< Sefanya 1 >
1 RAB, Yahuda Kralı Amon oğlu Yoşiya zamanında Hizkiya oğlu Amarya oğlu Gedalya oğlu Kuşi oğlu Sefanya'ya şöyle seslendi:
अमोनका छोरा, यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो ।
2 “Yeryüzünden her şeyi silip süpüreceğim.
“म निश्चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
3 İnsanları, hayvanları, Gökteki kuşları, Denizdeki balıkları, Kötüleri ve onların günah tuzaklarını silip süpüreceğim. Yok edeceğim insanı yeryüzünden.” İşte böyle diyor RAB.
म मानिस र पशु दुवैलाई सर्वनाश गर्नेछु । आकाशका चराहरू, र समुद्रका माछा, दुष्टहरू लगायत ढुङ्गाको रास सबैलाई म नष्ट गर्नेछु । किनभने म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
4 “Elimi Yahuda ve Yeruşalim'de yaşayanlara karşı uzatacağım. Baal'dan kalan izleri, Putperest din adamlarıyla kâhinlerin adını, Damlardan gök cisimlerine tapınanları, Hem benim adıma, hem de Molek putu adına ant içip tapınanları, Yolumdan dönenleri, Bana yönelmeyenleri, Kılavuzluğumu istemeyenleri buradan yok edeceğim.”
यहूदा र यरूशलेमका सबै वासिन्दाहरूमाथि म मेरो हात पसार्नेछु । यस ठाउँबाट बालका बाँकी रहेका सबैलाई र पूजाहारीहरुमध्ये मूर्तिपुजकहरूका नामलाई सखाप पार्नेछु,
र घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू, र ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् र उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन्, तिनीहरूलाई पनि म नाश गर्नेछु ।
परमप्रभुलाई पछ्याउन छोडेर उहाँबाट टाढा हुनेहरू, र उहाँको खोजी नगर्ने र उहाँको निर्देशन नखोज्नेहरूलाई पनि म सखाप पार्नेछु ।”
7 Susun Egemen RAB'bin önünde, Çünkü O'nun günü yaklaştı. RAB bir kurban hazırladı, Konuklarını çağırdı.
परमप्रभु परमेश्वरको सामु शान्त रहो, किनभने परमप्रभुको दिन नजिकै छ । परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्नुभएको छ ।
8 “O kurban günü” diyor RAB, “Önderleri, kral oğullarını, Yabancıların geleneklerine uyanları Cezalandıracağım.
“परमप्रभुको बलिदानको दिनमा, म राजकुमारहरू र राजाका छोराहरू, र विदेशी पहिरन लगाएका सबैलाई दण्ड दिनेछु ।
9 İlahların tapınaklarını zorbalık ve hileyle dolduran putperestleri O gün cezalandıracağım.
त्यस दिन सँघारमा खुट्टा नटेक्नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु ।
10 Diyorum ki, o gün kentin Balık Kapısı'ndan çığlıklar, İkinci Mahalle'den feryatlar Ve tepelerden büyük çatırtılar yükselecek.” İşte böyle diyor RAB.
अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ ।
11 “Kentin aşağı mahallesinde oturanlar, feryat edin. Bütün tüccarlarınız yok olacak, Gümüş ticareti yapanların hepsi mahvolacak.
ए बजारहरूमा बस्नेहरू, रोओ, किनभने सबै व्यापारीहरू तहस-नहस हुनेछन्, र चाँदीका व्यापारीहरू सखाप पारिनेछन् ।
12 O gün kandille arayacağım Yeruşalim'in her yanını, İçlerinden, ‘RAB bir şey yapmaz, Ne iyilik eder ne kötülük’ Diyen o rahatına düşkün aymazları cezalandıracağım.
त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्ने मानिसहरूलाई सजाय दिनेछु ।
13 Servetleri yağmalanacak. Viraneye dönecek evleri. Yaptıkları evlerde oturamayacak, Diktikleri bağların şarabını içemeyecekler.”
तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।
14 RAB'bin büyük günü yaklaştı, Yaklaştı ve çabucak geliyor. Dinleyin, RAB'bin gününde En yiğit asker bile acı acı feryat edecek.
परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ ।
15 Öfke günü o gün! Acı ve sıkıntı, Yıkım ve felaket, Zifiri karanlık bir gün olacak, Bulutlu, koyu karanlık bir gün.
त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।
16 Surlu kentlere, köşelerdeki yüksek kulelere karşı Savaş borularının çalındığı, Savaş naralarının atıldığı gündür.
त्यो दिन किल्ला भएका शहरहरु र उच्च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ ।
17 RAB diyor ki, “İnsanları öyle bir felakete uğratacağım ki, Körler gibi, nereye gittiklerini göremeyecekler. Çünkü bana karşı günah işlediler. Su gibi akacak kanları, Bedenleri yerde çürüyecek.”
किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।
18 RAB'bin öfke gününde, Altınları da gümüşleri de Onları kurtaramayacak. RAB'bin kıskançlık ateşi bütün ülkeyi yakıp yok edecek. RAB ülkede yaşayanların hepsini korkunç bir sona uğratacak.
परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”