< 1 Samuel 8 >
1 Samuel bɔɔ akwakoraa no, oyii ne mmabarima sɛ wɔnyɛ Israel atemmufo.
जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।
2 Nʼabakan no din de Yoel, na ne ba a ɔto so abien no din de Abiya. Na wɔyɛ atemmufo wɔ Beer-Seba.
तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।
3 Nanso na ne mmabarima no nte sɛ wɔn agya. Wɔyɛɛ sikanibere, gyigyee adanmude, san buu ntɛnkyew.
तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्ट बनाए ।
4 Enti Israel mpanyimfo nyinaa hyiaa Samuel wɔ Rama ne no bedii saa asɛm yi ho nkɔmmɔ.
त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
5 Wɔka kyerɛɛ no se, “Woabɔ akwakoraa, na wo mmabarima nso nnantew wʼakwan so; enti si ɔhene na onni yɛn anim sɛnea aman bebree yɛ no no.”
उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्त गर्नुहोस् ।”
6 Wɔn abisade no anyɛ Samuel dɛ nti, ɔkɔɔ Awurade anim kobisaa akwankyerɛ.
तर त्यसले शमूएललाई दुःख लाग्यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
7 Na Awurade ka kyerɛɛ Samuel se, “Tie nsɛm a ɔmanfo no reka kyerɛ wo no na yɛ. Ɛnyɛ wo na wɔapo, na mmom, me na wɔapo me, sɛ minnni wɔn so hene bio.
परमप्रभुले शमूएललाई भन्नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।
8 Efi bere a miyii wɔn fii Misraim no besi nnɛ yi no, wɔakɔ so apo me akodi anyame afoforo akyi; na nnɛ yi, saa ara na wɔde reyɛ wo.
तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।
9 Ɛno nti, tie wɔn, nanso bɔ wɔn kɔkɔ anibere so, na ma wonhu ɔkwan a ɔhene a ɔrebedi wɔn so no de wɔn bɛfa so.”
अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्य गर्नेछन्, त्यो तिनीहरूले राम्ररी जानून् ।”
10 Enti Samuel kaa Awurade kɔkɔbɔ no kyerɛɛ nnipa no.
त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।
11 “Sɛɛ na ɔhene ne mo bɛtena. Ɔhene bɛtwe mo mmabarima na wama wɔde ne nteaseɛnam ne apɔnkɔ asom, na wama wɔn atu mmirika adi ne nteaseɛnam anim.
तिनले भने, “तिमीहरूमाथि राज्य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्त गर्ने छन् ।
12 Ebinom bɛyɛ nʼakofo mpem ne aduonum so asahene, na ebinom nso ayɛ nkoa ma wɔafuntum nʼasase, na wɔatwa ne nnɔbae, na afoforo ayɛ nʼakode ne ne teaseɛnam ho nneɛma.
उनले आफ्नो निम्ति हजारका कप्तानहरू र पचासका कप्तानहरू नियुक्त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्न, कसैलाई आफ्नो अन्न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।
13 Ɔhene no begye mo mmabea afi mo nsam, na wahyɛ wɔn ama wɔanoa nnuan, na wɔato nnuan, na wɔayɛ nnuhuam nso ama no.
उनले तिमीहरूका छोरीहरूलाई अत्तर बनाउने, खाना बनाउने र रोटी बनाउने हुनलाई लिनेछन् ।
14 Obegye mo mfuw ne mo bobe mfuw ne mo ngo mfuw a eye no afi mo nsam, na ɔde ama ɔno ankasa nʼasomfo.
उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।
15 Obegye mo nnɔbae mu nkyɛmu du mu baako, na wakyekyɛ ama nʼadwumayɛfo ne nʼasomfo.
उनले तिमीहरूका अन्नको र दाखबारीहरूको दशौं भाग लिनेछन् र आफ्ना अधिकारीहरू र आफ्ना सेवकहरूलाई दिनेछन् ।
16 Ɔbɛpɛ sɛ obenya mo mfenaa ne nkoa, na wagye mo anantwi papa ne mo mfurum de wɔn ayɛ nʼadwuma.
उनले तिमीहरूका सेवक-सेविकाहरू, र तिमीहरूका उत्तम जवान पुरुषहरू तथा तिमीहरूका गधाहरू लिनेछन् । तिनीहरू सबैलाई उनले आफ्नो काममा लगाउनेछन् ।
17 Obegye mo nguan mu nkyɛmu du mu baako na moayɛ nʼasomfo.
उनले तिमीहरूका बगालहरूको दशौं भाग लिनेछन्, र तिमीहरू उनका दासहरू हुनेछौ ।
18 Sɛ da no du a, mobɛsrɛ ahomegye afi saa ɔhene a morepɛ no no nkyɛn, nanso Awurade remmoa mo.”
त्यसपछि त्यो दिन आफ्नो निम्ति छानेका तिमीहरूका राजाको कारणले तिमीहरूले पुकारा गर्नेछौ । तर परमप्रभुले त्यो दिनमा तिमीहरूलाई जवाफ दिनुहुनेछैन ।”
19 Nanso ɔmanfo no antie Samuel kɔkɔbɔ no. Asɛm a wɔkae ara ne se, “Yɛpɛ ɔhene.
तर मानिसहरूले शमूएलको कुरा सुन्न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।
20 Yɛpɛ sɛ yɛyɛ sɛ aman a wɔatwa yɛn ho ahyia no. Yɛn hene bedi yɛn so, na wadi yɛn anim akɔ ɔko.”
ताकि हामी अरू जातिहरूजस्तै हुन सक्नेछौं, अनि यसरी हाम्रा राजाले हाम्रो न्याय गर्नेछन् र हाम्रो निम्ति युद्ध गर्न हाम्रो अगि-अगि जानेछन् ।”
21 Enti Samuel kaa asɛm a nkurɔfo no ka kyerɛɛ no no kyerɛɛ Awurade,
जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्ने गरी दोहोर्याए ।
22 na Awurade buae se, “Yɛ nea wɔreka no ma wɔn, na ma wɔn ɔhene.” Afei, Samuel penee so, na ɔmaa obiara kɔɔ ne kurom.
परमप्रभुले शमूएललाई भन्नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”