जीवनको साटो मृत्यु रोज्नेछन्, यो सर्वशक्तिमान् परमप्रभुको घोषण हो ।
4 “Ka kyerɛ wɔn se, ‘Nea Awurade se ni: “‘Sɛ nnipa hwe ase a, wɔnsɔre ana? Sɛ onipa dan ne ho a, ɔnsan nʼakyi ana?
त्यसैले तिनीहरूलाई भन्, “परमप्रभु यसो भन्नुहुन्छ, 'के कोही लडेर उठ्दैन र? के कोही हरायो भने त्यो फर्केर आउन खोज्दैन र?
5 Afei adɛn nti na saa nnipa yi adan wɔn ho? Adɛn nti na Yerusalem dan ne ho daa yi? Wokura nnaadaa mu pintinn; na wɔmpɛ sɛ wɔsan wɔn akyi.
यरूशलेमका मानिसहरू किन स्थायी विश्वासहीनतामा तर्केर गएका छन् त? तिनीहरू विश्वासघातमा टाँसिरहन्छन्, र पश्चात्ताप गर्न इन्कार गर्छन् ।
6 Mawɛn mʼaso atie, nanso wɔnnka nea ɛteɛ. Wɔn mu biara nnu ne ho wɔ nʼamumɔyɛ ho, na ɔka se, “Dɛn na mayɛ?” Obiara fa ne kwan te sɛ ɔpɔnkɔ a ɔrepem akɔ akono.
मैले ध्यान दिएँ, र सुनें, तर तिनीहरूले सही कुरा बोलेनन् । आफ्नो दुष्टताको लागि कोही पनि दुःखी भएन, 'मैले के गरेको छु?' भनेर सोध्ने कुनै व्यक्ति छैन । घोडा युद्धमा गएझैं तिनीहरू सबै आफूलाई इच्छा लागेको ठाउँमा जान्छन् ।
7 Mpo aturukuku a ɔwɔ wim nim ne mmere a wɔahyehyɛ ama no, na asukɔnkɔn, asomfena ne agyenkuku hu bere a wotu kɔtena baabi, nanso me nkurɔfo nnim nea Awurade hwehwɛ.
आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् ।
8 “‘Adɛn na mutumi ka se, “Yenim nyansa, efisɛ yɛwɔ Awurade mmara,” wɔ bere a akyerɛwfo kyerɛwdua torofo de atoro adannan mu?
'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्न सक्छौ? वास्तवमा, हेर, शास्त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ ।
9 Anyansafo no anim begu ase; wɔn ho bedwiriw wɔn na afide ayi wɔn. Sɛ wɔapo Awurade asɛm no a, na nyansa bɛn na wɔwɔ?
बुद्धिमान् मानिसहरू लज्जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?
10 Mede wɔn yerenom bɛma mmarima afoforo ne wɔn mfuw nso ama afoforo. Efi akumaa so kosi ɔkɛse so, wɔn nyinaa yɛ adifudepɛfo de pɛ ahonya; adiyifo ne asɔfo te saa, wɔn nyinaa yɛ asisifo.
त्यसैले म तिनीहरूका पत्नीहरू अरूलाई दिनेछु, र तिनीहरूका खेतबारी अधिकार गर्नेहरूलाई म ति दिनेछु, किनकि सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी छन् । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।
11 Wɔtoto me nkurɔfo apirakuru te sɛnea ɛnyɛ hu. Wɔka se, “Asomdwoe, asomdwoe” wɔ mmere a asomdwoe nni hɔ.
शान्ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
12 Wɔn ani wu wɔ wɔn animguase nneyɛe no ho ana? Dabi da, wɔn ani nnwu koraa; wonnim fɛre mpo. Enti wɔbɛtotɔ wɔ atɔfo mu; wɔbɛhwehwe ase, sɛ metwe wɔn aso a, sɛnea Awurade se ni.
तिनीहरूले घृणित कामहरू गर्दा के तिनीहरू लज्जित भए? तिनीहरू लज्जित भएनन् । कसरी शर्म मान्ने भन्ने कुरा पनि तिनीहरूलाई थाहा भएन । त्यसैले पतन भएकाहरूका बिचमा तिनीहरू पतन हुनेछन् । तिनीहरूलाई दण्ड दिइँदा तिनीहरू तल खसालिने छन्, परमप्रभु भन्नुहुन्छ ।
13 “‘Mɛfa wɔn twabere nnɔbae akɔ, nea Awurade se ni. Aba biara remma bobe nnua no so. Aba biara remma borɔdɔma nnua no so, ɛso nhaban begunguan. Nea mede ama wɔn no, wobegye afi wɔn nsam.’”
