< Yeremia 34 >
1 Bere a Babiloniahene Nebukadnessar ne nʼakofo ne nʼahenni nyinaa ne nnipa a wɔwɔ ahemman a odi so no mu reko tia Yerusalem ne nkurow a atwa ne ho ahyia no, saa asɛm yi fi Awurade nkyɛn baa Yeremia hɔ se,
बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः
2 “Nea Awurade, Israel Nyankopɔn se ni: Kɔ Yudahene Sedekia nkyɛn na kɔka kyerɛ no se, ‘Sɛnea Awurade se ni: Mede kuropɔn yi rebɛhyɛ Babiloniahene nsa, na ɔbɛhyew no dwerɛbee.
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।
3 Worenguan mfi ne nsam na nokware, wɔbɛkyere wo de wo akɔma no. Wode wʼani behu Babiloniahene na ɔne wo bɛkasa anim ne anim. Na wobɛkɔ Babilonia.
तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'
4 “‘Nanso tie Awurade bɔhyɛ, Yudahene Sedekia. Sɛɛ na Awurade ka fa wo ho: Worennwu wɔ afoa ano;
ए यहूदाका राजा सिदकियाह, परमप्रभुको यो वचन सुन् । तेरो विषयमा परमप्रभु यसो भन्नुहुन्छ, 'तँ तरवारले मारिनेछैनस् ।
5 na wubewu asomdwoe mu. Sɛnea nnipa bɔɔ ayiyɛ gyatannaa de hyɛɛ wʼagyanom anuonyam, ahemfo dedaw a wodii wʼanim no, saa ara na wɔbɛbɔ gyatannaa ahyɛ wo anuonyam na wɔadi awerɛhow se, “Ao, owura!” Mʼankasa na mehyɛ saa bɔ yi, Awurade na ose.’”
तँ शान्तिमा मर्नेछस् । तेरा पुर्खाहरू अर्थात् तँभन्दा अगिका राजाहरूको मृत्यु संस्कारमा भएजस्तै तिनीहरूले तेरो लाश जलाउनेछन् । तिनीहरूले भन्नेछन्, 'हाय मालिक!' तिनीहरूले तेरो निम्ति विलाप गर्नेछन् । मैल यो कुरा भनेको छु, यो परमप्रभुको घोषणा हो ।”
6 Na odiyifo Yeremia kaa eyinom nyinaa kyerɛɛ Yudahene Sedekia wɔ Yerusalem,
तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।
7 bere a Babiloniahene asraafo reko atia Yerusalem ne Yuda nkuropɔn, Lakis ne Aseka a na wogu so reko wɔ hɔ. Eyinom ne nkuropɔn a na aka wɔ Yuda a wɔwɔ bammɔ.
बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका बाँकी रहेका सबै सहरः लाकीश र आजेकाको विरुद्धमा युद्ध गरे । यहूदाका यी सहर किल्लाबन्दी गरिएका सहरको रूपमा बाँकी रहेका थिए ।
8 Asɛm no fi Awurade hɔ baa Yeremia nkyɛn wɔ bere a ɔhene Sedekia ne Yerusalemfo ayɛ apam sɛ wɔbɛma nkoa ahofadi no akyi.
राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,
9 Ɛsɛ sɛ obiara gyaa ne nkoa ne mfenaa Hebrifo; na obiara nni ho kwan sɛ ɔde ne yɔnko Yudani yɛ akoa.
हरेक मानिसले आ-आफ्ना हिब्रू कमारा-कमारीलाई फुक्का गर्नुपर्छ । कसैले पनि आफ्नो यहूदी दाजुभाइलाई कमारा राख्नुहुँदैनथ्यो ।
10 Enti adwumayɛfo no nyinaa ne nnipa a wɔyɛɛ saa apam yi penee so sɛ wobegyaa wɔn nkoa ne mfenaa, na wɔremfa wɔn nyɛ nkoa bio. Wɔpenee so, na wogyaa wɔn.
त्यसैले सबै अगुवा र मानिसहरू यस करारमा संलग्न भए, जसमा तिनीहरू हरेकले आ-आफ्ना कमारा-कमारी फुक्का गर्नुपर्थ्यो, जसले गर्दा तिनीहरू फेरि कमारा हुनेछैनन् । तिनीहरूले पालन गरे र तिनीहरूलाई फुक्का गरे ।
11 Nanso akyiri no, wɔsesaa wɔn adwene na wɔsan faa nnipa a wogyaa wɔn no de wɔn yɛɛ nkoa bio.
तर यसपछि तिनीहरूले आफ्नो मन बद्ले । तिनीहरूले फुक्का गरिदिएका कमारा-कमारीहरूलाई फर्काएर ल्याए, र तिनीहरूलाई फेरि कमारा-कमारी हुन जबरदस्ती गरे ।
12 Na Awurade asɛm baa Yeremia nkyɛn se,
त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
13 “Nea Awurade, Israel Nyankopɔn, se ni: Me ne mo agyanom yɛɛ apam bere a miyii wɔn fii Misraim, nkoasom asase so no. Mekae se,
“परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट निकालेर ल्याएको दिनमा म आफैले तिनीहरूसित एउटा करार बाँधें । त्यसति बेला मैले भनेको थिएँ,
14 ‘Mfe ason biara no, ɛsɛ sɛ mo mu biara gyaa ne yɔnko Hebrini a watɔn ne ho ama no. Sɛ wasom mfe asia a gyaa no na ɔmfa ne ho nni.’ Nanso mo agyanom antie na wɔamfa mʼasɛm.
