< 2 Mose 3 >

1 Na Mose rehwɛ nʼase Yetro a ɔyɛ Midian sɔfo nguan. Ɔde nguan no wuraa sare no mu kɔɔ akyirikyiri koduu Horeb a ɛyɛ Onyankopɔn bepɔw no so.
अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्‍वरको पर्वत होरेबसम्म लगे ।
2 Prɛko pɛ, na Awurade bɔfo nam wura bi gyaframa mu yii ne ho adi kyerɛɛ Mose. Mose huu sɛ wura no redɛw nanso na ɛnhyew.
त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन ।
3 Enti Mose kae se, “Mɛkɔ akɔhwɛ anwonwade yi ahu nea nti a wura no nhyew.”
मोशाले भने, “म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।”
4 Bere a Awurade huu sɛ ɔrekɔhwɛ no, ɔfrɛɛ no fii wura no mu se, “Mose! Mose!” Mose gyee so se, “Me ni.”
जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्‍नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्‍नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।”
5 Onyankopɔn ka kyerɛɛ no se, “Mmɛn me. Yi wo mpaboa na faako a wugyina no yɛ asase kronkron.”
परमेश्‍वरले भन्‍नुभयो, “अझ नजिक नआइज । तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको छ ।”
6 Ɔtoaa so se, “Mene wʼagyanom Nyankopɔn, Abraham Nyankopɔn, Isak Nyankopɔn ne Yakob Nyankopɔn no.” Mose kataa nʼanim, efisɛ na osuro sɛ ɔbɛhwɛ Onyankopɔn anim.
उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए ।
7 Awurade ka kyerɛɛ no se, “Mahu amanehunu a me manfo a wɔwɔ Misraim no wɔ mu no, na mate wɔn nkotosrɛ a ɛfa wɔn nnwuma wuranom ho, na minim wɔn ahohia.
परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ ।
8 Maba sɛ merebegye wɔn afi Misraimfo nsam na mayi wɔn afi Misraim asase so de wɔn akɔ asase pa a ɛso bae so, asase a ɛwo ne nufusu wɔ so; asase a Kanaanfo, Hetifo, Amorifo, Perisifo, Hewifo ne Yebusifo te so no so.
तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्‍ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देश हो ।
9 Mate Israelfo no su na mahu nya a Misraimfo di wɔn no.
अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु ।
10 Enti afei, merebɛsoma wo akɔ Farao nkyɛn, na woakoyi me man Israel afi Misraim.”
अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।”
11 Mose kae se, “Mene hena a ɛsɛ sɛ mekɔ Farao anim akoyi Israelfo afi Misraim asase so?”
तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने म को हुँ र?”
12 Onyankopɔn buaa no se, “Mɛka wo ho. Adansede a ɛkyerɛ sɛ me na masoma wo no ni. Sɛ wuyi nnipa no fi Misraim a, mobɛsom Onyankopɔn wɔ saa bepɔw yi so.”
परमेश्‍वरले जवाफ दिनुभयो, “निश्‍चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्‍नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।”
13 Mose bisae se, “Sɛ mekɔ Israelfo no nkyɛn kɔka se wɔn agyanom Nyankopɔn na wasoma me na wobisa me se, ‘Onyankopɔn bɛn na mereka ne ho asɛm no’ a, mmuae bɛn na memfa mma wɔn?”
मोशाले परमेश्‍वरलाई भने, “म इस्राएलीहरूकहाँ गई 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' भन्दा तिनीहरूले 'उहाँको नाउँ के हो' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने?”
14 Obuaa Mose se, ka se, “Mene nea ɔwɔ hɔ daa no. Ka kyerɛ wɔn se, ‘Mene Nea Mene na wasoma me mo nkyɛn.’”
परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नू, 'म हुँ भन्‍नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।”
15 Onyankopɔn toaa so se, “Ka kyerɛ Israelfo no se, ‘Awurade a ɔyɛ mo agyanom Abraham, Isak ne Yakob Nyankopɔn na wasoma me mo nkyɛn.’” Eyi ne me din a wɔde bɛkae me daa fi awo ntoatoaso so kosi awo ntoatoaso so.
परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।'
16 “Kɔ, frɛ Israelfo mpanyimfo na ka kyerɛ wɔn se, ‘Awurade, Abraham, Isak ne Yakob Nyankopɔn no daa ne ho adi kyerɛɛ me, kae se: Mawɛn mo na mahu nea wɔde ayɛ mo wɔ Misraim.
गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्‍नू, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मकहाँ देखा परी भन्‍नुभयो, “मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु ।
17 Mehyɛ bɔ sɛ meyi mo afi mo awerɛhow mu wɔ Misraim de mo akɔ asase a Kanaanfo, Hetifo, Amorifo, Perisifo, Hewifo ne Yebusifo te so nnɛ yi a ɛwo ne nufusu wɔ so no so.’
तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्‍ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्‍जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'
18 “Israelfo mpanyimfo betie wʼasɛm no. Na ɛsɛ sɛ wo ne mpanyimfo no kɔ Misraimhene hɔ kɔka kyerɛ no se, ‘Awurade, Hebrifo Nyankopɔn, ne yɛn ahyia na waka akyerɛ yɛn se, yentu nnansa kwan nkɔ sare so nkɔbɔ afɔre mma no.’
तिनीहरूले तेरो कुरा सुन्‍नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्‍नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ ।'
19 Nanso minim sɛ Misraimhene remma mo kwan da, gye sɛ nsa bi a ɛyɛ duru hyɛ no ketee.
तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ ।
20 Enti mɛteɛ me nsa na mede anwonwade ahorow a mɛyɛ wɔ wɔn mu no nyinaa atia wɔn. Ɛno akyi no, ɔbɛma mo akɔ.
म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।
21 “Mɛma mo anim aba nyam wɔ Misraimfo no anim na wɔahyehyɛ akyɛde ama mo, na moankɔ no nsapan.
म यस जातिमाथि मिश्रहरूलाई निगाह गर्न लगाउनेछु ताकि तिमीहरू जाँदा रित्तो हात जान नपरोस् ।
22 Ɔbea biara mmisa dwetɛ ne sikakɔkɔɔ adwinne ne ntama pa mfi nʼafipamfo ne ne fifo mmea nkyɛn na wɔmfa nsiesie wɔn mmabarima ne wɔn mmabea ho. Saayɛ so na mobɛfa afow Misraimfo no.”
हरेक स्‍त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू र तिनीहरूका घरहरूमा बस्‍ने कुनै पनि स्‍त्रीहरूबाट सुन र चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्‍नेछ । तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ । यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ ।”

< 2 Mose 3 >