< Yeremia 17 >

1 “Wɔde dade kyerɛwdua akrukyerɛw Yuda bɔne, dade kyerɛwdua a ano te sɛ kyerɛwbo, wɔ wɔn koma apon so ne wɔn afɔremuka mmɛn so.
“यहूदाको पाप हिराको निब भएको फलामको कलमले लेखिएको छ । त्‍यसलाई तिनीहरूका हृदयका पाटी र तिनका वेदीहरूका सिङहरूमा कुँदिएको छ ।
2 Mpo, wɔn mma kae wɔn afɔremuka ne Asera nnua a ɛwɔ nnua a adennan no nkyɛn ne nkoko atenten no so.
तिनीहरूका बालबालिकाले तिनीहरूका वेदीहरू र तिनीहरूका अशेराका खम्बाहरूलाई सम्झन्छन्, जुन झ्याम्म परेका रुखहरूका छेउमा र अग्ला पहाडहरूमा थिए ।
3 Me mmepɔw a ɛwɔ asase no so, mo ahonyade ne mo nnwetɛbona nyinaa mede bɛma sɛ asade, ɛne mo sorɔnsorɔmmea nso, esiane mo man no so bɔne nti.
आफ्‍ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लुटको मालको रूपमा दिनेछु ।
4 Mo ankasa mfomso nti mobɛhwere agyapade a mede maa mo no. Mede mo bɛyɛ nkoa ama mo atamfo wɔ asase a munnim so so, efisɛ moahwanyan mʼabufuw, na ɛbɛtena hɔ daa.”
मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउने छौ । तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको दास तुल्याउनेछु, किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ, जुन सदासर्वदा बल्‍नेछ ।”
5 Sɛɛ na Awurade se, “Nnome nka nea ɔde ne ho to onipa so, nea ɔde ne ho to ɔhonam so pɛ nʼahoɔden na ne koma dan fi Awurade ho.
परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।
6 Ɔbɛyɛ sɛ wura a ɛwɔ nsase tamaa so; sɛ yiyedi ba a ɔrenhu, ɔbɛtena nweatam a awo so, ne nkyene asase a obi nte so so.
त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ ।
7 “Nhyira nka onipa a ɔde ne ho to Awurade so, na nʼanidaso wɔ ne mu.
तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो, किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ ।
8 Ɔbɛyɛ sɛ dua a wɔadua no asu ho na ne ntin teɛ kɔ asu no mu. Sɛ ahuhuru ba a onsuro; ne nhaban yɛ frɔmfrɔm mmere nyinaa. Onni ɔhaw biara wɔ afe a osu ntɔ mu na ɛkɔ so sow aba daa.”
त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्‍यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्‍दैन ।
9 Koma yɛ nnaadaa sen ade nyinaa na ano nni aduru. Hena na ɔbɛte nʼase?
कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले बुझ्‍न सक्छ र?
10 “Me Awurade, mepɛɛpɛɛ koma mu na mehwehwɛ adwene mu, gyina so de tua onipa ka sɛnea nʼabrabɔ te, ne sɛnea ɛfata ne nneyɛe.”
मनको खोजी गर्ने, हृदयको जाँच गर्ने परमप्रभु म नै हुँ । हरेक व्यक्तिको आफ्नो चालअनुसार, त्यसका कामहरूको फलअनुसार म त्यसलाई इनाम दिन्छु ।
11 Sɛnea asɛmɛntɛ a osow nkesua a ɛnyɛ ɔno na ɔtowee no, saa ara na onipa a onya sika a ɔmfa ɔkwan pa so no te. Sɛ obu ne nkwa nna mu abien a wobegyaw no mu, na awiei no, ne kwasea bɛda adi.
तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।”
12 Anuonyam ahengua a wɔama so fi mfiase no, ne yɛn kronkronbea.
सुरुदेखि नै उच्‍च पारिएको हाम्रो मन्दिरको ठाउँ एउटा महिमित सिंहासन हो ।
13 Awurade, woyɛ Israel anidaso, wɔn a wɔpa wʼakyi nyinaa ani bewu. Wɔn a wɔtwe wɔn ho fi wo ho no, wobesie wɔn efisɛ wɔagyaw Awurade a ɔyɛ nkwa asuti no.
परमप्रभु नै इस्राएलको आशा हुनुहुन्छ । तपाईंलाई त्याग्‍नेहरू सबै लाजमा पर्नेछन् । देशमा तपाईंबाट तर्केर जानेहरू धुलोमा लेखिनेछन्, किनकि तिनीहरूले परमप्रभु, जिउँदो पानीको मूललाई त्यागेका छन् ।
14 Sa me yare Awurade, na me ho bɛtɔ me; gye me na menya nkwa, na wo ne ɔbaako a mekamfo wo.
हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।
15 Wobisa me daa sɛ, “Ɛhe na Awurade asɛm no wɔ? Ma ɛmmra mu mprempren!”
हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ? त्‍यो आओस् ।'
16 Minnguan mfii mʼadwuma sɛ wo guanhwɛfo ho; wunim sɛ menhwehwɛɛ abasamtu da. Nea efi mʼanom yɛ pefee wɔ wʼanim.
मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।
17 Nhunahuna me; wo ne me guankɔbea wɔ amanehunu da.
मेरो लागि त्रास नबन्‍नुहोस् । सङ्कष्‍टको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ ।
18 Ma wɔn a wɔtaa me anim ngu ase, na yi me fi ahohora mu. Ma wɔmmɔ hu, nanso mma me koma ntu. Ma amanehunu da no mmra wɔn so; fa ɔhawprenu sɛe wɔn.