'प्रत्येक सात वर्षको अन्त्यमा हरेक मानिसले आफ्नो हिब्रू दाजुभाइलाई मुक्त गरिदिनू, जसले आफैलाई तँकहाँ बेचेको छ र छ वर्षसम्म तेरो सेवा गरेको छ । त्यसलाई स्वतन्त्र गराएर पठाउनू ।' तर तिमीहरूका पुर्खाहरूले मेरो कुरा सुनेनन् वा मेरा कुरा सुन्नमा आफ्ना ध्यान लगानन् ।
15 Ɛnkyɛe koraa, nanso munuu mo ho na moyɛɛ nea eye wɔ mʼani so: Mo mu biara paee ahofadi maa ne manmma. Mpo moyɛɛ apam wɔ mʼanim, wɔ ofi a me Din da so no mu.
तर तिमीहरू आफैले चाहिं पश्चात्ताप गरेका र मेरो दृष्टिमा जे ठिक छ, सो गर्न थालेका छौ । तिमीहरू हरेकले आफ्नो छिमेकीलाई स्वतन्त्रताको घोषणा गर्यौ, र मेरो नाउँद्वारा कहलाइने मन्दिरमा तिमीहरूले मेरो सामु करार बाँध्यौ ।
16 Nanso mprempren, moadan mo ho na moahura me din ho; mo mu biara asan akɔfa nkoa ne mfenaa a mugyaa wɔn sɛ wɔnkɔ baabiara a wɔpɛ no. Moahyɛ wɔn ama wɔayɛ mo nkoa bio.
तर तिमीहरू तर्केर गयौ र मेरो नाउँलाई दुषित पार्यौ । तिमीहरूले हरेक मानिसलाई आ-आफ्ना कमारा-कमारी तिनीहरूका आफ्ना इच्छाले जहाँ गएका थिए त्यहाँबाट तिनीहरूलाई तिमीहरूले फिर्ता ल्याउन लगायौ । तिमीहरूले फेरि तिनीहरूलाई जबरदस्ती आफ्ना कमारा तुल्यायौ ।'
17 “Afei nea Awurade se ni: Muntiee me na mompaee ahofadi mmaa mo ankasa nkurɔfo. Enti afei mepae ‘ahofadi’ ma mo, Awurade na ose. ‘Ahofadi’ a ebegyaa mo ama afoa, ɔyaredɔm ne ɔkɔm. Mɛma moayɛ akyiwade ama asase so ahenni ahorow nyinaa.
त्यसकारण परमप्रभु यसो भन्नुहुन्छ, 'तिमीहरू आफूले पनि मेरो कुरा सुनेका छैनौ । तिमीहरू हरेकले आफ्ना दाजुभाइ र इस्राएली बन्धुलाई स्वतन्त्रताको घोषणा गर्नुपर्थ्यो । त्यसैले हेर्, अब मैले तिमीहरूका निम्ति स्वतन्त्रताको घोषणा गर्नै लागेको छु, यो परमप्रभुको घोषणा हो । तिमीहरूलाई तरवार, विपत्ति र अनिकालबाट मर्ने स्वतन्त्रताको घोषणा गर्दैछु, किनकि म तिमीहरूलाई पृथ्वीका हरेक राज्यको दृष्टिमा घिनलाग्दो पात्र बनाउनेछु ।
18 Nnipa a wɔabu mʼapam so, na wɔanni nhyehyɛe a ɛwɔ apam a wɔayɛ wɔ mʼanim no so no, mɛyɛ wɔn sɛ nantwi ba a wɔpae ne mu abien na wɔnantew nʼafaafa no ntam no.
त्यसपछि मेरो करार भङ्ग गरेका मानिसहरू, मेरो सामु गरेका करारका वचन पुरा नगर्ने ती मानिसहरूसँग म त्यही साँढेसित गरेजस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारे र त्यसको बिचबाट हिंडे,
19 Yuda ne Yerusalem ntuanofo, asennii adwumayɛfo, asɔfo ne asase no so nnipa no nyinaa a monantew faa nantwi ba no afaafa no ntam no,
र यहूदा र यरूशलेमका अगुवाहरू, नपुंसकहरू र पुजारीहरू अनि देशका सबै मानिस त्यही दुई फ्याक गरिएको साँढेको बिचबाट हिंडे ।
20 mede wɔn bɛma wɔn atamfo a wɔrehwehwɛ wɔn nkwa no. Wɔn afunu bɛyɛ aduan ama wim nnomaa ne asase so mmoa.
म तिनीहरूलाई तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा दिनेछु । तिनीहरूका लाश आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहारा हुनेछन् ।
21 “Mede Yudahene Sedekia ne nʼadwumayɛfo bɛhyɛ wɔn atamfo a wɔrehwehwɛ wɔn nkwa, Babiloniahene asraafo a wɔatwe wɔn ho no nsa.
म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु ।
22 Merebɛhyɛ, Awurade asɛm ni, na mɛsan de wɔn aba kuropɔn yi mu. Wɔbɛko atia no, wɔbɛfa, na wɔahyew no dwerɛbee. Na mɛma Yuda nkurow ada mpan a obiara rentumi ntena hɔ.”
यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्दाहरू हुनेछैनन् ।”