< Hesekiel 18 >

1 Awurade asɛm baa me nkyɛn se,
फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Sɛ mo saa nkurɔfo yi bu saa bɛ a ɛfa Israel asase yi ho a, na mopɛ sɛ mokyerɛ dɛn: “‘Agyanom di bobe bun, na mma se afem ana?’
“इस्राएलका देशको बारेमा तैंले उखान भनेको अर्थ के होः “'बाबुहरू अमिलो अङ्‌गूर खाने र छोराछोरीका दाँत कुडिंने'?
3 “Nokware, sɛ mete ase yi, sɛɛ na Awurade se, moremmu saa bɛ yi bio wɔ Israel.
जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो—इस्राएलमा तिमीहरूलाई फेरि कहिल्‍यै यो उखान भन्‍ने अवसर हुनेछैन ।
4 Ɔkra teasefo biara yɛ me de, agya ne ɔba barima nyinaa, wɔn nyinaa yɛ me de. Ɔkra a ɔyɛ bɔne no, ɔne ne nea obewu.
हेर, हरेक जीवित प्राण मेरै हो— बुबा र छोरा दुवै मेरा हुन्‌ । जुन प्राणले पाप गर्छ, त्‍यही मर्नेछ ।
5 “Sɛ ɛba sɛ onipa trenee bi wɔ hɔ a ɔyɛ nea ɛteɛ na ɛyɛ pɛ;
एक जना धर्मी र न्‍याय तथा धर्मिकता कायम राख्‍ने मानिसको बारेमा के भण्‍न सकिन्छ—
6 onnidi wɔ mmepɔw so abosonnan mu na ɔnsom ahoni a wɔwɔ Israelfi. Ongu ne yɔnko yere ho fi na ɔne ɔbea a wabu ne nsa nna.
उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्‍त्रीकहाँ जान्‍छ । के ऊ धर्मी मानिस हो?
7 Ɔnhyɛ obiara so, na ɔde boseagyefo awowaside san ma no. Ɔmmɔ korɔn mmom ɔde nʼaduan ma nea ɔkɔm de no na ofura nea ɔda adagyaw no ntama.
यस्तो मानिसको बारेमा के भन्‍न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?
8 Ɔmmɔ bosea nnye nsiho na onnye mfɛntom mmoroso. Ɔtwe ne ho fi bɔneyɛ ho na obu nipa baanu ntam atɛntrenee.
यस्तो मानिसको बारेमा के भन्‍ने, जसले आफूले दिएको लोनको ब्‍याज धेरै लिंदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बिचमा विश्‍वस्‍तता कायम गर्छ ।
9 Odi mʼahyɛde so na odi me mmara so nokware. Saa onipa no na ɔteɛ; na ampa ara obenya nkwa Awurade asɛm ni.
एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्‍वाससित मेरा नियमहरू मान्‍छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्‍यो निश्‍चय नै बाँच्‍नेछ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
10 “Sɛ ɛba sɛ ɔwɔ ɔba barima a odi akakabensɛm na ohwie mogya gu anaasɛ ɔyɛ saa nneɛma yi mu biara a
तर मानौं, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्‍या गर्छ र यी माथि उल्‍लेखित कुनै पनि काम गर्छ,
11 (ɛwɔ mu, agya no nyɛɛ eyinom mu biara ɛ): “Odidi wɔ mmepɔw so abosonnan mu. Ogu ne yɔnko yere ho fi.
(उसका बुबाले यी कुरामध्‍ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्‍छ, र आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्‍न सकिन्छ र?
12 Ɔhyɛ ahiafo ne mmɔborɔfo so. Ɔbɔ korɔn. Ɔmmfa boseagyefo awowaside mma no. Ɔde ne ho to abosom so. Ɔyɛ akyiwade.
यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्‍छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्‍ना आँखा मूर्तिहरूतिर उचाल्‍छ, र घिनलाग्‍दा कामहरू गर्छ,
13 Ɔbɔ bosea gye nsiho na ogye mfɛntom mmoroso. Saa onipa yi benya nkwa ana? Dabi da! Esiane sɛ wayɛ saa akyiwade yi nyinaa nti, ampa ara wobekum no na ne mogya bɛbɔ nʼankasa ti so.
र उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्‍तो मानिस जीवित रहनुपर्छ? ऊ निश्‍चय पनि जीवित रहँदैन । ऊ निश्‍चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको छ ।
14 “Nanso sɛ ɛba sɛ saa ɔbabarima yi wɔ ɔbabarima a ohu bɔne a nʼagya yɛ no nyinaa nanso ɔnyɛ saa nneɛma no bi:
तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।
15 “Onnidi wɔ mmepɔw so abosonnan mu na ɔmfa ne ho nto ahoni a ɛwɔ Israelfi so. Ongu ne yɔnko yere ho fi.
त्‍यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्‍ना आँखा लगाउँदैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्‍न सकिन्छ?
16 Ɔnhyɛ obiara so na onnye boseagyefo hɔ awowaside. Ɔmmɔ korɔn, mmom ɔde nʼaduan ma nea ɔkɔm de no na ofura nea ɔda adagyaw no ntama.
त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धक खोस्‍दैन वा चोरीका सामानहरू लिंदैन, तर त्‍यसको साटोमा आफ्‍नो खानेकुरा भोकालाई दिन्‍छ, र नाङ्गालाई लुगाले ढाक्‍छ ।
17 Ɔtwe ne ho fi bɔne ho, na onnye nsiho anaa mfɛntom mmoroso. Odi me mmara ne mʼahyɛde so. Ɔrenwu wɔ nʼagya no bɔne nti; ampa ara obenya nkwa.
त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरूअनुसार हिंड्‍छ । त्‍यो छोरो आफ्‍नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्‍चय नै बाँच्‍नेछ ।
18 Nanso nʼagya no bewu wɔ ɔno ara bɔne nti, efisɛ osisii nnipa, bɔɔ ne yɔnko korɔn, na ɔyɛɛ bɔne wɔ ne nkurɔfo mu.
उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको र आफ्‍नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले, हेर, ऊ आफ्‍नो अधर्ममा मर्नेछ ।
19 “Nanso mubisa se, ‘Adɛn nti na ɔbabarima no nnya nʼagya afɔdi no bi ho asotwe?’ Esiane sɛ ɔbabarima no ayɛ nea ɛteɛ na ɛyɛ pɛ na wahwɛ yiye adi mʼahyɛde nyinaa so no nti, ampa ara obenya nkwa.
तर तिमीहरू भन्छौ, 'छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नु किन नपर्ने?' किनकि छोराले न्‍याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्‍चय नै बाँच्‍नेछ ।
20 Ɔkra a ɔyɛ bɔne no, ɔno ne nea obewu. Ɔbabarima no rennya nʼagya afɔdi no ho asotwe bi, saa ara na agya no nso rennya ɔbabarima no afɔdi ho asotwe no bi. Wɔde ɔtreneeni adetreneeyɛ so aba bɛma no, na wobebu omumɔyɛfo amumɔyɛsɛm atia no.
जसले पाप गर्छ, मर्नेचाहिं उही हो । छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नेछैन, र बुबाले आफ्‍नो छोराको अधर्मको फल भोग्‍नेछैन । ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्‍टको दुष्‍ट्याइँ पनि उसमाथि नै रहनेछ ।
21 “Na sɛ omumɔyɛfo twe ne ho fi bɔne a wayɛ nyinaa ho, na odi mʼahyɛde so, na afei ɔyɛ nea ɛteɛ ne nea ɛyɛ papa a, ampa ara obenya nkwa na ɔrenwu.