म तिनीहरूलाई पूर्ण रूपमा हटाइदिने छु, यो परमप्रभुको घोषणा हो । दाखका बोटहरूमा दाख हुनेछैन, न त अञ्जीरका रुखहरूमा अञ्जीर हुनेछ । किनकि पात सुकेर जानेछ, र मैले तिनीहरूलाई दिएका कुरा हराएर जानेछ ।
14 Adɛn nti na yɛtete ha? Mommoaboa mo ho ano! Momma yenguan nkɔ nkuropɔn a ɛwɔ bammɔ mu na yenkowuwu wɔ hɔ! efisɛ Awurade yɛn Nyankopɔn abu yɛn kumfɔ na wama yɛn nsu a awuduru wɔ mu sɛ yɛnnom, efisɛ yɛayɛ bɔne atia no.
हामी किन यहाँ बसिरहेका छौं? सँगसँगै आओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं, र त्यहाँ हामी मरेर चुप बनौं । किनकि परमप्रभु हाम्रा परमेश्वरले हामीलाई चुप पार्नुहुनेछ । उहाँले हामीलाई विष पिउन लगाउनुहुनेछ किनकि हामीले उहाँको विरुद्धमा पाप गरेका छौं ।
15 Yɛhwɛɛ kwan sɛ yebenya asomdwoe nanso biribi pa biara amfi mu amma, yɛhwɛɛ ayaresabere kwan nanso ehu nko ara na ɛkaa yɛn.
हामी शान्तिको अपेक्षा गर्दैछौं, तर त्यहाँ कुनै असल कुरो हुनेछैन । हामी चङ्गाइको समयको आशा गर्दैछौं, तर त्यहाँ त्रास हुनेछ ।
16 Wɔte atamfo no apɔnkɔ home fii Dan; na wɔn apɔnkɔnini su ma asase no nyinaa wosow. Wɔaba sɛ wɔrebɛsɛe asase no ne so nneɛma nyinaa, kuropɔn no ne wɔn a wɔtete mu nyinaa.
दानबाट त्यसका घोडाहरूको घ्वार-घ्वार आवाज सुनिन्छ । त्यसका शक्तिशाली घोडाहरूको हिनहिनाइको आवाजमा पुरै पृथ्वी हल्लिन्छ । किनकि तिनीहरू आउनेछन् र यो देश र यसको सम्पत्ति, सहर र यसमा बस्नेहरूलाई स्वाहा पार्नेछन् ।
17 “Hwɛ, mɛsoma awɔ a wɔn ano wɔ bɔre aba mo mu, nhurutoa a wontumi nnwudwo wɔn, na wɔbɛkeka mo,” nea Awurade se ni.
किनकि हेर, म तिमीहरूका बिचमा सर्पहरू, तिमीहरूका टुनामुनाले वशमा पार्न नसक्ने विषालु सर्पहरू पठाउँदैछु । तिनीहरूले तिमीहरूलाई डस्नेछन्, यो परमप्रभुको घोषणा हो ।
18 Wone mʼawerɛhow mu Werɛkyekyefo, me koma abotow wɔ me mu.
मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।
19 Tie me nkurɔfo sufrɛ; a efi akyirikyiri asase so: “Awurade nni Sion ana? Ne Hene no nni hɔ bio ana?” “Adɛn nti na wɔde wɔn nsɛsode ahyɛ me abufuw, wɔn ananafo ahoni huhuw no?”
हेर्नुहोस्, टाढाको देशमा भएका मेरो मानिसहरूको छोरीको क्रन्दन सुन्नुहोस् । के परमप्रभु सियोनमा हुनुहुन्न र? के त्यसका राजा अहिले त्यहाँ हुनुहुन्न र? त्यसो भए, तिनीहरूले आफ्ना खोपिएका मूर्तिहरू र बेकम्मा विदेशी देवताहरूले मलाई किन रिस उठाउँछन् त?
20 “Otwabere no atwa mu, ahuhuru bere no aba awiei, na wonnnyee yɛn nkwa.”
कटनीको समय बितेको छ, ग्रीष्म ऋतु पनि सकिएको छ । तरै पनि हामी बचाइएका छैनौं ।
21 Sɛ wɔadwerɛw me nkurɔfo no nti, wɔadwerɛw me; midi awerɛhow, na ahodwiriw akyekyere me.
मेरा मानिसहरूको छोरीको चोटको कारणले मलाई मलाई चोट लागेको छ । त्यसलाई आइपरेका डरलाग्दा कुराहरूमा म शोक गर्छु । म लज्जित भएको छु ।
22 Aduru bi nni Gilead ana? Ɔyaresafo bi nni hɔ ana? Na afei adɛn nti na ayaresa nni hɔ mma me nkurɔfo apirakuru?
के गिलादमा कुनै औषधी छैन? के त्यहाँ कुनै निको पार्न व्यक्ति छैन? मेरा मानिसहरूको छोरीको चोट किन निको भएको छैन त?