< Hesekiel 6 >
1 Awurade asɛm baa me nkyɛn se,
परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,
2 “Onipa ba, fa wʼani kyerɛ Israel mmepɔw, na hyɛ nkɔm tia wɔn,
“ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् ।
3 na ka se, ‘Mo Israel mmepɔw, muntie Otumfo Awurade asɛm. Sɛɛ na Otumfo Awurade ka kyerɛ mmepɔw ne nkoko, abon ne aku: Merebɛtwe mo so afoa na masɛe mo sorɔnsorɔmmea.
यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्साहरू र बेसीहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्याउँदैछु, र तिमीहरूका अल्गा-अल्गा ठाउँहरूलाई म नाश गर्नेछु ।
4 Wobebubu mo afɔremuka ahorow no na wɔasɛe nnuhuam adum; na mekunkum mo nkurɔfo wɔ mo ahoni anim.
तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु ।
5 Mede Israelfo afunu begu wɔn ahoni anim na mede mo nnompe apete mo afɔremuka ahorow ho.
इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्ट पारिदिनेछु ।
6 Baabiara a mote no, nkurow no bɛda mpan na ne sorɔnsorɔmmea bɛsɛe, na ama mo afɔremuka ahorow no ada mpan na ayɛ amamfo, mo ahoni abubu na asɛe, mo nnuhuam adum abubu agu fam, na nea moayɛ nso ahwere mo.
तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्गा-अल्गा ठाउँहरू नष्ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।
7 Mo nkurɔfo bɛtotɔ wɔ mo mu, na mubehu sɛ mene Awurade.
मृतहरू तिमीहरूकै माझमा ढल्नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ ।
8 “‘Nanso megyaw mo mu bi, efisɛ ebinom beguan afoa ano wɔ bere a moahwete wɔ nsase ne amanaman so.
तर तिमीहरूका बिचमा बचेकालाई म जोगाएर राख्नेछु, र तिमीहरू देश-देशमा तितरबितर हुँदा, त्यहाँ जातिहरूका बिचमा तरवारबाट उम्केका कोही हुनेछन् ।
9 Na afei wɔn a woguan no bɛkae me wɔ amanaman a wɔfaa wɔn nnommum kɔɔ mu no, sɛnea madi awerɛhow wɔ wɔn aguamammɔ koma a wɔde twee wɔn ho fii me nkyɛn, ne wɔn ani a wɔde nyaa akɔnnɔ bɔne maa wɔn ahoni no ho. Wɔn ho bɛyɛ wɔn nwini wɔ bɔne ne akyiwade a wɔayɛ no nti.
तब मबाट तर्केका तिनीहरूका व्यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्ने तिनीहरूका कुदृष्टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।
10 Wobehu sɛ mene Awurade na mammɔ wɔn hu kwa sɛ mede saa ɔhaw yi bɛba wɔn so.
यसरी तिनीहरूले जान्नेछन्, कि म नै परमप्रभु हुँ । यही कारणले म तिनीहरूमाथि हानि ल्याउँछु भनी मैले भनें ।
11 “‘Sɛɛ na Otumfo Awurade se: Mommɔ mo nsam na momfa mo nan mpempem fam na monteɛ mu se, “A!” esiane Israel fi amumɔyɛ ne akyiwade nyinaa nti, wobewuwu afoa, ɔkɔm ne ɔyaredɔm ano.
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “आफ्नो ताली बजा र आफ्ना खुट्टा बजार्! यसो भन् ‘इस्राएलका घरानाका सबै दुष्ट र घिनलाग्दा व्यवहारहरूका कारण, धिक्कार!’ किनभने तरवार, अनिकाल र रूढीले तिनीहरू नष्ट हुनेछन् ।
12 Ɔyaredɔm bekum nea ɔwɔ akyirikyiri. Nea ɔbɛn no bɛtɔ afoa ano na nea obefi mu na waka no, ɔkɔm bekum no. Saa na mede mʼabufuwhyew no bɛyɛ wɔn.
टाढा हुने रूढीले मर्नेछन्, र नजिकमा हुने तरवारले ढल्नेछन् । छोडिएर बाँचेकाहरू अनिकालले मर्नेछन् । यसरी तिनीहरूका विरुद्धमा भएको मेरो क्रोधलाई म पुरा गर्नेछु!
13 Na wobehu sɛ mene Awurade, bere a wɔn nkurɔfo a watotɔ afunu deda wɔn ahoni ntam atwa wɔn afɔremuka ho ahyia, wɔ nkoko a ɛkorɔn nyinaa so, mmepɔw atifi nyinaa ne nnua a adennan ne odum frɔmfrɔm ase, mmeaemmeae a wɔde nnuhuam bɔ afɔre ma wɔn ahoni nyinaa no.
जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्गा-अल्गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्याम्म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्ना मूर्तिहरूका निम्ति धूप बाल्थे, त्यहाँ-त्यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
14 Afei mɛteɛ me nsa wɔ wɔn so na mama asase no ada mpan afi nweatam no akosi Ribla, baabiara a wɔtete. Na wobehu sɛ mene Awurade.’”
अनि म आफ्नो हातले हिर्काउनेछु र उजाड-स्थानदेखि दिब्लासम्मै तिनीहरूका सबै बस्ने ठाउँहरू अर्थात् तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।