< Mezmurlar 77 >
1 Müzik Şefi Yedutun için - Asaf'ın mezmuru Yüksek sesle Tanrı'ya yakarıyorum, Haykırıyorum beni duysun diye.
म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु । म आफ्नो आवाजले परमेश्वरमा पुकारा गर्नेछु, र मेरो परमश्वरले सुन्नुहुनेछ ।
2 Sıkıntılı günümde Rab'be yönelir, Gece hiç durmadan ellerimi açarım, Gönlüm avunmaz bir türlü.
मेरो कष्टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्कार गर्यो ।
3 Tanrı'yı anımsayınca inlerim, Düşündükçe içim daralır. (Sela)
मैले सुस्केरा हाल्दा मैले परमेश्वरको बारेमा विचार गरें । म मूर्छा पर्दा मैले उहाँको बारेमा विचार गरें । सेला
4 Açık tutuyorsun göz kapaklarımı, Sıkıntıdan konuşamıyorum.
तपाईंले मेरा आँखा खुल्ला राख्नुभयो । म बोल्नै नसक्ने कष्टमा थिएँ ।
5 Geçmiş günleri, Yıllar öncesini düşünüyorum.
मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें ।
6 Gece ilahilerimi anacağım, Kendi kendimle konuşacağım, İnceden inceye soracağım:
मैले कुनै समय गाएको गीतलाई मैले रातको समयमा याद गरें । मैले होसियार भएर विचार गरें र के भएको थियो भनी बुझ्ने कोसिस गरें ।
7 “Rab sonsuza dek mi bizi reddedecek? Lütfunu bir daha göstermeyecek mi?
के परमप्रभुले मलाई सदाको निम्ति इन्कार गर्नुहुनेछ? के उहाँले मलाई फेरि कहिल्यै कृपा देखाउनुहुनेछैन?
8 Sevgisi sonsuza dek mi yok oldu? Sözü geçerli değil mi artık?
के उहाँको करारको विश्वस्तता सदाको निम्ति सकियो? के उहाँको प्रतिज्ञा सदाको निम्ति विफल भएको थियो?
9 Tanrı unuttu mu acımayı? Sevecenliğinin yerini öfke mi aldı?” (Sela)
के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको थियो? के उहाँको क्रोधले उहाँको दयालाई बन्द गरेको थियो? सेला
10 Sonra kendi kendime, “İşte benim derdim bu!” dedim, “Yüceler Yücesi gücünü göstermiyor artık.”
मैले भनें, “यो मेरो कष्ट होः हामीप्रति सर्वोच्चको दाहिने बाहुलीको परिवर्तन हो ।”
11 RAB'bin işlerini anacağım, Evet, geçmişteki harikalarını anacağım.
तर हे परमप्रभु, म तपाईंका कामहरू सम्झने छु । विगतका तपाईंका अचम्मका कामहरूका बारेमा म विचार गर्नेछु ।
12 Yaptıkları üzerinde derin derin düşüneceğim, Bütün işlerinin üzerinde dikkatle duracağım.
तपाईंका सबै कामहरूका बारेमा म विचार गर्नेछु र तिनमा विचार गर्नेछु ।
13 Ey Tanrı, yolun kutsaldır! Hangi ilah Tanrı kadar uludur?
हे परमेश्वर, तपाईंको मार्ग पवित्र छ । हाम्रो महान् परमेश्वरसित कुन परमेश्वरको तुलना हुन्छ र?
14 Harikalar yaratan Tanrı sensin, Halklar arasında gücünü gösterdin.
तपाईं अचम्मका कामहरू गर्ने परमेश्वर हुनुहुन्छ । तपाईंले मानिसहरूका माझमा आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ ।
15 Güçlü bileğinle kendi halkını, Yakup ve Yusuf oğullarını kurtardın. (Sela)
आफ्नो महान् शक्तिले तपाईंले आफ्ना मानिसहरू, याकूब र योसेफका सन्तानहरूलाई आफ्नो विजय दिनुभयो । सेला
16 Sular seni görünce, ey Tanrı, Sular seni görünce çalkalandı, Enginler titredi.
हे परमेश्वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।
17 Bulutlar suyunu boşalttı, Gökler gürledi, Her yanda okların uçuştu.
बादलहरूले पानी तल खन्याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे ।
18 Kasırgada gürleyişin duyuldu, Şimşekler dünyayı aydınlattı, Yer titreyip sarsıldı.
तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो ।
19 Kendine denizde, Derin sularda yollar açtın, Ama ayak izlerin belli değildi.
तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् ।
20 Musa ve Harun'un eliyle Halkını bir sürü gibi güttün.
तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्याउनुभयो ।