< Zekeriya 2 >
1 Sonra gözlerimi kaldırıp baktım, elinde ölçü ipi tutan bir adam vardı.
अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।
2 “Nereye gidiyorsun?” diye sordum. Adam, “Yeruşalim'i ölçmeye, genişliğinin, uzunluğunun ne kadar olduğunu öğrenmeye gidiyorum” diye yanıtladı.
मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।”
3 Benimle konuşan melek yanımdan ayrılınca başka bir melek onu karşılamaya çıktı.
त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को एउटा स्वर्गदूत उनलाई भेट्न निस्के ।
4 Önceki meleğe şöyle dedi: “Koş, o gence de ki, içinde barınacak sayısız insan ve hayvandan ötürü Yeruşalim sursuz bir kent olacak.
दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ ।
5 RAB, ‘Ben kendim onun çevresinde ateşten sur ve içindeki görkem olacağım’ diyor.”
किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ ।
6 RAB, “Haydi! Haydi! Kuzey ülkesinden kaçın!” diyor, “Çünkü sizi göğün dört bucağına dağıttım.” Böyle diyor RAB.
जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ ।
7 “Babil'de oturan Siyon halkı, haydi kaçıp kurtul!”
ए बेबिलोनकी छोरीसँग बस्ने हो, जाओ, भागेर सियोनमा जाओ!’”
8 Çünkü Her Şeye Egemen RAB beni onurlandırdı ve sizi yağmalamış uluslara şu haberle gönderdi: “Size dokunan gözbebeğime dokunmuş olur” diyor,
किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्नुभयो,
9 “Elimi onlara karşı kaldıracağım, köleleri onları yağmalayacak.” O zaman siz de beni Her Şeye Egemen RAB'bin gönderdiğini anlayacaksınız.
“तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
10 RAB, “Ey Siyon kızı, sevinçle bağır! Çünkü aranızda yaşamaya geliyorum” diyor.
“सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।”
11 O gün birçok ulus RAB'be bağlanacak, O'nun halkı olacak. O zaman RAB aranızda yaşayacak, siz de beni Her Şeye Egemen RAB'bin gönderdiğini anlayacaksınız.
त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
12 RAB kutsal topraklarda Yahuda'yı kendi payı olarak miras edinecek ve Yeruşalim'i yine seçecek.
किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्नुहुनेछ ।
13 Ey insanlar, RAB'bin önünde sessiz durun! RAB kutsal konutundan kalkmış geliyor!
सारा मानिस हो, परमप्रभुको अगि शान्त होओ, किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ ।