< Yeremia 35 >

1 Eyi ne asɛm a efi Awurade nkyɛn baa Yeremia hɔ wɔ bere a na Yudahene Yosia babarima Yehoiakim di ade no:
यो त्यो वचन हो, जो यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको समयमा याहवेहबाट यर्मियाकहाँ आयो:
2 “Kɔ Rekabfo abusua no nkyɛn, na to nsa frɛ wɔn na wɔmmra Awurade fi no pia baako mu, na ma wɔn nsa nnom.”
“रेकाबी परिवारकहाँ गएर तिनीहरूलाई याहवेहको भवनको एक छेउको कोठामा आउने निमन्त्रणा दे, र तिनीहरूलाई दाखमद्य पिउन दे।”
3 Enti mekɔpɛɛ Habasinia babarima Yeremia babarima Yaasania ne ne nuabarimanom ne ne mmabarima nyinaa, Rekabfo abusuadɔm no.
यसकारण म हबसिन्याहका नाति, यर्मियाका छोरा याजन्याह, उनका दाजुभाइहरू, र उनका सबै छोराहरू—रेकाबीहरूका सम्पूर्ण परिवारलाई लिन गएँ।
4 Mede wɔn baa Awurade fi, na mede wɔn kɔɔ Onyame nipa Yigdalia babarima Hanan mmabarima dan mu. Ɛno na edi adwumayɛfo dan a esi ɔpon ano hwɛfo Salum babarima Maaseia dan atifi no so.
मैले तिनीहरूलाई याहवेहको भवनको कोठामा ल्याएँ, जुन कोठाचाहिँ यिग्दल्याहका छोरा परमेश्‍वरको अगमवक्ता हानानका छोराहरूको थियो, त्यहीँ कोठामा ल्याएँ। त्यो कोठाचाहिँ शल्‍लूमको छोरा मूलढोकाको पहरेदार मासेयाहको कोठामाथि अधिकारीहरूको कोठाको छेउमा थियो।
5 Afei mede nkuruwa ne nkora a nsa wɔ mu besisii Rekabfo abusuamma no anim na meka kyerɛɛ wɔn se, “Monnom nsa kakra.”
त्यसपछि मैले रेकाबी परिवारका मानिसहरूको सामु दाखमद्यले भरिएका भाँडाहरू र केही कचौराहरू राखिदिएँ; अनि तिनीहरूलाई भनेँ, “केही दाखमद्य पिउनुहोस्।”
6 Nanso wobuae se, “Yɛnnnom nsa, efisɛ yɛn nena Rekab babarima Yehonadab maa yɛn ɔhyɛ nsɛm yi se, ‘Ɛnsɛ sɛ mo anaa mo asefo nom nsa.
तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउदैनौँ; किनकि रेकाबका छोरा, हाम्रा पुर्खा योनादाबले हामीलाई यो आज्ञा दिएका थिए: ‘तिमीहरू र तिमीहरूका सन्तान कसैले पनि कहिल्यै दाखमद्य नपिउनू।
7 Na afei ɛnsɛ sɛ musisi afi, mudua anaa moyɛ bobe nturo, ɛnsɛ sɛ moyɛ eyinom mu biara, na mmom montena ntamadan mu bere biara. Ɛno na mo nkwanna bɛware, wɔ asase a moyɛ atutenafo wɔ so no so.’
अनि तिमीहरूले घरहरू नबनाउनू, बिउ नछर्नू अथवा दाखबारी नलगाउनू। तिमीहरूसँग यी कुनै पनि कुराहरू कहिल्यै नहोस्, तर तिमीहरू सधैँ पालहरूमा बस्‍नू। तिमीहरू प्रवासी भएर बसेको यस देशमा लामो समयसम्म बाँच्नेछौ।’
8 Yɛatie biribiara a yɛn nena Rekab babarima Yonadad hyɛɛ yɛn no. Na yɛn, yɛn yerenom, mmabarima ne mmabea nnom nsa da
हामीले हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। न हामी आफैँले, न हाम्रा पत्नीहरूले, न त हाम्रा छोराछोरीहरूले कहिल्यै मद्य पिएका छौँ,
9 na yensisii afi ntenaa mu anaa yennyaa bobe nturo anaa mfuw anaa nnɔbae.
अथवा न त आफ्ना निम्ति बस्‍न घरहरू बनाएका छौँ, न आफ्ना दाखबारीहरू लगाएका छौँ, न त खेतबारी लगाएका छौँ, न अन्‍नहरू नै जम्मा गरेका छौँ।
10 Yɛatenatena ntamadan mu, na yɛadi biribiara a yɛn nena Yehonadab hyɛɛ yɛn no so pɛpɛɛpɛ.
हामी पालहरूमा बसेका छौँ, र हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ।
11 Nanso bere a Babiloniahene Nebukadnessar tuu asase yi so sa no, yɛkae se, ‘Mommra, ɛsɛ sɛ yɛkɔ Yerusalem na yeguan fi Babiloniafo ne Aramfo asraafo anim.’ Ɛno nti yɛaka Yerusalem.”
