< Yeremia 5 >

1 “Munni akɔneaba wɔ Yerusalem mmɔnten so, monhwɛ mo ho nhyia nhwɛ, monhwehwɛ guabɔbea nyinaa. Sɛ muhu onipa baako mpo a ɔyɛ pɛ na odi nokware a, mede kuropɔn yi ho bɛkyɛ no.
“यरूशलेमका सडकहरूबाट छिटो जा । त्यसका चोकहरूमा पनि खोजी गर् । त्यसपछि हेरे अनि यस कुरा बारेमा विचार गर्: न्यायपूर्वक काम गर्ने र इमानदारीपूर्वक काम गर्न खोज्ने कुनै मानिस तैंले फेला पारिस् भने, म यरूशलेमलाई क्षमा दिनेछु ।
2 Ɛwɔ mu wɔka se, ‘Sɛ Awurade te ase yi,’ nanso wɔda so ka ntam hunu.”
तिनीहरू भन्‍छन्‍छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।”
3 Awurade, wʼani mpɛ nokware ahu ana? Wobɔɔ wɔn hwee fam, nanso wɔante yaw biara; wodwerɛw wɔn, nanso wɔpoo nteɛso. Wɔyɛɛ wɔn anim dennen sen ɔbo na wɔansakra wɔn adwene.
हे परमप्रभु, के तपाईंका आँखाले विश्‍वसनीयताको खोजी गर्दैनन् र? तपाईंले मानिसहरूलाई प्रहार गर्नुभयो, तर तिनीहरूलाई पिडा महसुस हुँदैन । तपाईंले तिनीहरूलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ, तर तिनीहरू अझै पनि अनुशासन मान्‍न इन्कार गर्छन् । तिनीहरूले आफ्ना अनुहार चट्टानभन्दा कडा बनाउँछन्, किनकि तिनीहरू पश्‍चात्ताप गर्न इन्कार गर्छन् ।
4 Misusuw se, “Eyinom nko ara ne ahiafo no; wɔyɛ nkwaseafo nso, efisɛ wonnim Awurade akwan, nea wɔn Nyankopɔn hwehwɛ.
त्यसैले मैले भनें, “निश्‍चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् । तिनीहरू मूर्ख छन्, किनकि तिनीहरू परमप्रभुका मार्ग जान्दैनन्, न त तिनीहरूका परमेश्‍वरका आज्ञाहरू जान्दछन् ।
5 Enti mɛkɔ ntuanofo no nkyɛn akɔkasa akyerɛ wɔn; ampa ara wonim Awurade akwan nea wɔn Onyankopɔn hwehwɛ.” Nanso wɔn nso de adwene koro abubu konnua no atetew nkyehama no mu.
म ठुला मानिसहरूकहाँ जानेछु, र तिनीहरूलाई परमेश्‍वरको सन्देश घोषणा गर्नेछु, किनकि कमसेकम आफ्‍ना परमेश्‍वरका मार्ग, परमेश्‍वरका आज्ञाहरू तिनीहरूले त जान्दछन् ।” तर तिनीहरू सबैले आफ्‍ना जुवा सँगसँगै भाँचे । तिनीहरू सबैले आफूलाई परमेश्‍वरसित बाँध्‍ने बन्धनलाई चुँडाले ।
6 Ɛno nti gyata bi a ofi kwae mu bɛtow ahyɛ wɔn so, pataku bi a ofi nweatam so bɛtetew wɔn mu. Ɔsebɔ bi bɛtɛw abɛn wɔn nkurow, na obiara a obeyi ne ti no ɔbɛtetew ne mu nketenkete, efisɛ wɔn atuatew no ano yɛ den na wɔn akyirisan aboro so.
त्यसैले झाडीबाट निस्केर आउने सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ । अराबाबाट आउने ब्वाँसोले तिनीहरूलाई नष्‍ट पार्नेछ । ढुकेर बस्‍ने चितुवा तिनीहरूका सहरहरूको विरुद्धमा आउनेछ । आफ्नो सहरबाहिर जाने कोही पनि टुक्राटुक्रा पारिनेछ । किनकि तिनीहरूका अपराध बढ्दो छन् । तिनीहरूका विश्‍वासहीन कामहरू असीमित छन् ।
7 “Adɛn nti na ɛsɛ sɛ mede mo ho kyɛ mo? Mo mma apo me, wɔde anyame a wɔnyɛ anyame aka ntam. Memaa wɔn nea wohia nyinaa, nanso wɔbɔɔ aguaman na wɔbɔɔ yuu kɔɔ nguamanfo afi mu.