तर कुनै दुष्‍ट मानिसले आफूले गरेका सबै पापहरू त्‍याग्‍छ र मेरा सबै विधिहरू पालन गर्छ, र न्‍याय र धार्मिकता कायम गर्छ भने, ऊ निश्‍चय नै बाँच्‍नेछ, र मर्नेछैन ।
22 Wɔrennyina bɔne a wayɛ no mu biara so mmu no atɛn. Ne trenee nneyɛe nti obenya nkwa.
उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्‍झना फेरि गरिनेछैन । उसले अभ्‍यास गरेको धर्मिकताको कारणले ऊ बाँच्‍नेछ ।
23 Mʼani gye amumɔyɛfo wu ho ana? Otumfo Awurade bisa. Sɛ wɔtwe wɔn ho fi wɔn akwammɔne ho na wonya nkwa a, mʼani nnye ana?
के दुष्‍टको मृत्‍युमा म खुशी हुन्‍छु र—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—र ऊ बाँचोस् भनी ऊ आफ्‍नो चाल छोडेर फर्केकोमा खुसी हुन्‍न र?
24 “Na sɛ ɔtreneeni twe ne ho fi ne trenee nneyɛe ho, kɔyɛ bɔne, na ɔyɛ akyiwade a amumɔyɛfo yɛ a, obenya nkwa ana? Wɔrenkae ne trenee nneyɛe no. Esiane sɛ odi nokwaredi ho fɔ na wayɛ bɔne nti, obewu.
तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्‍झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।
25 “Nanso moka se, ‘Awurade kwan nteɛ.’ Muntie! Mo, Israelfi. Me kwan nteɛ ana? Ɛnyɛ mo akwan mmom na ɛnteɛ?
तर तिमीहरू भन्‍छौ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्‍यायपुर्ण छैनन्? अन्‍यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?
26 Sɛ ɔtreneeni twe ne ho fi ne trenee nneyɛe ho na ɔkɔyɛ bɔne a, ɛno nti obewu, bɔne a wayɛ nti obewu.
जब धर्मी मानिसले आफ्‍नो धार्मिकता त्‍याग्‍छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।
27 Nanso sɛ omumɔyɛfo twe ne ho fi amumɔyɛsɛm a wadi ho, na ɔyɛ nea ɛteɛ ne nea ɛyɛ papa a, obegye ne kra nkwa.
तर जब दुष्‍ट मानिसले आफूले गरेका दुष्‍ट कामबाट फर्कन्‍छ, र न्‍याय र धार्मिकता कायम गर्छ, तब उसले आफ्‍नो जीवन बचाउनेछ ।
28 Esiane sɛ wahu ne mmarato na watwe ne ho afi ho no nti, obenya nkwa na ɔrenwu.
किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्‍चय नै बाँच्‍नेछ, र ऊ मर्नेछैन ।
29 Nanso Israelfi ka se, ‘Awurade kwan nteɛ.’ Mʼakwan nteɛ! Mo, Israelfi! Ɛnyɛ mo akwan mmom na ɛnteɛ ana?
तर इस्राएलको घरानाले भन्‍छ, 'परमप्रभुको चाल न्‍यायपुर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्‍यायपुर्ण छैन? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन ।
30 “Ɛno nti, mo Israelfo, mebu mo mu biara atɛn sɛnea nʼakwan te, Otumfo Awurade na ose. Monsakra mo adwene! Montwe mo ho mfi mo mmarato nyinaa ho; na afei bɔne remfa mo nkɔ asehwe mu bio.
यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्‍याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो । पश्‍चात्ताप गर, आफ्‍ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्‍ने ढुङ्गाहरू नबनून् ।
31 Montow mfomso a moayɛ nyinaa ngu na moanya koma foforo ne honhom foforo. Adɛn nti na ɛsɛ sɛ muwu, Israelfifo?
तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
32 Mʼani nnye obiara wu ho, Otumfo Awurade na ose. ‘Monsakra mo adwene na moanya nkwa!’
किनकि मर्नेको मृत्‍युमा म खुसी हुन्‍न—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—यसैले पश्‍चात्ताप गर, र बाँच ।

< Hesekiel 18 >