तर बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गर्दा ‘हामीले भन्यौँ, आओ, बेबिलोनी र अरामी सेनाहरूबाट उम्कन हामी यरूशलेममा जाऔँ।’ यसरी हामी यरूशलेममै बस्दैछौँ।”
12 Afei Awurade asɛm baa Yeremia nkyɛn se,
तब याहवेहको यो वचन यर्मियाकहाँ आयो:
13 “Sɛɛ na Asafo Awurade, Israel Nyankopɔn, se: Kɔ na kɔka kyerɛ mmarima a wɔwɔ Yuda ne Yerusalem se, ‘Morensua biribi na morentie mʼasɛm ana?’ Awurade na ose.
“सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: गएर यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्, ‘के तिमीहरूले पाठ सिक्दैनौ र मेरा कुराहरू पालन गर्दैनौ?’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
14 ‘Rekab ba Yehonadab hyɛɛ ne mmabarima sɛ wɔnnom nsa, na wɔadi saa ɔhyɛ yi so. De besi nnɛ wɔnnom nsa, efisɛ wodi wɔn agyanom ahyɛde so. Na makasa akyerɛ mo mpɛn bebree, nanso muntiee me.
‘रेकाबको छोरा योनादाबले आफ्ना छोराहरूलाई दाखमद्य नपिउनू भनी आदेश दियो, र तिनीहरूले त्यस आज्ञालाई पालन गरेका छन्। आजको दिनसम्म तिनीहरू दाखमद्य पिउँदैनन्; किनकि तिनीहरूले आफ्ना पुर्खाको आज्ञापालन गर्छन्। तर मैले तिमीहरूलाई बारम्बार भन्दै आएको छु, तापनि तिमीहरूले मेरा आज्ञापालन गरेका छैनौ।
15 Mesomaa mʼasomfo adiyifo nyinaa baa mo nkyɛn mpɛn bebree. Wɔkae se, “Ɛsɛ sɛ mo mu biara sakra fi nʼamumɔyɛ akwan so, na moma mo akwan teɛ; munnni anyame foforo akyi na monnsom wɔn. Ɛno na mobɛtena asase a mede ama mo ne mo agyanom yi so.” Nanso mummmuaa me na munntiee me ɛ.
मैले घरी-घरी तिमीहरूकहाँ आफ्ना सेवक अगमवक्ताहरूलाई पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेकले तिमीहरूका दुष्‍ट चालहरूबाट फर्क! आफ्ना कामहरू सुधार! अन्य देवताहरूको सेवा गर्न तिनीहरूको पछि नलाग। तब मैले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको देशमा तिमीहरू बस्‍नेछौ।” तर तिमीहरूले मेरो वचनमा ध्यानै दिएनौ, अथवा मेरो कुरालाई सुनेनौ।
16 Rekab babarima Yehonadab asefo adi ahyɛde a wɔn agyanom de maa wɔn no so, nanso saa nnipa yi ntie mʼasɛm.’
रेकाबको छोरा योनादाबका सन्तानहरूले आफ्ना पुर्खाले तिनीहरूलाई दिएका आज्ञाहरू पालन गरेका छन्, तर यी मानिसहरूले मेरो वचन पालन गरेका छैनन्।’
17 “Ɛno nti, sɛɛ na Asafo Awurade Nyankopɔn, Israel Nyankopɔn no se: ‘Muntie! Mede amanehunu biara a mahyɛ ama Yuda ne obiara a ɔte Yerusalem no bɛba wɔn so. Mekasa kyerɛɛ wɔn, nanso wɔantie, mefrɛɛ wɔn nanso wɔannye so.’”
“यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘सुन! म यहूदा र यरूशलेममा बस्‍ने सबैमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेको सबै विपत्ति ल्याउँदैछु। मैले तिनीहरूसँग बोलेँ, तर तिनीहरूले ध्यानसँग सुनेनन्; मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफ पनि दिएनन्।’”
18 Afei Yeremia ka kyerɛɛ Rekab abusua no se, “Sɛɛ na Asafo Awurade, Israel Nyankopɔn no se: ‘Moayɛ osetie ama mo nena Yehonadab ahyɛde no, na moadi ne nkyerɛkyerɛ so, na moayɛ biribiara a ɔhyɛɛ mo no.’
तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरूले आफ्ना पुर्खा योनादाबको आज्ञापालन गरेका छौ र उसका सबै निर्देशनअनुसार चलेका छौ; अनि उसले आज्ञा गरेका सबै कुरा गरेका छौ।’
19 Ɛno nti, nea Asafo Awurade, Israel Nyankopɔn no se ni: ‘Rekab babarima Yehonadab benya ɔbarima a ɔbɛsom me bere biara.’”
यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’”

< Yeremia 35 >