यी मानिसहरूलाई मैले किन क्षमा दिने? तिमीहरूका छोराहरूले मलाई त्यागेका छन्, र तिनीहरूले त्‍यो नाउँमा शपथ खान्छन् जो ईश्‍वरहरू नै होइनन् । मैले तिनीहरूलाई पेटभरि खुवाएँ, तर तिनीहरूले व्यभिचार गरे, र ठुलो सङ्ख्यामा वेश्याहरूका घरहरूमा गए ।
8 Mpɔnkɔnini aniberefo a wɔhwɛ wɔn yiye, wɔn mu biara su di ne yɔnko yere akyi.
तिनीहरू कामवासनाले मस्‍त घोडाहरूजस्ता थिए । मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए । प्रत्येक आफ्नो छिमेकीको पत्‍नीको लागि हिनहिनायो ।
9 Ɛnsɛ sɛ metwe wɔn aso wɔ eyi ho?” Sɛɛ na Awurade se. “Ɛnsɛ sɛ, mʼankasa metɔ ɔman a ɛte sɛɛ so were ana?
त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र? ।
10 “Momfa ne bobe nturo no mu na monsɛe no, nanso monnsɛe no koraa. Mompempan ne mman no, efisɛ saa nnipa yi nyɛ Awurade dea.
त्यसका दाखबारीका गराहरूमा जा र नष्‍ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर । तिनका हाँगाहरू छिंवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।
11 Israelfi ne Yudafi anni me nokware koraa,” Awurade na ose.
किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
12 Wɔadi atoro afa Awurade ho, wɔkae se, “Ɔrenyɛ hwee! Ɔhaw biara remma yɛn so; yɛrenhu afoa anaa ɔkɔm da.
तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, “उहाँले केही गर्नुहुने छैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं ।
13 Adiyifo no yɛ mframa bi kɛkɛ na asɛm no nte wɔn mu; enti momma nea wɔka no mmra wɔn so.”
अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।”
14 Enti eyi ne nea Asafo Awurade, Nyankopɔn se: “Esiane sɛ, nnipa no aka saa nsɛm yi nti, mɛyɛ me nsɛm a ɛwɔ wʼanom no ogya na saa nnipa yi ayɛ nnyina a ogya no bɛhyew.
त्यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तैंले यसो भनेको हुनाले हेर, म तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु । यो आगोजस्तो हुनेछ, र यी मानिसहरू दाउराजस्ता हुनेछन् । किनकि यसले तिनीहरूलाई भस्म पार्ने छ ।
15 Israelfi,” Awurade na ose, “Mede ɔman bi a ɛwɔ akyirikyiri rebetia wo, tete man a ɛyɛ ɔmantease, nnipa a munnim wɔn kasa, na monnte wɔn kasa ase.
हेर! ए इस्राएलको घराना हो, मैले तेरो विरुद्धमा धेरै टाढाबाट एउटा जातिलाई ल्याउनै लागेको छु, यो परमप्रभुको घोषणा हो, यो एउटा दिगो र प्राचीन जाति हो । यो एउटा त्‍यस्तो जाति हो जसको भाषा तैंले जान्दैनस्, न त तिनीहरूले के भन्‍छन् त्‍यो तैंले बुझ्नेछस् ।
16 Wɔn agyan mmɔtɔwa te sɛ ɔda a ano da hɔ; wɔn nyinaa yɛ dɔmmarima.
तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।
17 Wɔbɛsɛe mo nnɔbae ne mo nnuan, asɛe mo mmabarima ne mo mmabea; wɔbɛsɛe mo nguankuw ne mo anantwikuw, asɛe mo bobe ne mo mmrɔdɔma. Wɔde afoa bɛsɛe nkuropɔn a ɛwɔ bammɔ a mode mo werɛ ahyɛ mu no.
त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।
18 “Afei saa nna no mu mpo,” sɛɛ na Awurade se, “Merensɛe mo korakora.
तर ती दिनमा पनि म तिमीहरूलाई पूर्ण रूपमा नाश पार्ने इच्छा गर्दिनँ, यो परमप्रभुको घोषणा हो ।
19 Na sɛ nnipa no bisa se, ‘Adɛn nti na Awurade, yɛn Nyankopɔn, ayɛ yɛn sɛɛ’ a, mobɛka akyerɛ wɔn se, ‘Sɛnea moagyaw me hɔ akɔsom ananafo anyame wɔ mo ankasa mo asase so no, saa ara na mprempren mobɛsom ananafo wɔ asase a ɛnyɛ mo dea no so.’
जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”
20 “Monka eyi nkyerɛ Yakobfi na mo mpae mu nka wɔ Yuda se:
याकूबको घरानामा यो प्रचार गर्, र यहूदामा यो सुनियोस् । यसो भन्,
21 Muntie, mo nkwaseafo ne nnipa a munni adwene, mowɔ ani nso munhu ade, na mowɔ aso nso monte asɛm:
“हे समझ नभएको मूर्ख मानिस हो, यो कुरा सुन । तिमीहरूका आँखा छन्, तर देख्‍न सक्दैनौ, कान छन्, तर सुन्‍न सक्दैनौ ।
22 Ɛnsɛ sɛ musuro me ana?” Sɛɛ na Awurade se. “Ɛnsɛ sɛ mo ho popo wɔ mʼanim ana? Mede nwea ato ɔhye ama po, ɔhye a ɛwɔ hɔ daa a ɛrentumi ntra. Asorɔkye bɛbɔ nanso ɛrentumi mmu mfa so; ebehuru so nanso ɛrentumi ntra.
मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो । समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्‍किने स्थायी, निरन्‍तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्‍यसले अझै भत्‍काउनेछैन । यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन् ।
23 Nanso saa nnipa yi wɔ asoɔden ne atuatew koma; wɔatwe wɔn ho afi me ho kɔ.
तर यी मानिसहरूको हठी हृदय छ । यो विद्रोहमा बरालिन्‍छ र टाढा जान्छ ।
24 Wɔnnka nkyerɛ wɔn ho wɔn ho se, ‘Momma yensuro Awurade yɛn Nyankopɔn, a ɔma osu tɔ wɔ ne mmere mu, nea ɔma yɛn awerehyɛmu wɔ otwabere nnapɛn a wahyɛ no ho.’
किनकि तिनीहरूले आफ्ना हृदयमा यसो भन्दैनन्, “हामी परमप्रभु हाम्रा परमेश्‍वरको भय मानौं जसले वर्षा ल्‍याउनुहुन्‍छ, हामीले खेति गर्नुपर्ने हप्‍ताहरूमा, ठिक समयमा अगिल्लो र पछिल्लो वर्षा दिनुहुन्‍छ।”
25 Mo amumɔyɛ abɔ eyinom agu; mo bɔne ama ade pa abɔ mo.
तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् । तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको छ ।
26 “Amumɔyɛfo bi wɔ me nkurɔfo yi mu a wɔtɛw sɛ nnipa a wosum nnomaa afiri, na wɔte sɛ wɔn a wosum mfiri yi nnipa.
किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् ।
27 Sɛnea nnomaa ahyɛ kɛntɛn ma no saa ara na asisi ahyɛ wɔn afi amaama; wɔayeyɛ adefo anyinya tumi,
चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् ।
28 na wɔadodɔ srade ama wɔn ho ayɛ hanahana. Wɔn amumɔyɛsɛm no nni awiei; wɔnnka ayisaa asɛm mma wonni bem, na wɔmmɔ ahiafo tumi ho ban.
तिनीहरू मोटाएका छन् । तिनीहरू सकुसल चिल्ला भएका छन् । तिनीहरूले दुष्‍टताको सबै सीमा पार गरेका छन् । तिनीहरूले मानिसहरू वा अनाथहरूको भलाइको निम्ति बिन्ती गर्दैनन् । तिनीहरूले खाँचोमा परेकाहरूलाई न्याय नदिए तापनि तिनीहरूको उन्‍नति हुन्‍छ ।
29 Ɛnsɛ sɛ metwe wɔn aso wɔ eyinom ho ana?” Sɛɛ na Awurade se. “Ɛnsɛ sɛ, mʼankasa metɔ ɔman a ɛte sɛɛ so were ana?
के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो ।
30 “Ade a ɛyɛ hu ne ahodwiriw asi wɔ asase no so:
यस देशमा बीभत्स र त्रासदीपूर्ण कामहरू भएका छन् ।
31 Adiyifo no hyɛ akɔntoro, asɔfo no de wɔn dibea di tumi, na me nkurɔfo no pɛ no saa ara. Nanso awiei no dɛn na wobɛyɛ?”
अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”

< Yeremia 5 >