मेरो पिछा गर्नेहरू लाजमा परून्, तर मलाई लज्‍जित हुन नदिनुहोस् । तिनीहरू त्रासमा परून्, तर मलाई त्रासमा पर्न नदिनुहोस् । तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस्, र तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्रा-टुक्रा पार्नुहोस् ।”
19 Sɛɛ na Awurade ka kyerɛɛ me, “Kɔ na kogyina nnipa no pon a Yuda ahemfo di hɔ ahyɛmfiri no; kogyina Yerusalem apon a aka no nso ano.
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।
20 Ka kyerɛ wɔn se, ‘Muntie Awurade asɛm, mo Yuda ahemfo ne Yudafo nyinaa ne wɔn a wɔtete Yerusalem a wɔfa saa apon yi mu.
तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।
21 Sɛɛ na Awurade se: Monhwɛ yiye na moansoa nnesoa Homeda anaa moamfa amfa Yerusalem apon mu.
परमप्रभु यसो भन्‍नुहुन्छः आफ्‍नो जीवनको निम्‍ति होसियार होओ, र यरूशलेमका ढोकाहरूमा ल्याउन शबाथ-दिनमा भारी नबोक ।
22 Monnsoa adesoa mfi mo afi mu na monnyɛ adwuma biara Homeda, na mmom monyɛ Homeda no kronkron, sɛnea mehyɛɛ mo agyanom no.
शबाथ-दिनमा आफ्‍ना घरबाट भारी बोकेर बाहिर नल्याओ । मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेझैं, शबाथ-दिनमा कुनै काम नगर्नू, तर त्यसलाई अलग गर्नू ।'”
23 Nanso wɔantie na wɔammu; wɔyɛɛ asoɔden, wɔantie na wɔampɛ nteɛso.
तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन् । तिनीहरूले मेरा कुरा सुन्‍न नसकून् न त अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए ।
24 Nanso sɛ mohwɛ yiye na moyɛ osetie ma me a, sɛɛ na Awurade se, na moamfa nnesoa amfa saa kuropɔn yi apon mu Homeda, na sɛ moyɛ Homeda no kronkron a monnyɛ adwuma biara a,
यो परमप्रभुको घोषणा हो, तिमीहरूले साँच्‍चै मेरो कुरा सुन्यौ र शबाथ-दिनमा यस सहरका ढोकाहरूसम्म भारी बोकेर ल्‍याएनौ तर शबाथ-दिनलाई परमप्रभुको निम्ति अलग गर्‍यौ र त्‍यसमा कुनै काम गरेनौ भने,
25 ɛno de ahemfo a wɔte Dawid ahengua so ne wɔn adwumayɛfo bɛfa saa apon yi mu. Wɔn nyinaa bɛba a wɔtete nteaseɛnam mu ne apɔnkɔ so, a Yuda mmarima ne wɔn a wɔtete Yerusalem ka ho, na nnipa bɛtena kuropɔn yi mu daa nyinaa.
राजाहरू, राजकुमारहरू, यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, तिनीहरूका अगुवाहरू र दाऊदको सिंहासनमा बस्‍नेहरू रथहरू र घोडाहरूमा चढेर यस सहरका ढोकाहरूमा आउनेछन्, अनि यो सहरमा सदासर्वदा मानिसको बसोबास हुनेछ ।
26 Nnipa befi Yuda nkurow ne nkuraa a atwa Yerusalem ho ahyia no aba, wobefi Benyamin asase ne atɔe fam nkoko so, wobefi mmepɔw, mantam ne Negeb aba a wɔde ɔhyew afɔrebɔde ne afɔrebɔ, aduan afɔrebɔde, nnuhuam ne aseda afɔrebɔde reba Awurade fi.
तिनीहरू यहूदाका सहरहरूबाट, यरूशलेमका चारैतिरबाट, बेन्यामीन इलाका र तराइबाट, पहाडहरूबाट र नेगेवबाट आउनेछन्, र तिनीहरूले होमबलि र बलिदानहरू, अन्‍नबलि र धुप, धन्यवादका बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन् ।
27 Nanso sɛ moanyɛ osetie amma me, anyɛ Homeda no kronkron, na sɛ mosoa adesoa biara fa Yerusalem apon mu Homeda a, ɛno de mɛsɔ ogya a ɛrennum da wɔ Yerusalem apon mu na abɛhyew nʼaban ahorow no.’”
तर तिमीहरूले मेरो कुरा सुनेनौ, शबाथ-दिनलाई अलग गरेनौ र त्यस दिन गर्‍हौँ भारी नबोक भन्‍दा मानेनौ र यरूशलेमका ढोकाहरूभित्र प्रवेश गर्‍यौ भने, तब म यसका ढोकाहरूमा आगो सल्काउनेछु, र त्‍यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ, र त्‍यसलाई निभाउन सकिंदैन ।”

< Yeremia 17 >