< Hesekiel 25 >

1 Awurade asɛm baa me nkyɛn se:
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Onipa ba, fa wʼani kyerɛ Amonfo so na hyɛ nkɔm tia wɔn.
“ए मानिसको छोरो, अम्‍मोनका मानिसहरूतिर आफ्‍नो अनुहार फर्का, र तिनीहरूका विरुद्धमा अगमवाणी भन्‌ ।
3 Ka kyerɛ wɔn se, ‘Muntie Otumfo Awurade asɛm. Sɛɛ na Otumfo Awurade se: Esiane sɛ wokaa “Ɛhɛɛ” guu me kronkronbea so bere a woguu ho fi ne Israel asase bere a ɛdaa mpan, ne Yudafo bere a wɔkɔɔ nnommum mu
अम्मोनका मानिसहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वरको वचन सुन । परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मेरो पवित्रस्‍थान तुच्‍छा पारिंदा त्‍यसको बारेमा, र इस्राएलको देश उजाड हुँदा र यहूदाका मानिसहरू निर्वासनमा जाँदा तिमीहरूले, “अहा!” भन्‍यौ,
4 nti, mede mo rebɛma nnipa a wofi Apuei fam na wɔde mo ayɛ wɔn de. Wɔbɛkyekye wɔn nsraban, asisi wɔn ntamadan wɔ mo mu; wobedi mo nnuaba na wɔanom mo nufusu.
यसकारण, हेर, म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्‍पत्तिझैं सुम्‍पिदिनेछु । उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बिचमा आफ्‍ना पालहरू खडा गर्नेछन्‌ । उनीहरूले तिमीहरूका फल खानेछन्‌ र तिमीहरूको दूध पिउनेछन्‌ ।
5 Mɛdan Raba ayɛ no yoma adidibea na Amon ayɛ faako a nguan gye wɔn ahome. Afei mubehu sɛ mene Awurade no.
म रब्‍बालाई ऊँटहरू चर्ने खर्क र अम्‍मोनका मानिसहरूलाई भेडाको मैदान बनाउनेछु । तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ ।
6 Na sɛɛ na Otumfo Awurade se: Esiane sɛ moabɔ mo nsam de mo anan apempem hɔ, na mode koma mu bɔne nyinaa adi ahurusi atia Israel asase nti,
किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ ।
7 mɛteɛ me nsa atia mo na moayɛ asade ama amanaman no. Metwa mo afi amanaman no mu na matɔre mo ase wɔ nsase no so. Mɛsɛe mo na mubehu sɛ mene Awurade no.’”
यसकारण, हेर, म आफ्‍ना हातले तिमीहरूलाई हिर्काउनेछु, र तिमीहरूलाई जातिहरूका लूटको मालझैं दिनेछु । तिमीहरूलाई म मानिसहरूदेखि अलग गर्नेछु र देशहरूका बिचमा तिमीहरूको नाश गर्नेछु । म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ' ।
8 “Sɛɛ na Otumfo Awurade se: ‘Esiane sɛ Moab ne Seir kae se, “Monhwɛ, Yudafi ayɛ sɛ amanaman a aka no”
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै छ ।”
9 nti, mebue Moab nkyɛn mu, afi nkurow a ɛdeda nʼahye so, Bet-Yesimot, Baal-Meon ne Kiriataim, a ɛyɛ asase no anuonyam.
यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्‍त पार्नेछु—
10 Na mede Moab bɛka Amonfo ho ama nnipa a wɔwɔ Apuei fam de ayɛ wɔn de, sɛnea ɛbɛyɛ a wɔrenkae Amonfo wɔ amanaman no mu;
अम्‍मोनका मानिसहरूको विरुद्धमा भएका पूर्व देशका मानिसहरूलाई । म तिनीहरूलाई सम्‍पत्तिको रूपमा दिनेछु, ताकि जातिहरूका बिचमा अम्मोनका मानिसहरूको सम्‍झना गरिनेछैन ।
11 na mɛtwe Moab aso. Na wobehu sɛ mene Awurade no.’”
यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु, र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।
12 “Sɛɛ na Otumfo Awurade se: Esiane sɛ Edom tɔɔ were wɔ Yudafi so na ɔnam so dii fɔ no nti,
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'एदोमले यहूदाको घरानासित बदला लियो, र त्‍यसो गरेर त्यसले गलत गर्‍यो ।
13 nea Otumfo Awurade se ni: ‘Mɛteɛ me nsa atia Edom na makum ne mmarima ne ne mmoa, mɛma asase a ɛda Teman kosi Dedan ada mpan, na wɔbɛtotɔ wɔ afoa ano.
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्‍यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्‍मै म त्‍यसलाई भग्‍नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्‍नेछन्‌ ।
14 Me nkurɔfo Israelfo bɛyɛ nsa a mɛfa so atɔ Edom so were na wɔne no bedi no sɛnea mʼabufuw ne mʼabufuwhyew te; wobehu mʼaweretɔ, Otumfo Awurade asɛm ni.’”
मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌, र तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।
15 “Sɛɛ na Otumfo Awurade se: ‘Esiane sɛ Filistifo tɔɔ were, na wɔde koma mu nsusuw bɔne na ɛyɛɛ saa, na wɔde ɔtan a efi tete sɛee Yuda nti,
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'पलिश्‍तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्‍नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे ।
16 sɛnea Otumfo Awurade se ni: Merebɛteɛ me nsa atia Filistifo, na matwa Keretifo no agu na masɛe wɔn a wɔaka wɔ mpoano hɔ no.
यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छः हेर्, पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।
17 Mɛtɔ wɔn so were a ɛso na matwe wɔn aso wɔ mʼabufuwhyew mu. Na sɛ metɔ wɔn so were a, wobehu sɛ mene Awurade no.’”
किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

< Hesekiel 25 >